निर्णय नं. ४४३७ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४३७ - लिखत बदर भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४८/१२/११ ३२०९ निर्णय नं. ४४३७ ने.का.प. २०४८ अङ्क १२ पूर्णइजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४७ सालको दे.पु.इ.नं. ८० फैसला भएको मिति: २०४८।१२।११।५ मा निवेदक/वादी: जि.नुवाकोट चोगटे वागेश्वरी गा.वि.स. वडा नं. ६ बस्ने ललितमान तामाङसमेत विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ.वडा नं.६ बस्ने चित्रबहादुर अधिकारीसमेत मुद्दा : लिखत बदर (१) लिखत प्रमाण बेगर कुनै सम्पत्ति प्रतिवादीको भनाईकै भरमा निजी आर्जनको भनी ठहर गर्न नमिल्ने । विवादित लिखतमा उल्लेखित अचल सम्पत्ति वादीहरु समेतको अंश लाग्ने सगोलको सम्पत्ति रहेछ भनी प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार अनुमान गर्नु पर्ने । (प्रकरण नं. १८) (२) वादीहरु समेतको हक लाग्ने सगोलको जग्गा प्रतिवादीलाई बिक्री गर्दा वादीहरुको मञ्जूरी लिएको भन्ने मिसिल प्रमाणबाट देखिँदैन, यस स्थितिमा वादीहरुको मञ्जूरी नली गरी दिएको राजीनामा लिखत वादीहरुको हक हितको प्रतिकूल कायम रहन सक्ने अवस्था रहेन । (प्रकरण नं. १८) निवेदक वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी फैसला न्या.केदारनाथ उपाध्याय १. श्री ५ महाराजाधिराजका हजूरमा पूर्णइजलासबाट मुद्दा दोहराई पाउँ भनी वादीहरुले चढाएको विन्तिपत्रमा व्यहोरा साँचो भए पूर्णइजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४७।३।२७।४ मा तोक लागी आए अनुसार पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. घरको लेनदेन व्यवहार जेठा छोरा विपक्षी ज्ञानबहादुरबाट नै गराई आएको र हामीहरुको पैतृक सम्पत्तिको आर्जनबाट गाउँकै प्रेमबहादुर लामिछानेबाट रु. १५,०००।– मा मिति २०३९।११।१३ मा ज्ञानबहादुरको नाउँमा रजिष्ट्रेशन गरी लिएको वागेश्वरी गा.पं. वडा नं.७ को कि.नं.१४ को रोपनी २–१–१–१ र कि.नं. २० को रोपनी १–८–०–१ समेत २ कित्ता जग्गा (साविक पेज नं. ८५९) विपक्षी ज्ञानबहादुर आसामी विपक्षी चित्रबहादुर साहु हुने गरी हामीहरुलाई साक्षी नराखी हामीहरुको मञ्जूर बेगर रु. १५,०००।– मा मिति २०४०।५।२९ गते राजीनामा रजिष्ट्रेशन गरी लिनु दिनु गरेको कुरा २०४०।७।६ मा राजीनामा सारी लिई हेर्दा थाहा हुन आयो, तसर्थ उक्त सम्पत्ति विपक्षीको मात्र एकलौटी नहुँदा अंशबण्डाको १८ नं. बमोजिम हाम्रो समेत हक लाग्ने हुँदा हाम्रो हक लाग्ने ४ भागको ३ भाग लिखत बदर गरी पाउँ भन्ने समेत व्यहोराको ललितमान तामाङ समेत जना ३ को संयुक्त फिरादपत्र । ३. ज्ञानबहादुरले मलाई राजीनामा गरी दिएको जग्गा प्रेमबहादुर लामिछानेबाट २०३९।११।१३ मा रजिष्ट्रेशन गरी लिएको हो, पैतृक सम्पत्तिबाट आर्जेको होइन, ज्ञानबहादुरले म बाट रु. १५,०००।– लिएको र सो रुपैयाँ तिर्न नसक्ने स्थिति परेपछि सो रुपैयाँ बापत नै जग्गा राजीनामा गरिलिएको हुँ भन्ने समेत व्यहोराको चित्रबहादुरको प्रतिउत्तरपत्र । ४. प्र.ज्ञानबहादुरका नाउँमा तामेल भएको मिति २०४०।८।११।१ को म्यादै गुजारी बसेको । ५. अन्य अंशियारहरुको मञ्जूरी समेत लिई राजीनामा रजिष्ट्रेशन गरिदिएको नदेखिएकोले लेनदेन व्यवहारको १० नं. बमोजिम ललितमान, मंगली र सुनारामको हकसम्मको उल्लेखित मिति २०४०।