निर्णय नं. १०७७० - सरकारी छाप दस्तखत किर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७७० - सरकारी छाप दस्तखत किर्ते भाग: ६३ साल: २०७८ महिना: फागुन अंक: ११ फैसला मिति :२०७७/११/१३ १७७५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।११।१३ ०७६-CF-०००५ मुद्दा : सरकारी छाप दस्तखत किर्ते पुनरावेदक / वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला, भुग्देउ गा.वि.स. वडा नं. ७ बस्ने राजेश तामाङ अदालतले व्याख्याको माध्यमबाट ऐनमा रहेको प्रस्ट प्रावधानलाई निष्क्रिय गर्ने वा अर्को अर्थ दिने कार्य गर्दैन । विधायिकाको मनसाय, भावना, उद्देश्यलाई जीवन्त तुल्याउन मात्र अदालतले कानूनको व्याख्या गर्दछ । किर्ते कागजको महलको ११ नं. ले किर्ते गर्ने र गर्न लगाउनेलाई किर्ते गर्ने ठहरेकालाई हुनेबमोजिमको सजाय हुने भनी गरेको कानूनी व्यवस्थाले किर्ते सवारी चालक अनुमतिपत्र साथमा राख्ने र प्रयोग गर्ने व्यक्ति मूल कसुरदार ठहर हुन नसक्ने भन्न नमिल्ने । (प्रकरण नं.१३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री ईश्वरीप्रसाद बञ्जाडे प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६७, अङ्क ५, नि.नं.८३६९ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ न्याय प्रशासन ऐन, २०४८ सुरू तहमा फैसला गर्ने: मा.जि.न्या.श्री महेशप्रसाद पुडासैनी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल पुनरावेदन अदालत, पाटन यस अदालतबाट फैसला गर्नेः माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला न्या.मीरा खडका : पुनरावेदन अदालत पाटनको मिति २०६९।५।३१ को फैसलाउपर तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने वादी नेपाल सरकारको निवेदन परी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।५।२१ मा फैसला हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(ङ) बमोजिम पूर्ण इजलाससमक्ष पेस गर्नु भनी भएका आदेशबमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३५ कोटेश्वर चोक स्थित सार्वजनिक सडकमा विशेष सूचनाको आधारमा ट्राफिक प्रहरीले चेक जाँच गर्दा चालक अनुमतिपत्र नं. ११९४२ को राजेश तामाङ नामको चालक अनुमतिपत्र बरामद गरेको भन्ने मिति २०६६/६/२६ को बरामदी मुचुल्का । मिति २०६६।६।२६ गते साँझको समयमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३५ कोटेश्वर चोकमा सूचनाको आधारमा चेक जाँच गर्दा बा.३.च. ६१३१ नं. को भ्यान चालक राजेश तामाङको साथबाट ११९४२ नं. को सेती अञ्चलबाट जारी भएको नक्कली सवारी चालक अनुमतिपत्रसहित पक्राउ गरी दाखिला गरेको भन्ने महानगरीय वृत्त कोटेश्वरको पत्र । प्रहरीले मेरो साथबाट बरामद गरेको सवारी चालक अनुमतिपत्र मेरो नै हो । उक्त अनुमतिपत्र २०५९ सालमा केही समयअगाडि चिनजान भएका सुरज खड्का भन्ने व्यक्तिले सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भनी रू.६,०००।- लाग्छ भनी एकमुष्ठ रू.६,०००।- दिई २०५९ सालमा ११९४२ नं. को वर्ग (ख) बनाएको र पछि सोही व्यक्तिमार्फत वर्ग (क) (च) र (छ) को चालक अनुमतिपत्र बनाई गाडी चलाउँदै आएको छु । निजले के