निर्णय नं. १०७७८ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७७८ - उत्प्रेषण / परमादेश भाग: ६३ साल: २०७८ महिना: फागुन अंक: ११ फैसला मिति :२०७७/०९/१७ २६८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०७७।९।१७ ०७२-CI-०१४८ मुद्दा : उत्प्रेषण / परमादेश पुनरावेदक / पक्ष : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.३ बस्ने वर्ष ५३ को चन्द्रमान महर्जनसमेत विरूद्ध प्रत्यर्थी / विपक्षी : काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्त कार्यालय, मानभवन, ललितपुरसमेत सार्वजनिक हितको लागि बाटो विस्तार गर्ने असल नियत र उद्देश्यका साथ प्रत्यर्थीहरूले काम गरेको भए तापनि उक्त कार्यमा त्यसबाट प्रभावित हुने टोल समुदाय वा व्यक्तिहरूसँग परामर्श गरी पूर्वसूचना दिई कानूनले तोकेको प्रक्रिया र कार्यविधि अपनाई कार्य अगाडि बढाउँदा यदि कोही व्यक्तिको जग्गा कम्पाउन्ड बाटो विस्तारमा पर्ने रहेछ भने कानूनबमोजिम मुआब्जा वा क्षतिपूर्ति दिई बाटो विस्तार गर्नुपर्दछ । हाल जग्गाको चरित्र, अवस्था र स्वामित्वमा व्यापक परिवर्तन भइसकेको भए तापनि यदि पहिला कसैले सडक वा सार्वजनिक हितको निमित्त केही योगदान दिएको छ भने त्यसलाई मूल्याङ्कन गर्दिन भन्न नमिल्ने । (प्रकरण नं.९) एक पक्षले बाटोको लागि जग्गा छाडेका थिए भने पटक-पटक जग्गा छाडिरहनुपर्ने र उनीहरूले पहिला गरेको योगदानलाई कुनै मान्यता नदिने गरी भएको कार्य संविधान प्रदत्त समानताको हकको समेत विपरीत हुने । बाटो विस्तारलगायतका विकास निर्माणका कार्यहरू गर्दा सहमतिमा अन्यथा भएकोमा बाहेक दायाँ बायाँ पर्ने दुवै पक्षले बराबर जग्गा पर्ने गरी नै गर्नु न्यायोचित हुने । (प्रकरण नं.१०) पुनरावेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री पूर्णमान शाक्य र अधिवक्ता श्री मंगल महर्जन विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी र विद्वान् अधिवक्ता श्री काशिनाथ अर्याल अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क ४, नि.नं.९९८६ ने.का.प.२०७२, अङ्क १२, नि.नं.९५०८ सम्बद्ध कानून : नेपालको संविधान जग्गा प्राप्ति ऐन, २०३४ सार्वजनिक सडक ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा.न्या.डा. श्री सलाहुद्दीन अख्तर सिद्दिकी माननीय न्यायाधीश श्री नागेन्द्रलाल कर्ण पुनरावेदन अदालत पाटन आदेश न्या.अनिलकुमार सिन्हा : उच्च अदालत पाटनको मिति २०७१।१२।१८ को अन्तिम आदेशउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) अन्तर्गत यस अदालतमा निवेदिकहरूको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड हामी निवेदकहरूमध्ये म चन्द्रमान महर्जन एकलौटी नाममा मालपोत कार्यालय, ललितपुरमा दर्ता प्रमाणित भएको ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ३(छ) कि.नं.३६० क्षेत्रफल ०-६-१-० जग्गामा नक्सा पास गरी घर निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्रसमेत प्राप्त गरी बसोबास गरी आएको, म विष्णु डंगोल महर्जनको नाममा ऐ. मा दर्ता प्रमाणित भएको ऐ. कि.नं.३४४ क्षेत्रफल ०-२-३-० र ऐ. कि.नं.३४७ क्षेत्रफल ०-४-०-० समेत २ कित्ता जग्गामा मैले ललितपुर उपमहानगरपालिकामा नक्सा पास गरी घर निर्माण गरी बसोबास गरी आएको, मेरो श्रीमती कान्छी महर्जन ऐ. मा दर्ता रहेको ऐ. कि.नं.१५८ क्षेत्रफल ०-५-२-० जग्गामा तत्कालीन ललितपुर नगर पञ्चायतबाट मिति २०५५।६।७ मा निर्माण सम्पन्न प्रमाण पत्रसमेत प्राप्त गरी बसोबास गरी आएको, म श्यामराज नकर्मीको ऐ. मा दर्ता प्रमाणित भएको ऐ. क