निर्णय नं. १०७८० - लागु औषध ब्राउनसुगर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७८० - लागु औषध ब्राउनसुगर भाग: ६३ साल: २०७८ महिना: फागुन अंक: ११ फैसला मिति :२०७७/०२/२६ २६२१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७७।२।२६ ०७५-CR-०७६७ मुद्दाः- लागु औषध ब्राउनसुगर पुनरावेदक / वादी : प्र.स.नि. आइते पुनको प्रतिवेदन जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : भारत बहराईच जिल्‍ला, तहसिल नानपारा कसाई टोल बस्ने मोहम्‍मद अन्‍सारीको छोरा अकिल अहमद अन्‍सारी लागु औषधसम्बन्धी अपराधमा प्रमाण पुर्‍याउने भार अभियुक्तमा निहित छ भन्दैमा सबै मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्‍ने ऐनको मनसाय पनि होइन । मिसिल संलग्‍न प्रमाणहरूबाट प्रतिवादी निर्दोष देखिने स्थिति छ भने सोको विरूद्ध आफूले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्‍याउनुपर्ने भार र कानूनी दायित्व वादी पक्षको पनि हो । वादीले अनुमानका आधारमा लिएको दाबीबाट मात्र प्रतिवादीलाई कसुरदार ठहर्‍याउनु न्यायोचित नहुने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्‍यायाधिवक्ता श्री कमलराज पन्‍थी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री विष्‍णुप्रसाद कोइराला बाँके जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्‍यायाधीश श्री प्रेमराज कार्की माननीय न्यायाधीश श्री खुशीप्रसाद थारू उच्‍च अदालत तुलसीपुर, नेपालगन्ज इजलास फैसला न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत पुनरावेदनपत्रसहितको मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला बाँके, नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० जमुनाहस्थित पूर्व इलाका प्रहरी कार्यालय, जमुनाहको पुरानो भवन, पश्‍चिम हनुमान मन्दिर, उत्तर दक्षिणमा नेपालगन्ज जमुनाह सडक खण्ड यति चार किल्लाभित्रको सडक खण्डमा रूपैडियाबाट नेपालतर्फ आउँदै गरेका भारत नानपारा कसाई टोल घर र नाम अकिल बताउने व्यक्तिलाई चेकजाँच गर्दा निजले लगाएको पाइन्टको दायाँ खल्तीमा कालो प्लाष्‍टिकभित्र सेतो प्लाष्‍टिकले बेरेर राखेको प्लाष्‍टिक हटाई तौल गर्दा ३०० ग्राम लागु औषध जस्तो धुलो पदार्थ प्रहरी टोलीले बरामद गरी लिएको भन्‍नेसमेत बेहोराको बरामदी मुचुल्का । मिति २०७३।१।२६ गते जमुनाह नाका हुँदै ठुलो मात्रामा ब्राउनसुगर नेपालमा भित्रँदै छ भन्‍ने सूचनाको आधारमा मसमेतको टोली उक्त स्थानमा गई नेपाल भारत आवतजावत गर्ने मानिसलाई चेकजाँच गर्ने क्रममा भारत रूपैडियाबाट नेपालतर्फ आउँदै गरेका भारत नानपारा कसाई टोल घर बताउने अकिल नाम बताउने व्यक्तिलाई चेकजाँच गर्दा निजले लगाएको पाइन्टको दायाँ खल्तीमा कालो प्लाष्‍टिकभित्र सेतो प्लाष्टिकले बेरेर राखेको प्लाष्‍टिक हटाई तौल गर्दा ३०० ग्राम लागु औषध जस्तो धुलो पदार्थ फेला पारी बरामदसमेत गरी दाखिला गरेका छौं । कानूनबमोजिम गरिपाउँ भन्‍नेसमेत बेहोराको लागु औषध नियन्‍त्रण ब्युरो नेपालगन्जका प्र.स.नि. आईते पुनसमेतको प्रतिवेदन । प्रतिवादीबाट बरामद ब्राउनसुगरमध्येबाट नमुना छुट्याइदियौं भन्‍नेसमेत बेहोराको नमुना मुचुल्का । मैले नेपालगन्जमा आई कपडा बेच्ने क्रममा केही नसेडी केटाहरूसँग भेट भई निजहरूसँग कुरा बुझ्दा निजहरूले मलाई भारतबाट ब्राउनसुगर ल्याइदिनु भनेको हुँदा मि