निर्णय नं. ४४४० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४४० - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४८/११/०४ २४१२ निर्णय नं. ४४४० ने.का.प. २०४८ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको रिट नं. ८४८ आदेश भएको मिति: २०४८।११।४ मा निवेदक : होटल कोजी प्रा.लि.का न्हुच्छेरत्न शाक्य विरुद्ध विपक्षी : का.न.पा. वडा नं. ७ बस्ने कृष्णप्रसाद दाहालसमेत विषय : उत्प्रेषण (१) न्यायिक वा अर्धन्यायिक निकायले निर्णय गर्दा न्यायिक मनको प्रयोग गर्नु पर्ने । (प्रकरण नं. १४) (२) निर्णयकर्ता के कस्तो आधारमा आफ्नो निर्णयमा पुगेको हो ती ठहर्‍याउनु पर्ने कुराको विवेचना गरेको हुनुपर्ने । (प्रकरण नं. १४) (३) निर्णयकर्ताले सबूद प्रमाणको मूल्याड्ढन गरी आधारहरु समेत खोली आफूले निर्णय गर्नु पर्नेमा बदर गर्नु पर्ने कुनै आधार नखुलाई तल्लो कर्मचारीले उठाएको टिप्पणीलाई सदर सम्म गरेकोले कारखाना निरीक्षकको त्यस्तो निर्णय न्यायिक मनको अभावमा त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी., विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटी आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. विपक्षी कृष्णप्रसाद दाहाल मिति २०३७।५।१ देखि यस होटलको जनरल मेनेजर पदमा नियुक्ति पाई सो पदमा कार्यरत हुनुहुन्थ्यो । विपक्षलाई नियुक्त गरेको पदको गरीमा दृष्टिमा राखी निजले गरेको कुनै काम कारवाही शंकाको दृष्टिले नहेरी निजद्वारा भए गरेको प्रत्येक काम यथोचित चित्त नै होला भन्ने विश्वास राखी निजलाई दैनिक कारोबार सम्बन्धी कार्य सञ्चालन गर्न चाहिने नियमानुसार आवश्यक अख्तियार दिइएको थियो निज विपक्षीले यसरी कम्पनी ऐन, २०२१ बमोजिम दर्ता भई सोही ऐन बमोजिम सञ्चालन हुनु पर्ने दायित्व बोकेको यस होटलको गहन जिम्मेवारी पूर्ण ओहदा नियुक्त पाएपछि सो पदको गरिमा र उत्तरदायित्वलाई विचार गरी निजले गरेको प्रत्येक कार्य यथोचित नै होला भनी निज माथि कुनै शंका गरिएन । तर निजले नियमित रुपमा (साविक पेज नं. ८७२) आम्दानी पनि स्पष्ट नराखी आफ्नो जिम्मेवारी बहन नगरी अनुत्तरदायी प्रवृत्ति राख्नु भएको र मिति २०४३।७।३ देखि आफू खुसी होटलको कार्यमा हाजिर नभई हेलचक्रयाई गरी रहेको हुँदा निजलाई हाजिर हुन बारम्बार मौखिक आदेश दिएकोमा निज हाजिर नभएको तर हाजिर नभएका दिनको तलब समेत सहलेखापालसंग मिलोमतो गरी खाएको तर आफ्नो कर्तव्य र दायित्व बहन नगरेको हुँदा बाध्य भई निवेदक होटलले मिति २०४५।९।८ मा विपक्षी कृष्णप्रसादलाई काममा उपस्थित हुन सूचित गरियो । पत्रादेश पाएपछि हाजिर गर्नुपर्ने बाध्यता नरहेको भन्ने गैरकानुनी जवाफ दिई होटलको आदेशानुसार निज हाजिर हुन नआई अटेर गरी बस्नु भयो । यस्तो गैर हाजिर रहने कर्मचारीलाई कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी नियम, २०१९ को दफा २६(क) बमोजिम हटाउन सकिने स्पष्ट व्यवस्था भएको र आफ्नो जिम्मेवारी बहन नगर्ने र होटलको हानी नोक्सानी गर्ने अनुशासनमा नरहने कर्मचारीलाई कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१(२) अनुसार बर्खास्त गर्न समेत सकिने हुँदा विपक्षीलाई उक्त कानुनको प्रावधान अन्तर्गत विपक्षी हाजिर नभएको दिन २०४३।७।३ देखि नै नोकरीबाट हटाई निजको सो कुराको जानकारी