निर्णय नं. १०७६३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७६३ - कर्तव्य ज्यान भाग: ६३ साल: २०७८ महिना: माघ अंक: १० फैसला मिति :२०७८/०५/०८ २०२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति ः २०७८।५।८ मुद्दा ः कर्तव्य ज्यान ०७६-च्र्-००८५ पुनरावेदक । वादी ः धनबहादुर स्याङ्तानको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी । प्रतिवादी ः परिवर्तित नाम ३१(०७४–०७५–ज) ०७६-च्र्-०२१४ पुनरावेदक । प्रतिवादी ः मानबहादुर स्याङ्तानकी श्रीमती मकवानपुर जिल्ला, बकैया गाउँपालिका, वडा नं। ७ घर भई हाल कारागार कार्यालय, भरतपुर चितवनमा थुनामा रहेकी ठुलीमाया स्याङ्तान विरूद्ध प्रत्यर्थी । वादी ः धनबहादुर स्याङ्तानको जाहेरीले नेपाल सरकार केवल आक्रमणकारीले जबरजस्ती करणी गर्न सक्छ होला भन्ने कोरा आशंका (मेरे स्पेचुलतिओन्) का आधारमा निजी रक्षाको हक क्रियान्वित हुन नसक्ने । आफूउपर आक्रमण हुन सक्छ भन्ने मनासिब माफिकको विश्वास गर्नुपर्ने कारण (रेअसोनब्ले बेलिएफ्) देखिनुपर्ने । (प्रकरण नं।१९क) आक्रमणकारीले पीडितलाई करणी गर्ने धम्की दिएको अवस्थामा धम्की अनुरूपको कुनै कार्य वा सोको लागि जोरजुलुम गरेको अवस्थामा प्रतिकार गर्दा वारदात घटित भएको हो भन्ने वारदात परिस्थितिबाट पुष्टि हुन आवश्यक हुने । जुलुमीले जबरजस्ती करणी गर्ने वा इज्जत लुटिदिने भनी धम्की दिएकै आधारमा मात्र निजको ज्यान मारेको अवस्थामा निजी रक्षाको जिकिरका लागि आवश्यक पूर्वावस्थाको विद्यमानता हुन नसक्ने । (प्रकरण नं।१९ख) सामान्य प्रतिरोधबाट बच्न सकिने अवस्थामा अत्यधिक बल (एक्स्चेस्सिवे फोर्चे) प्रयोग गरी ज्यानै लिनेसम्मको काम भएको अवस्थामा निजी रक्षाको जिकिर स्थापित हुन नसक्ने । निजी रक्षाको जिकिर लिने प्रतिवादीले ज्यान बचाउने अन्य कुनै उपाय नदेखी अन्तिम उपाय (थे लस्त रेसोर्त्) का रूपमा केही गर्दा जुलुमीको ज्यान मरेको अवस्था हुनुपर्ने । पीडितबाट आक्रमणकारीउपर गरिने प्रतिरोध समानुपातिक (प्रोपोर्तिओनलित्य ओफ रेसिस्तन्चे) भएको हुनुपर्ने । (प्रकरण नं।१९ग) आक्रमणकारीउपर बदला लिने (रेतलिअतिओन्) मनसायले गरिएको प्रत्याक्रमणलाई निजी रक्षाको जिकिर भनी मान्न नमिल्ने । आक्रमणकारीको कार्यबाट तत्काल उठेको रिस थाम्न नसकी उसै बखत गरेको प्रत्याक्रमणमा आक्रमणकारीलाई केही भएको अवस्थामा मात्र निजी रक्षाको जिकिर ग्राह्य हुने । (प्रकरण नं।१९घ) वादीका तर्फबाट ः विद्वान उपन्यायाधिवक्ता श्री सुशिल देवकोटा प्रतिवादीका तर्फबाट ः विद्वान अधिवक्ता श्री रामप्रसाद ढुंगेल अवलम्बित नजिर ः ने।का।प।२०३१, नि।नं।८१९, पृ।१७७१ ने।का।प।२०४०, विशेषाङ्क, पृ।२७९ ने।का।प।२०४४, नि।नं।३२९०, अङ्क १२, पृ।१२३२ ने।का।प।२०६४, नि।नं।७८८८, अङ्क १०, पृ।२८९८ ने।का।प।२०६६, नि।नं।८२७०, अङ्क ११, पृ।१७३३ ने।का।प।२०७४, नि।नं।९७७३, अङ्क ३ सम्बद्ध कानून ः मुलुकी अपराध संहिता, २०७४ बालबालिकासम्बन्धी ऐन, २०४८ जिल्ला अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री स्वीकृति पराजुली मकवानपुर जिल्ला अदालत उच्च अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री कृष्ण गिरी माननीय न्यायाधीश श्री गोपाल भट्टराई उच्च अदालत पाटन, हेटौंडा इजलास फैसला न्या।नहकुल सुवेदी ः न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मकवानपुर जिल्ला, बकैया गाउँपालिका, वडा नं। ७ माटोकुरीस्थित