निर्णय नं. १०७४८ - भ्रष्टाचार (रिसवत)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७४८ - भ्रष्टाचार (रिसवत) भाग: ६३ साल: २०७८ महिना: पौस अंक: ९ फैसला मिति :२०७७/०९/२४ २५२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७७।९।२४ मुद्दा:- भ्रष्टाचार (रिसवत) ०६९-CR-०९२० पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट अनुसन्धान अधिकृत अर्जुनचन्दको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रतिवादी / विपक्षी : जिल्ला गोर्खा, हर्मी गा.वि.स. वडा नं.८ बस्ने काठमाडौं खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक हरिप्रसाद ढकालसमेत ०६९-CR-०९५२ पुनरावेदक / प्रतिवादी : रामबाबु विष्टको छोरा जिल्ला काठमाडौं, कीर्तिपुर नगरपालिका वडा नं.१२ विष्टगाउँ बस्ने काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका तत्कालीन इन्जिनियर दिनेश विष्ट विरूद्ध विपक्षी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट अनुसन्धान अधिकृत अर्जुनचन्दको प्रतिवेदनले नेपाल सरकार मनसाय तत्त्व आपराधिक कार्यबाट नै खोजिने र हेरिने विषय हो; त्यसैले यो सधैँ मुखरित अवस्थामा नहुन पनि सक्छ । कार्यको प्रकृति, सम्भावित परिणाम र सो परिणाम ल्याउन अभियुक्तले चालेको कदमहरूको समग्रतामा नै मनसाय तत्त्वको खोजी गर्नुपर्ने । अभियुक्तले आफ्नो कार्यको सम्भावित परिणाम यस्तो हुन सक्छ भन्‍ने जानकारी वा ज्ञान राखेको थियो वा थिएन; कार्यलाई हेरी यस्तो कार्यबाट यस्तो परिणाम निस्कन्छ भनी सामान्य समझको व्यक्तिले पनि भन्‍न सक्ने अवस्था अमुक वारदातमा थियो वा थिएन भन्‍ने यकिन गर्नुपर्ने । (प्रकरण नं.८) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थी प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्‍ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री कृष्‍णप्रसाद सापकोटा, श्री राजु बस्नेत, श्री बच्चु सिंह खड्का तथा विद्वान् अधिवक्ताहरू श्री जय नारायण पौडेल, श्री मदनकुमार महत, श्री किरण पौडेल र श्री प्रकाश थापा अवलम्बित नजिर : ने.का.प.२०७१, अङ्क १२, नि.नं.९३१० सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ भ्रष्टाचार निवारण ऐन, २०५९ सुरू विशेषमा फैसला गर्नेः सदस्य मा. न्यायाधीश श्री ओमप्रकाश मिश्र सदस्य मा. न्या. श्री केदारप्रसाद चालिसे विशेष अदालत काठमाडौं फैसला न्या. तेजबहादुर के.सी. : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यस अदालतको क्षेत्राधिकार भई वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यालय प्रमुखसहित इन्जिनियर दिनेश विष्टले श्री प्रमा होल्डिङ प्रा.लि.लाई भूमिगत स्रोतको पानी निकाल्ने तथा उपयोग गर्नेसम्बन्धी अनुमतिपत्र दिनको लागि रू.१,००,०००।- (एक लाख रूपैयाँ) घुस मागेको हुँदा आवश्यक कारबाही गरिपाउँ भनी सञ्जयकुमार झासमेतका तीन जनाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष दिएको उजुरी निवेदन । भूमिगत स्रोतको पानी निकाल्ने तथा उपयोग गर्ने अनुमति दिने सम्बन्धमा काठमाडौं उपत्यका खानेपानी बोर्डबाट आ.व.०६७/६८ देखि हालसम्म दिएको अनुमतिपत्रको विवरण तथा कागजातहरू । नेपाल टेलिकमबाट प्राप्त मोबाइल नम्बर ९८४१-५५०६७६ र ९८४१-२३८६०८ को मिति २०६८।१०।१२ देखि ऐ.२५ गतेसम्मको तथा एनसेल प्रा.लि.बाट प्राप्त मोबाइल नम्बर ९८०३८-९९१२१ को मिति २०६८।१०।१२ देखि ऐ.२५ गतेसम्मको Call Detail हरू । एभरेष्ट बैंक लिमिटेड न्युरोडमा दिनेश विष्टको नाममा रहेको खाता नं. ००