निर्णय नं. १०७५५ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७५५ - जबरजस्ती करणी भाग: ६३ साल: २०७८ महिना: माघ अंक: १० फैसला मिति :२०७७/०६/१२ २०५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।६।१२ ०७६-CR-०३२५ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : भारतको बिहार वैशाली जिल्ला, पातेपुर थाना वडा नं.५ टेकनरी घर भई काठमाडौं जिल्ला, चन्द्रागिरी न.पा.वडा नं.१२ बस्ने रामप्रताप रामको नाति गणेश रामको छोरा हाल कारागार कार्यालय, भिमफेदी, मकवानपुरमा थुनामा रहेको अरूण राम विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम “थानकोट च १” जाहेरीले नेपाल सरकार कुनै पनि घटना घटिसकेपश्चात् सही Clinical examination गर्नका निम्ति सकेसम्म चाँडो “fresh-sample” लिइएको हुनुपर्ने । दुई दिनपछि लिइएको “sample” “contamination-free” थियो भनी मान्‍न नसकिने । वीर्य (Semen) नभेटिएको मात्र आधारमा प्रतिवादीले कसुर गरेको होइन भनी मान्‍न थालियो भने न्यायको मक्सद नै मर्न जाने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामलाल श्रेष्ठ र विद्वान् वैतनिक अधिवक्ता श्री रजिता थापा प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६५, अङ्क १, नि.नं.७९२३ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री अमृतबहादुर बस्नेत काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री रमेशप्रसाद राजभण्डारी माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा उच्च अदालत पाटन फैसला न्या.सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मिति २०७५।२।१२ गते अं.७ बजेको समयमा जिल्ला काठमाडौं, चन्द्रागिरी न.पा. वडा नं.१२ सतुंगल स्थित प्रतिवादी अरूण रामले पीडित बालक वर्ष ४ को परिवर्तित नाम “थानकोट च” लाई मलद्वारमा जबरजस्ती करणी गरेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्‍ने बेहोराको परिवर्तित नाम “थानकोट च १” को जाहेरी दरखास्त । मिति २०७५।२।१२ गते अं.७ बजेको समयमा जिल्ला काठमाडौं, चन्द्रागिरी न.पा. वडा नं.१२ सतुंगल स्थित अरूण रामले आफ्नो कोठाभित्र पीडित बालक वर्ष ४ को परिवर्तित नाम थानकोट चलाई मलद्वारमा जबरजस्ती करणी गरेको ठिक साँचो हो भन्‍ने बेहोराको घटनास्थल मुचुल्का । प्रतिवादी भारत बिहार, जिल्ला बैशाली ग्राम टेकनारी थाना पटिपुर पोष्ट रमौली वडा नं.५ घर भई हाल काठमाडौं जिल्ला, चन्द्रागिरी न.पा.वडा नं.१२ सतुंगल बस्ने वर्ष २५ को अरूण रामलाई खोजतलास गर्ने क्रममा काठमाडौं जिल्ला, चन्द्रागिरी न.पा. सतुंगल स्थित सडक खण्डमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी निजलाई पक्राउ गरी आवश्यक कारबाही तथा अनुसन्धानको लागि दाखिला गरेको भन्‍ने बेहोराको प्रहरी प्रतिवेदन । एल.के.जी. मा अध्ययनरत छु । प्रतिवादी हामी बस्ने कोठाको छेउमा बस्ने गर्दछन् । मिति २०७५।२।१२ गते शनिबारको दिन भएकोले म घरमा थिएँ । अरूण रामले मोबाइलमा मलाई निजकै कोठामा फिल्म देखाई राख्दा, भैयाले मेरो सुरूवाल खोली मलाई घोप्टो पारी मेरो दिसा गर्ने ठाउमा आफ्नो पिसाब फेर्ने कुरा छिराएको हो । म त्यतिबेला रोएको थिएँ । भैया अरूण रामले मलाई नरोउ भनेका थिए । मैले त्यो कुरा आमालाई भनेको हो भन्‍ने बेहोराको पीडित परिवर्तित नाम “थानकोट च” ले गरेको कागज । जाहेरवालाको छोरा पीडित बालक मोबाइलमा अश्लील भिडियोहरू हे