निर्णय नं. १०७५१ - बैंक डकैती

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७५१ - बैंक डकैती भाग: ६३ साल: २०७८ महिना: माघ अंक: १० फैसला मिति :२०७७/११/१७ १६६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।११।१७ मुद्दाः- बैंक डकैती ०७१-CR-०५९६ पुनरावेदक / वादी : जिल्ला झापा, दमक नगरपालिका वडा नं.१३ स्थित लक्ष्मी बैंक लिमिटेड शाखा कार्यालय, दमकको शाखा प्रबन्धक मुरारी पुडासैनीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला मोरङ, शनिश्चरे गा.वि.स. वडा नं.१ स्थित भुटानी शरणार्थी शिविर पथरी क्याम्प सेक्टर नं. ई.१ हर्ट नं.२५ बस्ने गम्भीर गुरूङको छोरा धनवीर भन्ने राजु गुरूङसमेत ०७१-CR-०७२९ पुनरावेदक / प्रतिवादी : जिल्ला पाँचथर, ओयाम गा.वि.स वडा नं. ४ मा घर भई जिल्ला झापा दमक नगरपालिका वडा नं.११ मा बस्ने नरबहादुर लिम्बूको छोरा रघु भन्ने अमृत योङया लिम्बू विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला झापा, दमक नगरपालिका वडा नं.१३ स्थित लक्ष्मी बैंक लिमिटेड शाखा कार्यालय, दमकको शाखा प्रबन्धक मुरारी पुडासैनीको जाहेरीले नेपाल सरकार बैंक डकैती जस्तो सङ्गठित अपराध गर्न दुई तीन व्यक्तिको मात्र मनसाय वा कार्यले सम्भव नहुने हुनाले यस्तो अपराध गर्नको निम्ति तीन जनाभन्दा बढी व्यक्तिको संलग्नता रही ती व्यक्तिहरूबिच कार्य विभाजन गरी सम्पन्न गर्ने हेतु राखिन्छ । बैंक डकैती जस्तो सङ्गठित अपराधमा सबै प्रतिवादीहरू उत्तिकै मात्रामा संलग्न रहने हुँदा सजाय निर्धारण गर्दा पनि निजहरूलाई निजहरूका साथबाट बरामद भएको रकमको आधारमा जरिवाना गर्नु विधायिकी मनसायविपरीत हुन जाने । (प्रकरण नं.८) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश मरासिनी प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री महादेव यादव र श्री हरिहर दाहाल तथा विद्वान् अधिवक्ता श्री इन्द्रबहादुर अधिकारी अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क १२, नि.नं.१०१४९ ने.का.प.२०७५, अङ्क ७, नि.नं.१००५९ ने.का.प.२०६७, अङ्क ५, नि.नं.८३७८ ने.का.प.२०६१, अङ्क ३, नि.नं.७३४८ सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री गोपाल भट्टराई झापा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री गुणराज ढुङ्गेल माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ बैद्य पुनरावेदन अदालत इलाम फैसला न्या.दीपककुमार कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) र हालको न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– तथ्य खण्ड मिति २०६५।१।२२ गते लक्ष्मी बैंक लिमिटेड शाखा कार्यालय दमकमा एक जमातले हुल हुज्जत गरी लुटेको हुनाले प्रारम्भिक सूचना गर्दछु । आपराधिक कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको लक्ष्मी बैंक लिमिटेड, शाखा कार्यालय दमकको पत्र । जिल्ला झापा दमक नगरपालिका वडा नं.१३ स्थित पूर्वमा पक्का घर, पश्चिममा खड्का होटल, उत्तरमा पूर्व पश्चिम महेन्द्र राजमार्ग, दक्षिणमा खाली जमिन यति चार किल्लाभित्र रहेको लक्ष्मी बैंक लिमिटेडको दुई तले भवनको दक्षिणतर्फ सिँढी रहेको सिँढीबाट माथि चढी हेर्दा बिच तलामा रहेको ५ वटा कोठामा लक्ष्मी बैंक लिमिटेड सञ्चालन रहेक