निर्णय नं. ४४३९ - लिखत बदर मुद्दामा पूर्णइजलासबाट इन्साफ जाँच गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४३९ - लिखत बदर मुद्दामा पूर्णइजलासबाट इन्साफ जाँच गरी पाउँ भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४८/१२/११ २२४६ निर्णय नं. ४४३९ ने.का.प. २०४८ अङ्क १२ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ सम्वत् २०४७ सालको नि.नं. ८०६ आदेश भएको मिति: २०४८।१२।११।३ मा निवेदक/वादी: गणेशप्रसाद मानन्धरको मु.स. गर्ने कृष्णप्रसाद मानन्धर समेत विरुद्ध (साविक पेज नं. ८६९) विपक्षी/प्रतिवादी: कुमारदाश मानन्धर समेत विषय : लिखत बदर मुद्दामा पूर्णइजलासबाट इन्साफ जाँच गरी पाउँ (१) मन्त्री परिषदले जाहेर गरेको प्रस्तावमा श्री ५ महाराजाधिराजबाट बक्सेको स्वीकृतिलाई नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(झ) बमोजिम श्री ५ को सरकारको निर्णय सम्झनु पर्ने र श्री ५ को सरकारको निर्णयबाट कानुनले प्रदान नगरेको कुनै अधिकार ग्रहण गरी अदालतले मुद्दा मामिलाको निर्णय गर्न नमिल्ने । (प्रकरण नं. ४) (२) तत्काल प्रचलित नेपालको संविधानको धारा ९० अन्तर्गत श्री ५ महाराजाधिराजबाट यस अदालतलाई बक्स हुने प्रमांगी वा आदेश उपर्युक्त नियमावली बमोजिम विधिवत प्रमाणित भई सोझै यसै अदालतमा आउनु पर्ने । (प्रकरण नं. ४) आदेश १. बाबा गणेश दाशका ५ जना छोरा भएकोमा हामी समेतको अंश हक लाग्ने कालिमाटी गा.पं. वडा नं. ५ कि.नं. ३१ ज.रो. १–०–३ मध्ये ०–१–०–३ देवी दाशले श्याममायालाई रु. २०,०००।– मा मिति २०३२।४।७ मा राजीनामा पास गरी दिएको हुँदा ५ खण्डको ४ खण्ड लिखत बदर गरी पाउँ भन्ने वादी दावी र वादीहरुको अंश हकको नहुँदा लिखत बदर हुनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकिर भएकोमा वादी दावी पुग्न नसक्ने ठहर्‍याई काठमाडौं जिल्ला अदालतबाट फैसला भएकोमा सो इन्साफ उल्टाई ५ खण्डको ४ खण्ड लिखत बदर हुने ठहर्‍याई म.क्षे.अ.बाट फैसला भयो । सोही फैसला सदर ठहर्‍याई सर्वोच्च अदालत डिभिजनबेञ्चबाट निर्णय भयो । त्यस उपर प्रतिवादीहरुको विन्तिपत्र पर्दा श्री ५ महाराजाधिराजबाट दोहोर्‍याई दिनु भन्ने हु.प्र.बक्स भए बमोजिम पूर्णइजलास समक्ष पेश हुँदा वादी दावी पुग्न नसक्ने भनी मिति २०४२।१।२८ मा निर्णय भयो । उक्त निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ६(क) र ५४ तथा लेनदेन व्यवहारको १० नं. समेतको त्रुटि भएको कारणबाट हामीलाई अन्याय परेको हुँदा फुलबेञ्चबाट भएको मिति २०४२।१।२८ गतेको निर्णय एकपटक इन्साफ जाँच गरी पूर्णइजलासबाट दोहोर्‍याई हेरी दिनु भन्ने सर्वोच्च अदालतका नाममा आदेश जारी गरी पाउँ भनी निवेदकले दिएको निवेदनपत्रको व्यवहोरा पेश भयो । २. यसमा फायलको अध्ययय गर्दा कानुन तथा न्याय मन्त्रालयले यस अदालतलाई लेखेको मिति २०४७।६।८ गतेको पत्रमा श्री ५ महाराजाधिराजका हजूरमा श्री ५ को सरकार (मं.प.) बाट राजदरवारमा रहेको साविक विशेष जाहेरी विभाग २०४७ साल साउन १ गते देखि खारेज हुनाले उक्त विभागले गर्दै आएका काम कुराहरु टुंगो लगाउने वैकल्पिक व्यवस्था नहुँदा यसबाट विभिन्न समस्याहरु देखा परेका छन् । त्यसैले उक्त अवधिसम्ममा सो विभागमा परी टुंगो लागि नसकेका बिन्तिपत्रहरु तथा सो पश्चात २०४७ आश्विन मसान्तसम्ममा पर्ने यस्तै अरु विन्तिपत्रहरुको सम्बन्धमा समेत उक्त विभागले गर्दै आएका तारिख म्याद थाम्ने हदम्याद थाम्ने मुद्दा दोहर्‍याउने इन्साफ जाँच्ने जस्ता विषयका विन्तिपत्रहरु एक पटकलाई सर्वोच्च अदालतबाट हदम्याद तारीख थामी दिने र इन्साफ जाँच्ने तथा मुद्दा दोहर्‍याउने विषयमा