निर्णय नं. १०७४९ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७४९ - बन्दीप्रत्यक्षीकरण भाग: ६३ साल: २०७८ महिना: माघ अंक: १० फैसला मिति :२०७८/०५/२४ १००८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश डा। श्री कुमार चुडाल फैसला मिति ः २०७८।५।२४ ०७७(व्फ्(०००५ विषय ः बन्दीप्रत्यक्षीकरण निवेदक ः बासु विष्टको छोरा मकवानपुर जिल्ला, दामन गा।वि।स। वडा नं। २ परिवर्तित ऐ। थाहा नगरपालिका वडा नं। ३ घर भई हाल मध्य क्षेत्रीय कारागार कार्यालय भिमफेदी मकवानपुरमा थुनामा रहेका ईश्वर विष्ट विरूद्ध विपक्षी ः सर्वोच्च अदालत, रामशाहपथ, काठमाडौंसमेत कर्तव्य ज्यान मुद्दाको जाहेरीमा निवेदकको नाम उल्लेख भएको, अनुसन्धानको क्रममा कागज गर्ने व्यक्तिहरूले वारदातमा निवेदकको समेत संलग्नता रहेको भनी खुलाएको तथा सहप्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा आफू र निवेदकसमेतका व्यक्तिको वारदातमा संलग्नता रहेको भनी खुलाएको देखिएको र उक्त एरियामा निवेदकको नाम गरेको अर्को व्यक्ति रहेको नदेखिएको तथा निवेदकले समेत उक्त क्षेत्रमा अर्को कोही निवेदक नाम गरेको व्यक्ति रहेभएको भनी खुलाउन सकेकोसमेत नदेखिँदा कर्तव्य ज्यान मुद्दामा भएको फैसला कार्यान्वयनको क्रममा पक्राउ परेका निवेदक उक्त मुद्दामा सजाय ठहर भएका निवेदक होइनन भन्ने विश्‍वसनीय आधार देखिन नआउने । ९प्रकरण नं।४० कर्तव्य ज्यान मुद्दामा ठहर भएको सजाय कार्यान्वयनको क्रममा पक्राउ परेका व्यक्ति उक्त मुद्दामा सजाय ठहर भएका होइनन भन्ने पुष्टि हुन सकेको नदेखिएको अवस्थामा फैसला कार्यान्वयनको क्रममा पक्राउ गरी कानूनबमोजिम कैदी पुर्जी दिई थुनामा राखिएको कार्यलाई गैरकानूनी थुना भनी मान्न नमिल्ने । ९प्रकरण नं।५० निवेदकका तर्फबाट ः विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू डा। श्री रजितभक्त प्रधानाङ्ग, श्री लवकुमार मैनाली र श्री विजयकान्त मैनाली तथा विद्वान्‌ अधिवक्ताहरू श्री हेमराज सुवेदी, श्री हरिचन्द्र सुवेदी, श्री नागेन्द्र यादव, श्री अनिता थापा के।सी।, श्री मधुकुमार चौलागाई र श्री लेखनाथ चापागाई विपक्षीका तर्फबाट ः विद्वान्‌ उपन्यायाधिवक्ता श्री विदुरकुमार कार्की अवलम्बित नजिर ः सम्बद्ध कानून ः यस अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश न्या।दीपककुमार कार्की ः नेपालको संविधानको धारा ४६ तथा १३३९२० बमोजिम दायर भई यस अदालतको संयुक्त इजलाससमक्ष पेस हुँदा माननीय न्यायाधीशहरूबिच रायमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३९२०९क० बमोजिम पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः( तथ्यगत बेहोरा मिति २०६१।१०।७ मा विरोज लामासमेत सिमभञ्‍ज्‍याङ हिउँ खेल्न गएकोमा विरोज लामाको मृत्यु भएको विषयमा मृतकको पिता कमल लामाको जाहेरीले जिल्ला मकवानपुर, पालुंग घर्तिखोला घर भई ऐ। जिल्ला बसामाढी गा।वि।स। वडा नं। २ बस्तीपुर बस्ने ईश्‍वर विष्ट, विरू भन्ने विरबहादुर भोम्जन, कान्छा भन्ने विजय भुजेल, स्याउरे भन्ने भुपेन्द्र लामासमेत ४ जनालाई प्रतिवादी कायम गरी मुद्दा चलेकोमा २०६१ स।फौ।नं। ५।७५ को मुद्दामा जिल्ला अदालतको मिति २०६३।१०।८ को फैसलाअनुसार कान्छा भन्ने विजय भुजेल, स्याउरे भन्ने भुपेन्द्र लामाले सफाइ पाएको र ईश्‍वर विष्टलाई फरार भनी मुलुकी ऐन, अ।बं। १९० नं।बमोजिम मुल्तबीमा राखिएको र विरू भन्ने विरबहादुर भोम्जनलाई ज्यानसम्बन्धी महलको १