निर्णय नं. १०७५९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७५९ - उत्प्रेषण भाग: ६३ साल: २०७८ महिना: माघ अंक: १० फैसला मिति :२०७८/०९/०७ ३४१५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना आदेश मिति : २०७८।९।७ ०७६-WO-०८९६ विषय: उत्प्रेषण निवेदक : दिलप्रसादको छोरा कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. १५ हाल काठमाडौं मनमैजु गा.वि.स. वडा नं. २ परिवर्तित तारकेश्वर नगरपालिका वडा नं. १० बस्ने यामकुमार श्रेष्ठसमेत विरूद्ध विपक्षी / प्रत्यर्थी : नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, काठमाडौंसमेत सरकारवादी हुने केही खास प्रकारका फौजदारी कसुरका सन्दर्भमा अभियुक्तको बैंक खातालगायतका सम्पत्ति रोक्का राख्ने अवस्था अवश्य नै रहन सक्तछ । तर यसरी खाता रोक्का राखिँदा सोको औचित्य पनि पुष्टि हुनुपर्ने । कुनै नागरिकउपर कुनै फौजदारी अभियोगको कुरामा जाहेरी परेको छ भन्दैमा अभियोजनको सम्भावित अवस्था, कसुरको प्रकृति, भरिभराउ गर्नुपर्ने क्षतिपूर्ति रकम आदि कुराका बिचको सम्बन्ध वा तादात्म्यतातर्फ विचार नै नगरी हचुवा तबरबाट खाता रोक्का राख्न पत्राचार गर्नु मनासिब नहुने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विपक्षी / प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री शङ्कर खत्री, विद्वान्‌ अधिवक्ताहरू श्री विद्याकान्त अधिकारी, श्री विश्वनाथ दाहाल, श्री अनिता थापा, श्री निरोज बैद्य, श्री हेमराज अधिकारी तथा श्री ईन्दिरा कार्की अवलम्बित नजिर : सम्बद्ध कानून : बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ आदेश न्या.ईश्वरप्रसाद खतिवडा : नेपालको संविधानको धारा १३३(२) र (३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार छ: तथ्यगत बेहोरा विपक्षीमध्येको नेपाल बैंक लिमिटेडमा रहेको हाम्रो खाताबाट रकम झिक्न चेक प्रस्तुत गर्दा खाता रोक्का रहेको छ भनी चेक फिर्ता गरेको, हामीले लिखित जानकारी माग गरेकोमा मिति २०७६।१०।२१ मा जवाफ स्वरूप तपाइँको यस शाखामा रहेको संयुक्त बचत खाता नं.००२०१०००५१७९५२०००००१ नेपाल राष्ट्र बैंकको मिति २०७६।१०।१३ को पत्रबमोजिम २०७६।१०।२१ देखि रोक्का राखिएको भन्ने मौखिक जानकारी दिइयो । त्यहाँको फाइलमा रहेको पत्र हेर्दा महानगरीय प्रहरी परिसर, टेकुको अपराध अनुसन्धान तथा कारबाही शाखाको प.सं. ०७६/०७७ मु.नं. ६३१ च.नं.९९०१ मिति २०७६।१०।१२ पत्रमा उषा के.सी.को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी यमकुमार श्रेष्ठ भएको ठगी मुद्दाको अनुसन्धानको सिलसिलामा निजको नाममा नेपालभर कुनै बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालन रहेको भएमा प्रस्तुत मुद्दाको अनुसन्धान अवधिभर रोक्का राखी सोको जानकारी यस कार्यालयमा दिनु भन्ने लेखिएको जानकारी भयो । ठगी मुद्दामा अनुसन्धानको सिलसिलामा हामी निवेदकको बैंक खाता तथा सम्पत्ति रोक्का गर्ने गैरकानूनी अख्तियारी विपक्षीहरूलाई नभएको तथा सो कार्यबाट नेपालको संविधानको धारा (१६)(१), धारा (१७)(१) तथा धारा २५ अनुसारको सम्पत्तिको हक हनन भएको छ । विपक्षी महानगरीय प्रहरी परिसर, टेकुको अपराध अनुसन्धान तथा कारबाही शाखाले उषा के.सी.लाई अभद्र व्यवहार गरेको भनी म यामकुमार श्रेष्ठलाई मिति २०७५।७।१८ मा सार्वजनिक अपराध कसुर अभियोग लगाई मुद्दा चलाइएको र प्रमुख जिल्ला अधिकारीको इजलासबाट धरौटीबापत रू. १०,०००।- बुझाई हाल सो मुद्दा विचाराधीन रहेको छ । अतः विपक्षीमध्येको महानगरीय प्रहरी परिसर, टेकुको अपराध अनुसन्धान तथा कारबाही शाखाले वि