निर्णय नं. १०७७२ - मानव बेचबिखन ओसारपसार एवं बाल यौन दुराचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७७२ - मानव बेचबिखन ओसारपसार एवं बाल यौन दुराचार भाग: ६३ साल: २०७८ महिना: फागुन अंक: ११ फैसला मिति :२०७७/११/२६ ६२०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।११।२६ मुद्दाः- मानव बेचबिखन ओसारपसार एवं बाल यौन दुराचार ०७५-CR-१९८७ पुनरावेदक / प्रतिवादी : Dale A coombs 1047, Ramada collinsnlle, Illinois, 62234, USA वतन भएका ५१७८१७११२ नं. का राहदानीबाहक Kenneth Joseph Coombs विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं २६ सि.आई.वि.१६७ को नेपाल सरकार ०७५-CR-१९४७ पुनरावेदक / वादी : काठमाडौं २६ सि.आई.वि.१६७ को नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : Dale A coombs 1047, Ramada collinsnlle, Illinois, 62234, USA वतन भएका ५१७८१७११२ नं. का राहदानीबाहक Kenneth Joseph Coombs समेत ०७५-CR-१९९६ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला साबिक इचंगुनारायण हाल नागार्जुन नगरपालिका वडा नं.३ वतन भएका साइला पुतुवारको नाति जय पुतुवारको छोरा लुच्चे गणेश भन्ने बुद्ध पुतुवार विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं २६ सि.आई.वि.१६७ को नेपाल सरकार बाल यौन दुराचार वा अप्राकृतिक मैथुनभित्र मुलुकी ऐन जबरजस्ती करणीको १ नं.को स्पष्टीकरण खण्डको (घ) नं. र प्रचलित मुलुकी अपराध संहिताको दफा २१९(२) को स्पष्टीकरण खण्डको (ग) को अवस्थालाई समावेश गरिएको मान्नुपर्ने । बालयौन दुराचारलाई मुलुकी अपराध संहिताको महिला विरूद्ध हुने यौन दुर्व्यवहार विरूद्धको दफा २२४ को कसुर वा बालबालिका विरूद्ध हुने दफा २२५ को बालयौन दुरूपयोगको कसुरसम्म मात्र मान्न सकिने देखिँदैन । यसलाई दफा २२६(३) अन्तर्गतको कसुर मान्‍नुपर्ने । (प्रकरण नं.१०) बाल यौन दुराचारीलाई पिडोफाइल भन्न मिल्ने देखिए पनि सबै पिडोफाइल बाल यौन दुराचारी नहुन पनि सक्ने भएकाले बाल यौन दुराचार (child sexual abuse) र पिडोफाइल (pedophile) का बिचमा के कस्तो अवस्थामा समान अवस्था र के कस्तो अवस्थामा भिन्नता छ भन्नेबारेमा हेर्दा सबै पिडोफाइललाई बाल यौन दुराचारको कसुरदार मान्न नसकिए पनि सबै बाल यौन दुराचारीलाई पिडोफाइल मान्न सक्ने देखिन्छ । पिडोफाइललाई मानसिक समस्यासँग सम्बन्धित विषय मानी उसले घटना घटाएपछि मात्र बाल यौन दुराचारको कसुर बन्ने अन्यथा पिडोफाइलको अवस्थालाई मात्र आफैँमा अपराध मान्न मिल्ने नदेखिने । (प्रकरण नं.११) उमेर पुगेको व्यक्तिले नाबालकसँग गर्ने यौन सम्पर्क अपराध मात्र नभएर नैतिकपतनको कार्यसमेत हो तर पिडोफाइल मानसिक अस्वस्थता हो, जसमा यौन लक्षण नदेखिएका नाबालकप्रति पिडोफाइलको यौन आकर्षण अत्यधिक बढेको हुन्छ । यस्तो मानसिक अवस्था आफूभित्रै रहेको अवस्थामा यसले अपराध सिर्जना गर्दैन र व्यक्तिभित्रै रहेको पिडोफाइल चाहनालाई अपराध मान्न मिल्दैन तर कार्यमा परिणत भएमा यो अपराधसँगै नैतिक पतनको घटना मानिने । (प्रकरण नं.१२) बाल यौन दुराचार मुद्दामा स्वयं पीडित साक्षीको भनाइको प्रामाणिक मूल्य अत्यन्तै महत्त्वपूर्ण रहेको हुन्छ । वारदातका सम्बन्धमा मौकाको भनाइलाई समर्थन गरी अदालतसमक्ष व्यक्त भएका भनाइलाई महत्त्वपूर्ण प्रमाणको रूपमा लिनुपर्ने । यौनसम्बन्धी शारीरिक एवं मानसिक पूर्णरूपमा विकसित नभएकाले प्रतिवादीहरूउपरको कसुर अपराधको परिणाम के कस्तो रहने भन्ने कुराको कुनै ज्ञान नभएका अबोध नाबालकले मौका तथा वारदातमा आफूउपर भएको कार्य निस्कपट रूपमा बकपत्र गरेको अवस्थामा अबोध नाबालकहरू छलकपट गर