निर्णय नं. १०७६६ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७६६ - अंश चलन भाग: ६३ साल: २०७८ महिना: माघ अंक: १० फैसला मिति :२०७७/०९/२७ २१९४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा।श्री मनोजकुमार शर्मा फैसला मिति ः २०७७।९।२७ मुद्दाः अंश चलन ०६७-ची-०९०४ पुनरावेदक । वादी ः ललितपुर जिल्ला, धापाखेल गा।वि।स। वडा नं। ३ बस्ने मिमचा श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी । प्रतिवादी ः ललितपुर जिल्ला, धापाखेल गा।वि।स। वडा नं। ३ बस्ने प्रेमबहादुर श्रेष्ठसमेत ०६७-ची-१०१० पुनरावेदक । प्रतिवादी ः ललितपुर जिल्ला, धापाखेल गा।वि।स। वडा नं। ३ बस्ने प्रेमबहादुर श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी । वादी ः ललितपुर जिल्ला, धापाखेल गा।वि।स। वडा नं। ३ बस्ने मिमचा श्रेष्ठसमेत मुलुकी ऐन, अंशबन्डाको ३० नं। को कानूनी व्यवस्थालाई अध्ययन गर्दा “लिई पाई दाखिल खारेज गराइसकेको” तथा “बन्डाबमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेको व्यवहार प्रमाणबाट देखिनुपर्ने” भन्ने शब्दावली प्रयुक्त भई सो सर्तको कार्यान्वयन हुने गरी भएको बन्डाले मात्र कानूनी मान्यता पाउने भन्ने व्यवस्थाले उक्त कानूनी व्यवस्थाको अन्तर्यमा बन्डाको परिणाम स्वरूप अंशियारहरूमा सारभूत रूपमा अंशहक सिर्जना भएको छ वा छैन भन्ने कुरालाई महत्त्व दिएको देखिन आयो ल त्यस्तै, सो कानूनी व्यवस्थाको सुरूमै “बन्डा गरी वा नगरी” भन्ने शब्दावली प्रयोग भएको सन्दर्भमा समेत कानूनले बन्डा वा बन्डापत्रको प्रक्रियागत कुरालाई गौण राखी अंशियारहरूमा वास्तविक अर्थमा अंशबापत पाउने सम्पत्तिको स्वामित्व स्थापित हुनुपर्ने भन्ने कुरालाई परिणाममा हेर्नुपर्ने आशय बोकेको देखियो ल स्वामित्वको अर्थ, स्वामीलाई त्यस्तो सम्पत्तिमाथि अरू सबैका विरूद्ध प्राप्त हुने अधिकार हो ल बन्डाबाट जबसम्म सम्पत्तिमा स्वामित्व स्थापित हुँदैन, तबसम्म वास्तविक अर्थमा बन्डा भएको मान्न मिल्ने नदेखिने ल अंशबन्डाको सारभूत परिणाम (सुब्स्तन्तिअल चोन्सेकुएन्चेस्) भनेकै बन्डाको माध्यमबाट पाएको सम्पत्तिमा अंशियारको हक स्वामित्व स्थापित हुनु हो ल अंशबन्डाको हकमा रितपूर्वकको बन्डाको लिखत घरसारमा भएको होस वा अड्डामा रजिस्ट्रेसन पारित भएको होस्, त्यस्तो लिखतबाट हकवालामा जुनसुकै बेहोराले भए पनि एकपटक स्वामित्वको अधिकार सिर्जना नभई, वा करारीय योज्ञ्ता पुगेको प्राकृतिक व्यक्तिले कानूनको अधीनमा आफ्नो हक नछोडेसम्म नैसर्गिक अधिकारको रूपमा मान्यता प्राप्त अंश हकको परिणाम नै शून्य हुने हुँदा सार्थक परिणामबिनाको त्यसप्रकारको बन्डाको लिखतले मात्र अंशबन्डाको प्रक्रिया पूरा भएको मान्न नमिल्ने ल (प्रकरण नं।५) वादीका तर्फबाट ः विद्वान् वरिष्ठ अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ, विद्वान् अधिवक्ताहरू श्री राम राउत र श्री उत्तमप्रसाद सापकोटा प्रतिवादीका तर्फबाट ः विद्वान् अधिवक्ता श्री खम्मबहादुर खाती र सानोबाबु श्रेष्ठ अवलम्बित नजिर ः सम्बद्ध कानून ः सुरू फैसला गर्नेः मा। जिल्ला न्या। श्री कुमारप्रसाद पोखरेल ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दिपकराज जोशी मा। न्यायाधीश डा।श्री आनन्दमोहन भट्टराई पुनरावेदन अदालत पाटन फैसला न्या।सपना प्रधान मल्ल ः पुनरावेदन अदालत पाटनको मिति २०६७।२।२७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी प्रतिवादीबाट यस अदालतमा दोहोरो पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम ठहर यसप्रकार छः- तथ्य खण्ड ससुरा