निर्णय नं. १०७६८ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७६८ - लेनदेन भाग: ६३ साल: २०७८ महिना: माघ अंक: १० फैसला मिति :२०७७/१२/१७ १८७४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।१२।१७ ०७२-CI-०३४८ मुद्दा : लेनदेन पुनरावेदक / प्रतिवादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.११ बस्ने जनकलालको छोरा किशोर श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : ऐ.ऐ.वडा नं.१६ बस्ने रत्‍नप्रदिप तुलाधरकी पत्‍नी अञ्‍जना स्थापित एकै दिनमा समेत दुई प्रयोजनका लागि उही व्यक्तिहरूबाट अलग अलग लिखत खडा गरी व्यवहार कारोबार हुनसक्ने हुँदा कपाली तमसुक लिखत खडा भएको एक दिनपछि राजीनामा पारित भएको देखिएकै आधारमा सो कपाली तमसुक लिखत राजीनामा गर्ने प्रयोजनका लागि खडा भएको भनी अर्थ गर्न नमिल्ने । वादी प्रतिवादीबिच एकभन्दा बढी व्यवहार भएकोलाई आधार मानी ती व्यवहारहरू एकै उद्देश्यका लागि भएका हुन् र ती व्यवहारमा अन्तरसम्बन्ध छ भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हिरा रेग्मी र विद्वान् अधिवक्ता श्री प्रमोद रेग्मी अवलम्बित नजिर : ने.का.प.२०५६, अङ्क १२, नि.नं.६८३४ ने.का.प.२०६८, अङ्क १, नि.नं.८५३२ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री अच्युत विष्ट काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश डा.हरिवंश त्रिपाठी माननीय न्यायाधीश डा.कुलरत्‍न भुर्तेल पुरावेदन अदालत पाटन, ललितपुर फैसला न्या.कुमार रेग्मी : न्‍याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड विपक्षीले मिति २०६२।०९।१७ गते मसँगबाट घर व्यवहार तथा व्यापार व्यवसाय गर्न भनी रू.२०,००,०००।- (बिस लाख रूपैयाँ) लिई सोही मितिमा साँवा र कानूनबमोजिमको ब्याज तमसुक भएको मितिले ३५ दिनभित्र एकमुष्टरूपमा बुझाउने गरी कागज गरिदिनुभएकोमा उल्लिखित भाखाभित्र प्रतिवादीले साँवा ब्याज केही नबुझाएकोले विपक्षीकहाँ गई साँवा ब्याज बुझाइदिनुहोस् भन्दा केही दिन पर्खिदिनुहोस् भन्दै आउनु भएकोमा मैले पछिल्लो पटक विपक्षीकहाँ गई साँवा ब्याज बुझाइदिनुहोस् भन्दा विपक्षीले तपाइँको साँवा ब्याज केही पनि दिन्‍न जानेको गर्नुस् भनी ठाडो जवाफ दिनुभएको र विपक्षीले मसँग कर्जा लिएपछि आजसम्म मलाई साँवा र सोको ब्याज केही कति पनि नदिनु भएको हुँदा विपक्षीले मसँग लिएको साँवा रू.२०,००,०००।- (बिस लाख) र फिरादपत्र दर्ता गर्ने मितिसम्म अर्थात् १ वर्ष ५ महिना ३ दिनसम्मको कानूनबमोजिमको जम्मा ब्याज रू.२,८५,०००।-(दुई लाख पचासी हजार) गरी आज फिराद गर्दासम्मको जम्मा साँवा ब्याज रू.२२,८५,०००।- (बाइस लाख पचासी हजार) तथा फैसला मितिदेखि भरिभराउसम्मको ब्याजसमेत विपक्षीबाट दिलाई भराइपाउँ भन्‍नेसमेत बेहोराको फिरादपत्र । मिति २०६२।९।१७ मा विपक्षीबाट मैले रू.२०,००,०००।- (बिस लाख) रूपैयाँ लिएको होइन । मेरो नाममा रहेको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.११ को कि.नं.१३४७ को घरजग्गा वाणिज्य बैंक शाखा कार्यालय, विशालबजार काठमाडौंमा ऋण लिई रोक्‍का रहेकोले सोही बैंकको ऋण तिर्न र रजिस्ट्रेसन पारित प्रयोजनार्थ ऋण लिई मिति २०६२।९।१८ मा मालपोत कार्यालय डिल्लीबजार काठमाडौं र.नं.५४(ख) मा उल्लिखित मेरो नामको घर जग्गा विपक्षीलाई रजिस्ट्रेसन पारि