निर्णय नं. १०७८६ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७८६ - उत्प्रेषण / परमादेश भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७८/१०/१२ १८७६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा। श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति स् २०७८।१०।१२ ०७८(ध्ँ(०००५ विषयः उत्प्रेषण र परमादेश निवेदक स् जिल्ला उदयपुर, साबिक कटारी गा।वि।स। वडा नं। ८ को हाल परिवर्तित कटारी न।पा। वडा नं। ५, लालपुर घर भई हाल भक्तपुर जिल्ला, सूर्यविनायक न।पा। वडा नं। ४ बस्ने शिवहरी दाहालसमेत विरूद्ध प्रत्यर्थी स् नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, काठमाडौंसमेत लोक सेवा आयोगले प्रकाशन गरेका विज्ञापनमा विभिन्न चरणका परीक्षाहरू उत्तीर्ण गरी अन्तिम नतिजा प्रकाशनको चरणमा रहेका निवेदकहरूको योग्यताक्रम कानूनले तोकेको अवधिभित्र सिफारिस गर्नुपर्नेमा सो नगरी निवेदकहरूको वैधानिक अपेक्षासमेतको विपरीत विज्ञापनबमोजिमको परीक्षाको अन्तिम नतिजा प्रकाशन गर्न रोक लगाउने काम कारबाहीलाई संविधान र कानूनसम्मत भन्न नमिल्ने । ९प्रकरण नं।१३० निवेदकका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा विद्वान् अधिवक्ताहरू डा। श्री भीमार्जुन आचार्य, श्री टिकाराम भट्टराई, श्री ऋषिराम घिमिरे र श्री विपिन सुवेदी प्रत्यर्थीका तर्फबाट स् विद्वान् नायब महान्यायाधिवक्ता डा। श्री टेकबहादुर घिमिरे, विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली, विद्वान् उपन्यायाधिवक्ताद्वय श्री खडिन्द्रराज कटुवाल र श्री सविता शर्मा अवलम्बित नजिर स् सम्बद्ध कानून स् नेपालको संविधान निजामती सेवा ऐन, २०४९ लोक सेवा आयोग ऐन, २०६६ कर्मचारी समायोजन ऐन, २०७५ आदेश न्या।नहकुल सुवेदी स् नेपालको संविधानको धारा ४६ तथा १३३ ९२० बमोजिम दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः( तथ्य खण्ड रिट निवेदन बेहोरा निजामती सेवा ऐन, २०४९ को दफा ७ बमोजिम लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगर काठमाडौंबाट मिति २०७६र८र२५ मा रा।प। तृतीय श्रेणी ९अप्राविधिक० शाखा अधिकृत वा सोसरह पदको रिक्त पद संख्याको आधारमा ३० प्रतिशत बढुवातर्फ र बाँकी ७० प्रतिशत खुलातर्फ विज्ञापन प्रकाशित भएको थियो । प्रकाशित विज्ञापनबमोजिम नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत ज्येष्ठता तथा कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवातर्फ १६८, खुलातर्फ २१६, महिलातर्फ ५८, आदिवासी र जनजातितर्फ ४८, मधेसीतर्फ ३९, दलिततर्फ १५, अपाङ्गतर्फ ९ र पिछडिएको क्षेत्रतर्फ ९ गरी कुल ५६० पदमा र नेपाल प्रशासन सेवा लेखा समूहमा बढुवातर्फ ९, खुलातर्फ १२, महिलातर्फ ३, आदिवासी र जनजातितर्फ २, मधेसीतर्फ २, पिछडिएको क्षेत्रतर्फ १ गरी कुल २९ पदमा पदपूर्तिको लागि विज्ञापन प्रकाशित भएको थियो । उक्त विज्ञापनबमोजिम हामी निवेदकहरूले प्रशासन सेवा सामान्य प्रशासन तथा लेखा समूहअन्तर्गत क्रमशः विज्ञापन नं। १६६९४, १६६९५, १६६९६, १६६९७, १६६९८, १६६९९ र १६७००र०७६(०७७ शाखा अधिकृत ९रा।प। तृतीय श्रेणी० पदमा दरखास्त भरी पेस गरेका थियौं । सोबमोजिम विपक्षी लोक सेवा आयोगद्वारा पहिलो चरणको लिखित परीक्षा मिति २०७६र१०र२५ मा लिई सोको नतिजा मिति २०७६र११र११ मा प्रकाशन गरिएको र दोस्रो चरणको लिखित परीक्षा मिति २०७७र९र२१ देखि ऐ। २३ गतेसम्म लिइएकोमा सोको नतिजा मिति २०७८र३र२१ मा प्रकाशित भएको थियो । तेस्रो चरणको सूचना प्रविधि सिप परीक्षण परीक्षा मिति २०७८र४र१९