निर्णय नं. १०७७५ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७७५ - जालसाजी भाग: ६३ साल: २०७८ महिना: फागुन अंक: ११ फैसला मिति :२०७७/०९/०३ १८०१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।९।३ ०७३-CR-०२९१ मुद्दाः- जालसाजी पुनरावेदक / प्रतिवादी : धादिङ जिल्ला, लकुवा बुटाथुम गा.वि.स. वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ३५ बस्ने सन्ध्या अधिकारी विरूद्ध प्रत्यर्थी / वादी : भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका वडा नं. १२ इनाइटोल बस्ने कृष्णदासको मु.स. गर्ने पृथ्वीमाया श्रेष्ठसमेत विधायिकाले लेनदेन व्यवहारको महल र किर्ते कागजको महलमा छुट्टाछुट्टै हदम्यादको व्यवस्था गरेकोमा यी दुई मार्गमध्ये कुनैमा मुद्दा चलाउन सक्ने अख्तियारी प्रदान गरेको अवस्थामा वादीहरूलाई लेनदेन व्यवहारको महलअन्तर्गतको मुद्दा लिएर आउनुपर्छ भनी बाध्य गर्न कानूनतः नमिल्ने । (प्रकरण नं.५) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री यदुनाथ खनाल र श्री सीताराम के. सी. वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री यज्ञमूर्ति बञ्जाडे अवलम्बित नजिर : ने.का.प.२०५५, अङ्क ८, नि.नं.६५९० ने.का.प.२०६५, अङ्क २, नि.नं.७९३२ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री चण्डीराज ढकाल भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश डा.श्री कुलरत्न भुर्तेल माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल पुनरावेदन अदालत पाटन, ललितपुर फैसला न्या.सुष्मालता माथेमा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) (ख) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्यगत बेहोरा हामी वादी प्रतिवादी तीन दाजुभाइबिच अंशबन्डा गर्न बाँकी भएको र फिरादीहरूसमेतको अंश हक लाग्ने पैतृक सम्पत्तिको रूपमा भक्तपुर जिल्ला चपाचो गा.वि.स. वडा नं. ७ को कि.नं. १८५, १९१, १९६, २०२ को जग्गा नचिनेको व्यक्तिले भोग चलन गर्न छाडिदिनु भनेकाले के भएको रहेछ भनी मालपोत कार्यालय भक्तपुरमा गई मिति २०६१।०२।१२ मा नक्कल सारी हेर्दा उक्त जग्गा तहतहमा हस्तान्तरण गरिएको हुँदा अंश हकतर्फ छुट्टै नालेस दायर गरेका छौं । हाम्रो मन्जुरीबेगर हक मेट्ने उद्देश्यले मिति २०५९।६।७ को र.नं. १२६८ बाट दिने प्रतिवादी गणेशदास श्रेष्ठ र लिने मंगलदेवी श्रेष्ठ भई पारित गरेको राजीनामा लिखत र फेरि उक्त जग्गामध्ये कि. नं. १९६ को जग्गालाई दिने मंगलदेवी श्रेष्ठ र लिने सन्ध्या अधिकारी भएको मिति २०६१।०१।१७ गतेको र.नं. ७१६४ को पारित राजीनामा लिखतलाई जालसाजी घोषित गरी फिरादीहरूको हक लाग्ने जति विवादित उक्त कि.नं १९६ को १-०-० जग्गाको ३ खण्डको २ खण्ड उत्तरतर्फको क्षे.फ.०-१०-३ जग्गा हक सुरक्षित गरी दूषित लिखत निष्क्रिय गरी जालसाजी कार्य गरेकोमा हदैसम्म सजाय गरिपाउँ भन्नेसमेत बेहोराको मुख्य फिराद दाबी । प्रतिवादीमध्येका मंगलदेवी श्रेष्ठले आफ्नो नाममा दर्ता हक भएपछि कि.नं. १९६ को जग्गालाई मिति २०६१।१।१७ र.नं. ७१६४ बाट प्रतिवादी सन्ध्या अधिकारीलाई राजीनामा गरिदिएको बेहोरा मलाई सरोकार पर्ने विषय होइन भन्नेसमेत बेहोराको प्रतिवादी गणेशदास श्रेष्ठको प्रतिउत्तर जिकिर । मिति २०६१।०१।१७ मा राजीनामाको लिखत गरी मैले खरिद गरिलिएको छु । त्यसैले मैले कसैको अंश हक मार्ने कार्य नगरेको हुँदा जालसाजी कार्य गर्यो भन्नु झुठ्ठा हो । फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोर