निर्णय नं. ४४३६ - कपाली साँवा ब्याज समेत दिलाई पाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४३६ - कपाली साँवा ब्याज समेत दिलाई पाउँ भन्ने भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४८/११/१५ २९७७ निर्णय नं. ४४३६ ने.का.प. २०४८ अङ्क १२ पूर्णइजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४५ सालको दे.पु.इ.नं. ९२ फैसला भएको मिति: २०४८।११।१५।५ मा निवेदक/वादी: का.न.पा. वडा नं. ११ बस्ने केशरबहादुर राजभण्डारी विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.वडा नं. २१ बस्ने पुण्यविक्रम राणा मुद्दा : कपाली साँवा ब्याज समेत दिलाई पाउँ भन्ने (१) दृष्टिबन्धकी लेखिएको लिखत पारीत नहुने ठहर भई थैली कपाली भएको कारणबाट लेनदेन व्यवहारको ३ नं. आकृष्ट हुने स्थिति नरहने । (प्रकरण नं. १३) (२) कुनै लेनदेनको लिखत पारीत हुन नसकी परिणामतः कपाली हुन गएको लिखतका सम्बन्धमा लेनदेन व्यवहारको महलमा अन्यत्र कतै छुट्टै हदम्याद निर्धारण भएको नदेखिएकोले त्यस्तो लिखतको सम्बन्धमा सोही लेनदेन व्यवहारको महलको ४० नं. को हदम्याद लाग्ने । (प्रकरण नं. १४) (३) वादी दावीको लिखत पारीत नहुने भई कपाली हुने गरी सर्वोच्च अदालतबाट अन्तिम फैसला भएको मितिले ३५ दिन भित्र कपालीमा साँवा व्याजको दावी लिई वादीको परेको फिराद लेनदेन व्यवहारको ४० नं. को हदम्याद २ वर्ष भित्रको हुँदा हदम्याद खिलाफको फिराद भन्न नमिल्ने । (प्रकरण नं. १४) (साविक पेज नं. ८५४) निवेदक वादीतर्फबाट: विद्वान अधिवक्ता श्री सुधानाथ पंत, विद्वान अधिवक्ता श्री शुसिलकुमार पन्त फैसला न्या.केदारनाथ उपाध्याय १. श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत संयुक्त इजलासको निर्णय दोहराई पाउँ भनी केशरबहादुर राजभण्डारीले न्यायिक समिति मार्फत चढाई पठाउनु भएको निवेदनपत्र र न्यायिक समितिले चढाई पठाएको मिति २०४५।३।२ गतेको पत्रसाथ संलग्न पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ, भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४५।३।१० मा लेखी आए अनुसार लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. मिति २०२६।५।२६ गते विपक्षीले म संग रु. ३३,६४५।– लिनु भई साँवा बापत निजको हकको का.जि.लगनको ब्लक नं. ५।२७ को घर धितो लेखी सयकडा १०५ प्रतिशतका दरले ब्याज व्यहोराको दृष्टिबन्धकी कागज लेखी म्याद भित्र पास गरी दिउँला भनी सापटी लिनु दिनु भई म्याद भित्र पास नगरी दिएबाट लिखत पासमा फिराद परी सो लिखत करकापसंग गराएको भनी विपक्षीको म उपर फिराद परी उक्त करकाप लिखत पास मुद्दा करकाप नठहर्ने गरी श्री सर्वोच्च अदालतबाट मिति २०३९।२।२१ गते विपक्षीलाई हराई लिखत पास तर्फ लेखिएको सम्पत्ति विपक्षीको देखिन नआएकोले पास नहुने निर्णय ठहरी भएबाट अन्तिम निर्णय भएको मितिले ३५ दिनभित्र फिराद गरेको छु । विपक्षीले लिएको रु. ३३,६४५।– र त्यसको सयकडा १०% प्रतिशतले हुने लेनदेन व्यवहारको ७ नं. बमोजिम ब्याज रु. ३३,६४५।– समेत जम्मा रु. ६७,२९०।– कपाली सरह विपक्षीको जेथाबाट भराई पाउँ भन्ने वादीको मिति २०३९।३।२४ गतेको फिराद दावी । ३. विपक्षीले मिति ०२६।५।२६ गतेको घरायसी लिखतको आधार लिई २०३९।३।२४ मा १२ वर्ष पछि दिएको नालेश लाग्नै नसक्ने हुँदा खारेज गरीपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र जिकिर । ४. वादी दावी बमोजिम रु. ६७,२९०।– प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुर