निर्णय नं. १०७८५ - करकाप

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७८५ - करकाप भाग: ६३ साल: २०७८ महिना: फागुन अंक: ११ फैसला मिति :२०७८/०५/१८ ५२२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री डा. कुमार चुडाल फैसला मिति : २०७८।५।१८ ०७३-CR-०२६७ मुद्दा:- करकाप पुनरावेदक / वादी : सूर्यबहादुरको छोरा धादिङ जिल्ला, थाक्रे गा.वि.स. वडा नं.७ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१४ कुलेश्वर बस्ने चन्द्रबहादुर तामाङ विरूद्ध विपक्षी / प्रतिवादी : जिल्ला भोजपुर, कुलुङ गा.वि.स. वडा नं.७ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१४ लिकमार्ग बस्ने श्यामबहादुर गिरीसमेत कुनै पनि लिखत किर्ते जालसाजीबाट खडा गर्नु र डर त्रास देखाई लिखतमा करकापबाट कारणीको सहीछाप गराउनु फरक फरक अवस्था हो । एउटामा लिखतमा सहीछाप गर्ने व्यक्ति आफ्नो सहीछापबारे अनभिज्ञ रहेको हुन्छ भने अर्कोमा कारणी अर्थात् लिखत गरिदिनेलाई डर त्रास देखाई दबाबमा पारी करकापबाट सहीछाप गराएको अवस्था हुन्छ । एकैपटक एउटै लिखतको सम्बन्धमा किर्ते र करकाप दुई फरक फरक वारदात सिर्जना हुन सक्ने अवस्था नहुने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री किरणकुमारी शाह विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री जगदीश चन्द्र पाण्डे अवलम्बित नजिर : सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०७३ सुरू तहमा फैसला गर्नेः माननीय जिल्ला न्यायाधीश श्री विष्णुप्रसाद कोइराला काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी पुनरावेदन अदालत पाटन फैसला न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन परी दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १४ बस्ने श्यामबहादुर गिरी, शकुन्तला गिरी, प्रकाश गिरीसमेत भई म फिरादी र मेरो छोरी बन्दना लामा तामाङलाई अपहरण शैलीमा मिति २०६८।११।२२ गते बिहान विपक्षीहरूको डेरा कोठामा लगी तिम्रो श्रीमतीले गरेको कारोबारको सम्बन्धमा कागज गर अन्यथा तँलाई हामी छाड्दैनौं भनी तयार गरी राखेको कागजमा म फिरादीलाई र मेरो छोरीलाई बाँधछाँद गरी विभिन्न डर त्रास देखाई करकाप गरी ६ महिनाअगाडिको मिति लेखेको दुईवटा हातले लेखिएको नेपाली कागजमध्ये एउटामा धनी सकुन्तला गिरी र अर्कामा धनी प्रकाश गिरी लेखिएको सोको रकम २८ लाखको कागज पढ्न र हेर्नसमेत नदिई मेरो छोरीलाई दुवै थान कागजमा साक्षीमा सहीछाप गर्न लगाई छाडिएकोले परिवारलाई मार्नेसम्मको धम्की दिई कब्जाबाट मुक्त गरेको र यसरी मलाई नियन्त्रणमा लिई धम्की दिई जोर जुलुम गरी कागज गराएकोले उक्त कागज बदर गराउन यो फिराद लिई आएकी छु । तसर्थ विपक्षीहरूले मलाई डर, त्रास, धाक धम्की देखाई ज्यान मार्नेसम्मको नियत लिई कब्जामा राखी जबरजस्ती गैरकानूनी ढंगले मेरो इच्छाविपरीत विपक्षीहरूले तयार पारी राखेको मलाई हेर्ने मौका नदिई मिति २०६८।११।२२ गतेका दिन विपक्षीहरूले के कुन मिति राखी गराएका छन् । विपक्षीहरूले गराएको लेखिएको थान २ कागज मुलुकी ऐन अ.बं. २४ नं. र ३८ नं. बमोजिम करकाप ठहर गरी उक्त कागज बदर गरी विपक्षीहरूलाई हदैसम्मको सजाय गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी । विपक्षीले करकाप भनिएको कागज मिति २