निर्णय नं. १०७३२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७३२ - उत्प्रेषण भाग: ६३ साल: २०७८ महिना: पौस अंक: ९ फैसला मिति :२०७८/०५/१७ १३८३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति स् २०७८।५।१७ ०६८(ध्ँ(०००३ मुद्दा स् उत्प्रेषण निवेदक स् काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं। १ नारायण चौर, नक्सालमा रजिस्टर्ड कार्यालय भई सिन्धुपाल्चोक जिल्लाको धुस्कुन, चोकटी र कर्थली गा।वि।स। मा सुनकोशी सानो जलविद्युत् आयोजना रहेको सानिमा हाइड्रोपावर प्रा।लि। को तर्फबाट र ऐ। को सेयरधनी लगानीकर्ताको हैसियतले आफ्नो हकमा समेत ऐ। का अधिकारप्राप्त कार्यकारी अध्यक्ष जिल्ला काठमाडौं, विष्णु गा।वि।स। वडा नं। १ बस्ने अरूणकुमार ओझा विरूद्ध प्रत्यर्थी स् अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत कुनै पनि लगानीकर्ताले आफूले कुनै आयोजनामा लगानी गर्दाका बखत कायम रहेको कानूनी व्यवस्था र त्यस्ता कानूनले प्रदान गरेका सुविधासमेतको लेखाजोखा गरी कानूनले प्रदान गरेका सुविधा उपभोग गर्ने उद्देश्यले लगानी गर्न तयार भएको हुन्छ । लगानी गर्न तयार भई आयोजना अगाडि बढाउन सम्बन्धित निकायबाट सर्वेक्षण अनुमति प्राप्त गरी उत्पादन अनुमतिका लागि आवेदन गरेको र अनुमतिका लागि लाग्ने आवश्यक दस्तुरसमेत दाखिला गरेको अवस्थामा कानूनले निर्धारण गरेको अवधिभित्र अनुमतिसम्बन्धी निर्णय नगरी विलम्ब गरी अनुमति प्रदान गर्ने र अनुमतिपत्र प्रदान गर्दा आयकर छुटसम्बन्धी कानूनी व्यवस्था खारेज भइसकेको भन्ने आधारमा सुविधा नदिने निर्णय गर्दा देशको आर्थिक विकासमा अत्यावश्यक स्वदेशी एवं वैदेशिक लगानीमैत्री वातावरणमा नकारात्मक असर पर्न गई राज्यको विश्वसनीयतामा समेत असर पर्न जाने । लगानी गर्दाको अवस्थामा प्राप्त सुविधा लगानी प्रक्रिया सुरू भइसकेपछि कटौती गर्दा लगानीकर्तामाथि अन्याय पर्न जाने । ९प्रकरण नं।५० निवेदकका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बद्रीबहादुर कार्की, श्री शम्भु थापा, श्री सूर्यप्रसाद कोइराला तथा विद्वान् अधिवक्ता श्री महेशकुमार थापा प्रत्यर्थीका तर्फबाट स् विद्वान् नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइराला तथा विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली अवलम्बित नजिर स् सम्बद्ध कानून स् विद्युत् ऐन, २०४९ आयकर ऐन, २०५८ यस अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री ताहिर अलि अन्सारी माननीय न्यायाधीश श्री भरतराज उप्रेती आदेश न्या।मीरा खडका स् तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७९२० बमोजिम दायर भई यस अदालतको संयुक्त इजलाससमक्ष पेस हुँदा माननीय न्यायाधीशहरूबिच रायमा मतैक्य हुन नसकी तत्कालीन सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३क बमोजिम पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः( निवेदक जलविद्युत्‌ उत्पादन गर्ने उद्योगको रूपमा दर्ता भई विद्युत्‌ उत्पादन तथा बिक्री गर्ने कम्पनी हो । यस कम्पनीमा निवेदक सेयरधनीलगायत विभिन्न व्यक्तिहरूको पनि लगानी रहेको छ । यसले सिन्धुपाल्चोक जिल्लाको चोकटी, कर्थली गा।वि।स।हरू स्थित सुनकोशी नदीमा पहिचान भएको १।२ मेगावाट क्षमताको सुनकोशी साना जलविद्युत्‌ आयोजनाबाट विद्युत्‌ उत्पादन गर्नको लागि आवश्यक सर्वेक्षण गर्न तत्कालीन जलस्रोत मन्त्रालयबाट मिति २०५७।५।१ मा विद्युत्‌ उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो । विभिन्न सर्त बन्देजहरूसहित जारी भएको