निर्णय नं. १०७९० - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७९० - उत्प्रेषण / परमादेश भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७८/०५/२१ ९४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७८।५।२१ ०७७-WO-०८३२ मुद्दाः- उत्प्रेषण / परमादेश निवेदक : सिराहा जिल्ला, साबिक गोविन्दपुर गा.वि.स. वडा नं. १ परिवर्तित लाहान नगरपालिका, वडा नं. २४ बस्ने प्रताप गिरीको छोरा पवन गिरीसमेत विरूद्ध विपक्षी : त्रिभुवन विश्वविद्यालय, सेवा आयोग मुकाम, ऐ.ऐ.को कार्यालय कीर्तिपुरसमेत तबला विषय सङ्गीतअन्तर्गतको विशेष विधा भएकोले सङ्गीतको विज्ञलाई तबलाको समेत विषय विज्ञ भनी व्याख्या गर्न सकिने देखिँदैन । तबला विषयको विज्ञका रूपमा तबला नै अध्ययन अध्यापन गरेको वा तबला विषयमा विज्ञता हासिल गरेको व्यक्तिलाई नियुक्ति गर्नुपर्ने । तबला विषयको अन्तर्वार्ताका लागि विज्ञका रूपमा नियुक्ति गरिएका व्यक्तिहरू सङ्गीत विषयका विज्ञ भएकाले तबला विषयको उपप्राध्यापक पदमा नियुक्तिका लागि लिइने अन्तर्वार्तामा तबला विषयका विज्ञका रूपमा नियुक्ति गरिएको कार्य कानूनसङ्गत देखिन नआउने । (प्रकरण नं.१०) प्रतिस्पर्धात्मक विश्‍वव्यापीकरणको वर्तमान समयमा कुनै पनि राज्यका प्रतिष्ठित संस्थाहरूले आफूलाई विश्‍वमा नै प्रतिस्पर्धात्मक बनाउनका साथै आफ्नो गौरवमय इतिहास, परम्परा र समयानुकूल परिवर्तन गर्नुपर्ने । कुनै पनि विषयको विषयविज्ञ आफ्नो राज्यमा उपलब्ध नभएको भनी फरक विषयको विज्ञलाई विषय विज्ञका रूपमा मनोनित गरी विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थामा प्राध्यापकहरू नियुक्त गर्ने कार्यहरू सम्पादन गर्दै जाने हो भने त्यसले उक्त संस्थाको साथै राज्यको मान प्रतिष्ठामा आँच आउनुका साथै राज्यको पुरानो र इतिहास बोकेको शैक्षिक संस्थाप्रतिको विश्वसनीयतामा ह्रास आउन सक्ने सन्देश जाने अवस्थाको सिर्जना हुने । कुनै पनि विषयको विज्ञ देशमा उपलव्ध हुन नसकेको अवस्थामा सो विषयको विज्ञ विदेशबाट भए पनि झिकाई निजबाट कार्य सम्पादन गर्नुपर्ने । कुनै विषय विज्ञको देशमा उपलब्धता छैन भन्दैमा अन्य क्षेत्रका विज्ञलाई मिल्दोजुल्दो विषय हो भनी विशेष विषयको विज्ञको रूपमा नियुक्ति गरी कार्य सम्पादन गरेबाट समग्रमा न्यायोचित देखिन नआउने । (प्रकरण नं.११) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री नारायणप्रसाद खनाल, श्री रेवतप्रसाद खरेल अवलम्बित नजिर : सम्बद्ध कानून : त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ आदेश न्या.दीपककुमार कार्की : नेपालको संविधानको धारा ४६ एवम् १३३ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्‍त तथ्य एवम् आदेश यसप्रकार रहेको छः- तथ्य-खण्ड हामी निवेदकहरू भारतबाट तबला वादनतर्फ उच्च शिक्षा हासिल गरी हाल ललितकला क्याम्पस कीर्तिपुरमा आंशिक उपप्राध्यापकको हैसियतले अध्यापन गर्दै नेपाली साङ्गीतिक क्षेत्रको वाद्यवादन विधामा आफ्नो ज्ञान र सिप नेपाली विद्यार्थीहरूमाझ हस्तान्तरण गर्ने कार्यमा समर्पित भई आएका छौं । यसैबिचमा विपक्षी त्रि.वि. शिक्षा आयोगले मिति २०७५।९।७ को गोरखापत्र दैनिक पत्रिकाको क्र.सं. ११६–२७०–२०७५–०७६ मार्फत त्रि.वि. सेवाअन्तर्गत तबला विषयको उपप्राध्यापक पदमा खुला कोटातर्फ पद संख्या १ र महिला कोटातर्फ पद संख्या १ समेत गरी दुईवटा रिक्त पदमा पदपूर्ति गर्नुपर्ने भएकोले उपप्राध्यापक (खुला प्रतियोगिता) पदको लागि विज्ञापन आह्वान गरिएकोमा हामी निवेदकहरूले