निर्णय नं. १०७६० - अंश दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७६० - अंश दर्ता भाग: ६३ साल: २०७८ महिना: माघ अंक: १० फैसला मिति :२०७७/१२/०८ १६४९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७७।१२।८ ०६९-CI-१०२७ मुद्दाः- अंश दर्ता पुनरावेदक / प्रतिवादी : स्व. गोविन्दप्रसाद चालिसेको छोरा भक्तपुर जिल्ला कटुन्जे गा.वि.स. वडा नं.५ बस्ने सूर्यप्रसाद चालिसेसमेत विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला थानकोट गा.वि.स. वडा नं.८ बस्ने विश्वनाथ उपाध्यायको छोरा दिवाकर चालिसे जसले छोडपत्र लियो सो व्यक्ति मात्र अलग भएको भन्ने अर्थ लाग्दछ । समग्र अंशियारको अंश भएको भन्ने अर्थ गर्न नमिल्ने । छोडपत्रको कागज कायम रहेको अवस्थामा अंश नपाउने भनी अर्थ गर्न सकिएला तर सो छोडपत्रको कारणले छोडपत्र लिनेबाहेकका अन्य अंशियारहरू सगोलमा छैनन् र निजहरूले अंश पाउँदैनन् भन्न नमिल्ने । सगोलमा रहेका बाँकी अंशियारको संख्या यकिन गरी अबन्डा रहेको सम्पत्तिको तायदातीसमेत लिई दाबीबमोजिम वादीले अंश पाउने । (प्रकरण नं.४) कसैले आफ्नो हक छोडपत्र गर्दा अरूको अंश हक पनि गुमेको अर्थ गर्ने हो भने अंश जस्तो नैसर्गिक हकबाट वञ्चित हुने अवस्था आउने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री शशिचन्द्र मिश्र प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री सनद देवकोटा र श्री सुमनकुमार पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई भक्तपुर जिल्ला अदालत पुनरावेदनतहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्मा माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल पुनरावेदन अदालत पाटन फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०७३ को दफा ८(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्रको दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ: हामी फिरादीका हजुरबाबु / बाबु १९९० सालमा घरबारी छाडी भ्याली कमलपोखरी तथा भ्यालीबाहिर सर्भिसको क्रममा विभिन्न ठाउँमा कार्यरत हुँदा, हजुरबाबु / बाबुको हकको घरबारी जग्गा काका बाबु गोविन्दप्रसादले भोग गर्दाको अवस्थामा बाबु, हजुरबाबुको आकस्मिक निधन भयो । वि.सं.१९९० सालको घरायसी बन्डा लिखत प्रमाण काका हजुरबाबु गोविन्दको जिम्मा रहेकाले सो झिकाई प्रमाण लगाई पाउँ र चक्रपाणी विश्वनाथ र गोविन्द चालिसे गरी कटुन्जे वडा नं. ५ को १० रोपनी जग्गामध्ये ३ खण्डको १ खण्डको हकदार म अच्युतानन्दन र १ खण्डको ६ खण्डको १ हिस्सा दिवाकरको भएकोले विपक्षी गोविन्दप्रसादले अंश भाग नदिएकाले सोहीबमोजिमको अंश दिलाई पाउँ भन्नेसमेत बेहोराको दिवाकर चालिसे र अच्युतानन्दन चालिसेको संयुक्त फिराद पत्र । वादीको बाबु बाजे बज्यै तथा जिज्यू बज्यैसँग १९९० सालमा अंशबन्डा भएको स्वीकार गर्दै सो बन्डाको घरजग्गाहरू भोगचलन बेचबिखन गर्दै २०३२ सालमा अंश छोडपत्र पारित गरी बुझिसकेर पनि पुनः फिराद दाबी गरेकाले वादी दाबी पुग्न नसक्ने ठहराई फैसला गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीमध्ये गोविन्दप्रसाद र प्रद्युम्न चालिसेको प्रतिउत्तर पत्र । वादीको बाबु बाजे बज्यै तथा जिज्यू बज्यैसँग १९९० सालमा अंशबन्डा भएको स्वीकार गर्दै सो बन्डाको घरजग्गाहरू भोगचलन बेचबिखन गर्दै २०३२ सालमा अंश छोडपत्र पारित गरी बुझिसकेर पनि पुनः अंश पाउन सक्ने अवस्था नहुँदा वादी दाबी पुग्न नसक्ने ठहराई फैसला गरिपाउँ भन्नेसमेत बेहोरा