निर्णय नं. १०७६४ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७६४ - जबरजस्ती करणी भाग: ६३ साल: २०७८ महिना: माघ अंक: १० फैसला मिति :२०७७/०६/१६ १९४९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।६।१६ मुद्दाः जबरजस्ती करणी ०७२-CR-१७१५ पुनरावेदक / प्रतिवादी : अमर सिंह चौधरीको छोरा, जिल्ला कञ्चनपुर कृष्णपुर गाउँ विकास समिति, वडा नं. ५ घर भई, हाल जिल्ला कारागार कार्यालय, कञ्चनपुरमा थुनामा रहेका तुलसी चौधरी विरूद्ध प्रत्यर्थी / वादी : नाम परिवर्तित "छ कुमारी" को जाहेरीले नेपाल सरकार ०७२-CR-१८६४ पुनरावेदक / प्रतिवादी : मोतिराम चौधरीको छोरा, जिल्ला कञ्चनपुर कृष्णपुर गाउँ विकास समिति, वडा नं. ५ घर भई, हाल मुद्दा पुर्पक्षका लागि कारागार कार्यालय महेन्द्रनगर कञ्चनपुरमा थुनामा रहेका गिरी चौधरी विरूद्ध प्रत्यर्थी / वादी : नाम परिवर्तित "छ कुमारी" को जाहेरीले नेपाल सरकार सामूहिकरूपमा गरेको जबरजस्ती करणी स्थापित हुनको लागि आवश्यक तत्त्व भनेको करणी कार्यमा एकभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको हुनुपर्ने । सामूहिक बलात्कारमा एकैपटक बलात्कार गर्ने अवस्था नहुँदा साझा मनसायले अपराधलाई निरन्तरता दिई पालैपालो जबरजस्ती करणी गर्दछन् भने सो कार्यलाई सामूहिकमै गरिएको मान्नुपर्ने । (प्रकरण नं.११) वादीका तर्फबाट : उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठ प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री मदनबहादुर कार्की र श्री नेत्र आचार्य अवलम्बित नजिर : ने.का.प.२०६५, अङ्क १, नि.नं.७९२३ ने.का.प.२०६९, अङ्क ८, नि.नं.८८७८ ने.का.प.२०७४, अङ्क ३, नि.नं.९७८४ ने.का.प.२०७५, अङ्क ३, नि.नं.९९८१ स.अ.बुलेटिन २०७४, आश्विन २, वर्ष २६, अङ्क १२, पूर्णाङ्क ६०६ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ सुरू फैसला गर्ने:- माननीय न्यायाधीश श्री भोजराज अधिकारी कञ्चनपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री हरिप्रसाद वगाले माननीय न्यायाधीश श्री रामेश्वरनाथ अमात्य पुनरावेदन अदालत महेन्द्रनगर पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री पोषनाथ शर्मा पुनरावेदन अदालत महेन्द्रनगर फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको पुनरावेदन पत्रहरूसहितको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ:- जिल्ला कञ्चनपुर कृष्णपुर गा.वि.स., वार्ड नं. ६ मोहफाँटा बस्ने दिपक भन्ने घुम्मन चौधरीसँग मेरो चिनजान भई फोन सम्पर्क भइरहन्थ्यो । मिति २०७०।११।५ को दिउँसो दिपकले मलाई फोन गरी तिमी कृष्णपुर गा.वि.स. स्थित गजरौला भन्ने स्थानमा आउ, तिमीसँग केही काम छ भन्दा चिनेजानेको मान्छे भएको हुँदा विश्वासमा परी उक्त स्थानमा जाँदा दिपक भन्ने घुम्मन चौधरी सो स्थानमा नभेटिई अन्यायी तुलसी चौधरी र गिरी चौधरीले दिपक दाइको मोटरसाइकल ल्याएको छु । दिपक दाइ गुलरिया छन्, मलाई त्यहीँ आउनु भनेको हो । जाउँ बस भनी मिति २०७०।११।५ को दिउँसो अन्दाजी ११:३० बजेको समयमा मलाई उक्त मोटरसाइकल तुलसी चौधरीले चलाई सोही मोटरसाइकलको बिचमा राखी मेरो पछाडि गिरी चौधरी बसी वनदेवी मन्दिर स्थित जङ्गलमा लगी मेरो मुख थुनी होहल्ला गरिस् भने मारिदिने धम्की दिई जबरजस्ती करणी गरेको हुँदा निज अन्यायीहरूलाई पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भन्ने परिवर्तित नाम कञ्चनपुर छ कुमारीको जाहेरी दरखास्त । जिल्ला कञ्चनपुर,