निर्णय नं. १०७५४ - बैंकिङ कसुर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७५४ - बैंकिङ कसुर भाग: ६३ साल: २०७८ महिना: माघ अंक: १० फैसला मिति :२०७७/०३/०५ ४९६२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७7।३।५ ०७५-RB-०६३३ मुद्दाः बैंकिङ्ग कसूर पुनरावेदक / वादी : रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका वडा नं.७ बस्ने लक्ष्मण वि.क. समेतको जाहेरीले वादी नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : पाल्पा जिल्ला, सिलुवा ३ घर भई हाल रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं.७ बस्ने शंखराज गुरुङको छोरी तारा गुरुङ § चेक काटेर दिने र लिने बीचको व्यवहारमा चेक काटेर दिने पक्षको मनसाय कस्तो छ, दुर्भावनायुक्त छ, छैन; उसको उद्देश्य चेक लिने पक्षलाई नोक्सान पार्ने प्रवृत्तभावनाबाट प्रेरित थियो, थिएन र पीडितले नोक्सान व्यहोर्नु पर्यो, परेन जस्ता कुराहरू न्यायको रोहमा हेर्नु आवश्यक देखिन्छ।आर्थिक दायित्व (Economic liability) पुरा हुँदैमा फौजदारी दायित्व (Criminal liability) समाप्त हुँदैन भन्ने कुरालाई शतप्रतिशत अस्वीकार गर्न मिल्ने देखिंदैन तापनि इन्साफको रोहमा प्रतिवादीबाट विवादमा सम्बन्ध राख्ने विषयमा भएको व्यवहार, निजको उद्देश्य र सो अनुरूपको तैयारी, अर्कोलाई नोक्सानी पुर्याई आफूलाई फाइदा हुनेगरी काम कारवाही भएको हो वा होइन; भएको व्यवहारलाई समाधान गरिएको अवस्था के, कस्तो छ; त्यसतर्फ दृष्टि पुर्याउनु पनि आवश्यक हुन्छ।न्यायको अन्तिम लक्ष्य सजाय नै होइन।सजाय इन्साफको रोहमा सटिक र सर्वमान्य समेत देखिनुपर्ने र हुनुपर्ने। (प्रकरण नं.६) वादीका तर्फबाट : विद्बान् उपन्याधिवक्ता श्री टेकराज भुसाल प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ § बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल माननीय न्यायाधीश श्री गोकर्ण डाँगी उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.बमकुमार श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(क) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला पाल्पा, सिलुवा ३ घर भई हाल जिल्ला रुपन्देही, तिलोत्तमा नगरपालिका वडा नं. ७ बस्ने शंखराज गुरुङको छोरी वर्ष २६ की तारा गुरुङले विभिन्न मितिमा सामानहरू र नगदसमेत लगेकी हुँदा निजसँग पैसा माग्दा मिति २०७४।११।२० गतेका दिन रु.५३,०००।– को चेक काटी दिएकी र उक्त चेक सम्बन्धित साट्नको लागि जाँदा बैंकले बाउन्स गरेको हुँदा निज तारा गुरुङलाई झिकाई आवश्यक कारवाही गरिपाउँ भन्ने बेहोराको हर्क कुँवरको निवेदन। विगत १ महिना अगाडि तारा गुरुङले घरायसी कारोबार मिलाउनको लागि भनी नगद रु.५३,०००।– लिई गएकोमा उक्त रकम मैले पटक पटक फिर्ता माग्दा आलटाल गरी रहेकीमा मिति २०७४।१२।२० का दिन मलाई कुनै फरक पर्दैन भनी ग्लोवल आई.एम.ई. बैंकबाट भुक्तानी पाउने गरी ००२२८८५३३५ नं.को चेकबाट रु.५३,०००।–(त्रिपन्न हजार) पाउने गरी चेक काटी दिएकी हुँदा उक्त चेक लिई सम्बन्धित बैंकमा साट्नको लागि जाँदा निजको खातामा चेकमा उल्लेख भए जति रकम नभएकोले चेकसमेत बाउन्स गरिदिएको हुँदा उक्त रकम निजबाटै दिलाई भराई कारवाहीसमेत गरिपाउँ भन्ने बेहोरा हर्क कुँवरले दिएको जाहेरी दरखास्त। विपक्षी तारा गुरुङले आफ्नो घरायसी कारोबार मिलाउनको लागि भनी मबाट नगद रु.३,२०,०००।– (तीन लाख वीस हजार) लिई गएकोमा तोकिएको