निर्णय नं. १०७७६ - जग्गा हक निखनाई पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७७६ - जग्गा हक निखनाई पाऊँ भाग: ६३ साल: २०७८ महिना: फागुन अंक: ११ फैसला मिति :२०७७/१२/१८ १३७८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति ः २०७७।१२।१८ ०७३-ची-०४९७ मुद्दाः- जग्गा हक निखनाई पाऊँ पुनरावेदक । वादी ः हंसबहादुर खत्रीको छोरा जिल्ला उदयपुर, त्रियुगा नगरपालिका वडा नं। ७ बस्ने देवेन्द्रकुमार दाहाल विरूद्ध प्रत्यर्थी । प्रतिवादी ः जिल्ला सप्तरी, फुलकाही गा।वि।स। वडा नं। ४ बस्ने जीतन साहु तेलीको छोरा राम सेवक साहु तेली निखन्न दिनुपर्ने अवस्था छ वा छैन भनी प्रमाण बुझी यकिन गर्नुपर्ने कुरामा निर्णय गर्न पाउने अधिकार कानूनले मालपोत कार्यालयलाई प्रदान गरेको देखिँदैन । लिखत गरिदिने व्यक्तिसँग दाजु-भाइको नाता सम्बन्ध रहेको, जग्गा साबिकको एउटै कित्ताबाट कित्ताकाट भई आएको, जग्गाको साँध-सिमाना जोडिएको जस्ता कुरालाई नै निखन्न पाउने कुराको एक मात्र निर्णायक आधार मान्न मिल्ने पनि देखिँदैन । वास्तविक अर्थमा वा व्यावहारिक रूपमा निकास नै बन्द हुने गरी सन्धि-सर्पन परेको अवस्था छ वा छैन भन्ने कुराका आधारमा नै निखनाई पाउने वा नपाउने कुराको निरूपण गरिनुपर्ने । (प्रकरण नं।३) वादीका तर्फबाट ः विद्वान वरिष्ठ अधिवक्ता श्री सुरेन्द्रकुमार खड्का प्रतिवादीका तर्फबाट ः अवलम्बित नजिर ः सम्बद्ध कानून ः सुरू निर्णय गर्ने कार्यालय ः प्रमुख मालपोत अधिकृत श्री चन्द्रमणी घिमिरे मालपोत कार्यालय, उदयपुर पुनरावेदन तहमा फैसला गर्ने ः माननीय न्यायाधीश श्री उमेशराज पौड्याल माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा पुनरावेदन अदालत, राजविराज फैसला न्या।ईश्वरप्रसाद खतिवडा ः न्याय प्रशासन ऐन, २०७३ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः तथ्यगत बेहोरा मेरो दाजु नाता पर्ने विपक्षी अम्बरबहादुर खत्रीले निजका नाउँमा दर्ता रहेको उदयपुर जिल्ला, गाईघाट गा।वि।स। वडा नं।२(ख) कि।नं। १५८१ को ज।बि। ०-१४-० मध्ये कित्ताकाट गरी कायम कि।नं। १५८५ को ज।बि। ०-४-० जग्गा थैली रू।१,४०,०००।- राखी र।नं। २६६८क मिति २०६९।१०।२४ को राजीनामा लिखत पारित गराई विपक्षी रामसेवक साहु तेलीलाई बिक्री गरी दिएकोले उक्त जग्गा मेरो कि।नं। १५८० को जग्गासँग एकै साँध सिमाना जोडिएको र वस्तुभाउ हिँडाउन, आवत-जावत गर्न निकासको लागि सो जग्गा मलाई नभई नहुने सन्धिसर्पन पर्ने भएकोले थैली रू।१,४०,०००।- र रजिस्ट्रेसन दस्तुर रू।५,६००।- समेत गरी जम्मा रू।१,४५,६००।- विपक्षी रामसेवक साहु तेलीलाई बुझाई सो जग्गा हक निखनाई पाउँ भन्नेसमेत बेहोराको वादी देवेन्द्रकुमार दाहालको फिरादपत्र । विपक्षी वादीले दाबी गरेको कि।नं। १५८१ कित्ताकाट भई १५८५ को ०-४-० जग्गा अम्बरबहादुर खत्रीबाट मेरो नाउँमा आएको हो । विपक्षी वादीको नाउँमा दर्ता रहेको कि।नं। १५८० को जग्गासँग साँध जोडिँदैमा मात्र सन्धिसर्पन परेको मानिँदैन । मेरो नाउँ दर्ताको कि।नं। १५८५ को ०-४-० जग्गा नहुँदैमा आवतजावत गर्न पानी पटाउन आदि बन्द हुने अवस्था छैन । कि।नं।१५८० को जग्गाको दक्षिण मुखीलाल चौधरीको जग्गा भएको र सो दक्षिण बाटो रहेकोले उक्त डगर बाटोमा आवत जावत गर्न वादीलाई मेरो जग्गाको कुनै आवश्यकता रहेको छैन । मैले जग्गा खरिद गरेको होइन । सरकारी मूल्याङ्कनबमोजिम मात्र मूल्याङ्कन गरी थैली राखी अम्मरबहादुरले मेरो नाउँमा र मेरो आफ्नो नाउँको जग्गा हंशबहादुरको नाउँम