निर्णय नं. १०७७४ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७७४ - जबरजस्ती करणी भाग: ६३ साल: २०७८ महिना: फागुन अंक: ११ फैसला मिति :२०७८/१०/२३ २२२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।१०।२३ ०७८-RC-००६५ मुद्दा: जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका वडा नं.२ घर भई हाल कारागार कार्यालय, सुर्खेतमा थुनामा रहेका अमित कुमाल विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम वीरेन्द्रनगर “Z” को जाहेरीले नेपाल सरकार मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहितामा प्रवेश पाएको सजाय छुट दिन सकिने वा सजाय कम गर्ने मागदाबीसम्बन्धी व्यवस्थालाई दाबीको सौदाबाजी (Plea Bargaining) को अवधारणाअनुसार नेपालको परिप्रेक्ष्यमा मूलत: अनुसन्धानमा कसुरदार वा अभियुक्तले कसुर स्वीकार गरेको वा कसुरमा आफू साबिती भई संलग्न अन्य व्यक्ति र प्रमाण जुटाउन सहयोग गरेको अवस्थामा अनुसन्धान प्रतिवेदनमा उल्लेख भई वा त्यस्तो अवस्था देखिएमा सरकारी वकिलले अभियोगपत्रमार्फत दाबी गरेको अवस्था विद्यमान हुनुपर्दछ । अपराध संहिता र फौजदारी कार्यविधि संहितामा उल्लेख भएको व्यवस्थाअनुसार अभियोगपत्रमा दाबी नगरिएको अवस्थामा अदालतले अनुमानको भरमा मुलुकी अपराध संहिता, २०७४ को दफा ४७ अनुसारको सजायमा छुट दिन सक्ने वा सजाय कम गर्न सक्ने नदेखिने । (प्रकरण नं.५) प्रतिवादीका तर्फबाट : वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री प्रल्हादकुमार योगी सुर्खेत जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय मुख्य न्यायाधीश श्री नहकुल सुवेदी माननीय न्यायाधीश श्री राजेश्‍वर तिवारी उच्च अदालत सुर्खेत फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा १० बमोजिम साधकको रोहमा दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छ । तथ्य खण्‍ड मिति २०७६।०२।२१ गते अन्दाजी १६:३० बजेको समयमा जिल्ला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका वडा नं.२ फलाटे सामुदायिक वनको नर्सरीस्थित शारीरिक, मानसिक अवस्था अस्वस्थ भएकी मेरो छोरी पीडित परिवर्तित नाम, थर ६४ वीरेन्द्रनगर “क२८” स्कुल पढेर घर फर्कने क्रममा ऐ.ऐ. बस्ने अमित कुमालले बाटोमा भेटी म तिमीलाई घरमा पुर्‍याइदिन्छु भनी फकाई फुल्याई गरी जंगलतिर लगेको छोरीसँग पढ्ने छिमेकीको छोरी ईमिनजेला रोकायले देखी मलाई जानकारी गराएपश्चात् मलगायत गाउँका छरछिमेका मानिसहरूसमेतले छोरी पीडित परिवर्तित नाम, थर ६४ वीरेन्द्रनगर “क२८” लाई खोज्दै जाने क्रममा फलाटेको सामुदायिक वनको भवन नजिक छिमेकी जितबहादुर गुरूङलाई देखी छोरीको बारेमा सोध्दा अमित कुमालले जंगलभित्र लिई गएका छन् भनेकोले सोही जंगलमा खोज्दै जाने क्रममा अमित कुमालले छोरी पीडित परिवर्तित नाम, थर ६४ वीरेन्द्रनगर “क२८” लाई जबरजस्ती करणी गरी रगताम्य अवस्थामा सोही स्थानमा छोडी भागिसकेका रहेछन्, सोही समयमा पीडित छोरीलाई साथमा लिई अन्यायी अमित कुमाललाई खोज्दै जाने क्रममा जिल्ला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका वडा नं.२ फलाटे स्थित निजको घरमा फेला पारी स्थानीय मानिसहरूको सहयोगमा नियन्त्रणमा लिई यसै जाहेरी दरखास्तसाथ दाखिला गरेको छु । निज अमित कुमालले मेरो छोरी परिवर्तित नाम, थर ६४ वीरेन्द्रनगर “क२८” बोल्न नसक्ने नाबालिका रहेको भन्ने जानीजानी