निर्णय नं. १०७४७ - जग्गा हक कायम खिचोला मेटाई दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७४७ - जग्गा हक कायम खिचोला मेटाई दर्ता भाग: ६३ साल: २०७८ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/०४/१६ ४५३३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७६।४।१६ ०६७-CI-०८१७ मुद्दाः जग्गा हक कायम खिचोला मेटाई दर्ता पुनरावेदक / प्रतिवादी : जिल्ला कास्की, लेखनाथ नगरपालिका वडा नं. १ बस्ने लिलामणि भण्डारी विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला कास्की, पोखरा उपमहानगरपालिका वडा नं. ११ बस्ने देवीमाया गुरूङ कुनै पनि अचल सम्पत्तिमा आफ्नो बसोबाससहित चीरकालदेखि भोग रहँदै आएको छ भनी पुष्टि हुन घर कच्ची नै भए पनि साबिकमा नै बनेको भनी प्रथमदृष्टिमै उक्त घरको बनौट एवं प्रकृतिबाट नै पुष्टि हुनुपर्ने । बसोबाससहित उक्त जग्गामा भोग रहेको देखाउन त्यहाँ लगाइएको बोट विरूवा आदि प्राकृतिक एवं स्वाभाविक तथ्यबाट पनि पुष्टि हुन गई उक्त जग्गामा आफ्नो चीरकालदेखिको भोग रहेको भनी यसरी प्राकृतिक तथ्यलाई वादीले पुष्टि गराउन सक्नुपर्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री उपेन्द्रराज पौडेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ताद्वय श्री श्यामप्रसाद खरेल, श्री इन्द्रप्रसाद खरेल र विद्वान्‌ अधिवक्ता श्री जयनारायण पौडेल अवलम्बित नजिर : ने.का.प.२०४५, अङ्क ८, नि.नं.३५४७ ने.का.प.२०५५, अङ्क १, नि.नं.६४९९ ने.का.प.२०५७, अङ्क ४, नि.नं.६८८९ ने.का.प.२०७३, अङ्क १०, नि.नं.९६९४ सम्बद्ध कानून : सुरू फैसला गर्नेः मा. जिल्ला न्या. श्री वीरेन्द्रकुमार बाटाजु कास्की जिल्ला अदालत पुनरावेदन फैसला गर्ने: माननीय न्यायाधीश श्री ओमप्रसाद सुवेदी माननीय न्यायाधीश श्री किशोर सिलवाल पुनरावेदन अदालत पोखरा फैसला न्या.डा.मनोजकुमार शर्मा : यसमा साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरी पाउन प्रतिवादीको यस अदालतमा निवेदन परी यस अदालतबाट सोही ऐनको दफा १२(१) (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छ:- तथ्य खण्ड २०२८ सालमा जिल्ला कास्की, मौजा पचभैयाका जि.मु. मिनबहादुर श्रेष्ठ जिम्मा झुत्ता गा.प. सिसुवाअन्तर्गत प्लट नं. १४१ लिलामणि भण्डारीका नाउँमा नम्बरी दर्ता भएको बिज १।४ को जग्गा सिसुवा गा.वि.स. को वडा नं. ९ हाल लेखनाथ नगरपालिका वडा नं. १२ मा पर्ने सर्भे कि.नं. १९२ क्षेत्रफल ३१-१२-३-० नापीमा पर्ती अब्बल कायम भई सो कि.नं. फोड भई कायमी कि.नं. १०५६ क्षेत्रफल ४-१३-३-० को जग्गा दर्तावाला विपक्षी लिलामणि भण्डारीले मिति २०३९।१।४ मा खड्गबहादुर हमाललाई छोडपत्र गरिदिनु भएको र त्यस्तै मिति २०४०।२।२६ मा विपक्षी लिलामणि भण्डारीले आधा ॥६ पूर्णभद्र पोखरेललाई हक छाडिदिई विपक्षी दर्तावाला लिलामणि भण्डारीले उक्त प्लट नं. १४१ को पूरा कित्ता जग्गा विजन १।४ बिक्री गरिसकेको र सोही जग्गामध्येको छोडपत्र गरिलिने खड्गबहादुर हमालले मिति २०४४।८।९ मा गंगाकन्या पोखरेललाई विजमाना ॥६ बिक्री गरेको र निजले पूर्णभद्र पोखरेललाई मालपोत कार्यालय कास्कीमा उपस्थित भई सनाखतसमेत गरिदिएको र सोही जग्गा लेखनाथ नगरपालिका वडा नं. १२ बस्ने बत्तीकुमारी गुरूङलाई सनाखतसमेत गरी छोडपत्रसमेत गरिदिएको र निज दाता बत्तीकुमारीले म फिरादीलाई सनाखतसमेत गरी मिति २०५०।१०।१८ मा मलाई छोडपत्र गरिदिएको उक्त कायमी