निर्णय नं. १०७९२ - सार्वजनिक बाटो यथावत् कायमसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७९२ - सार्वजनिक बाटो यथावत् कायमसमेत भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/१०/१९ २७५२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।१०।१९ मुद्दा:- सार्वजनिक बाटो यथावत् कायमसमेत ०६७-CI-०४८४ पुनरावेदक / प्रतिवादी : लक्ष्मीदास महर्जनकी नातिनी, तुल्सीदास महर्जनकी छोरी, काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ९ बस्ने लक्ष्मीदेवी महर्जन विरूद्ध प्रत्यर्थी / वादी : कृष्णराज पाण्डेकी छोरी, भैरवदत्त लोहनीको बुहारी, वलराम लोहनीकी श्रीमती, काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ९ बस्ने स्वस्तिका लोहनी ०६७-CI-१२०० पुनरावेदक / वादी : कृष्णराज पाण्डेको छोरी, भैरवदत्त लोहनीको बुहारी, वलराम लोहनीको पत्नी, काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ९ बस्ने स्वस्तिका लोहनी विरूद्ध प्रत्यर्थी / प्रतिवादी : लक्ष्मीदास महर्जनकी नातिनी, तुल्सीलाल महर्जनकी छोरी, काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ९ बस्ने लक्ष्मीदेवी महर्जन न्यायिक निकायबाट मुद्दाको रोहमा फैसला गर्दा वादीले दाबी लिएको सम्पूर्ण विषयमा दाबी पुग्ने हो, होइन भनी निर्णय नगरी वादीले दाबी लिएको केही विषयमा मात्र निर्णय गरी फैसला गर्न मिल्ने नदेखिने । अर्थात्, मुद्दाको रोहमा न्यायिक निकायले फैसला गर्दा वादीले लिएका सम्पूर्ण दाबीहरू पुग्न सक्ने नसक्ने सम्बन्धमा एकैपटक निर्णय गर्नुपर्ने । (प्रकरण नं.४) वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री रामचन्द्रप्रसाद वर्णवाल, श्री रामचन्द्र सुवेदी र श्री शत्रुधन प्रसाद वर्णवाल प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री रमनकुमार श्रेष्ठ, श्री सुरेन्द्रकुमार महतो र विद्वान् अधिवक्ता श्री रमिता महर्जन अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री सुष्मालता माथेमा काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री माधवप्रसाद चालिसे मा. न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई पुनरावेदन अदालत पाटन फैसला न्या.मीरा खडका : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- तथ्य खण्ड गुठी संस्थान तहसिल कार्यालय र मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा पशुपति महास्नान गुठी रैतानी भई गणेशबहादुर ज्यापुको नाममा जोत पोत दर्ता भएको काठमाडौं जिल्ला साबिक बत्तिसपुतली गा.वि.स. वडा नं.५(क) कि.नं.१९ को १-३-०-० मध्ये उत्तर पश्चिमतर्फबाट ०-२-०-० ऐ. कि.नं. २१ को ०-४-१-० मध्ये पश्चिम दक्षिणतर्फबाट ०-२-०-० समेत ०-४-०-० जग्गाको र.नं. १०९१७ मिति २०३६।०३।३२ मा मैले रजिस्ट्रेसन पारित गरी लिँदा कैफियत महलमा जग्गादाता गणेशबहादुर ज्यापुले "मैले बिक्री गरेको जग्गादेखि उत्तर पूर्वतर्फबाट मोटरबाटो दिने" भनी किटानीसाथ उल्लेख भएको थियो । उक्त कि.नं. १९ र २१ बाट कित्ताकाट भई मेरो नाममा कायम कि.नं. ८४,८६ को एउटै चाक्ला ०-४-०-० जग्गाको उत्तर पूर्वतर्फबाट गणेशबहादुरको नामको बाँकी जग्गाबाट उक्त राजीनामामा उल्लेख भएबमोजिम मोटरबाटो कायम गरी भोग गर्दै आएको छु । सार्वजनिक मोटरबाटोसमेत कायम भएको विपक्षी लक्ष्मीदेवी महर्जनका नाउँको बाँकी कि.नं. २३७ को ०-३-२-० जग्गाको पूर्वतर्फबाट पूर्व पश्चिम ९’-०" को बाटो मेरो निजी एकलौटी बाटो भनी नक्सा पास नहोस् भनी मैले काठमाडौं नगरपञ्चायतमा उजुर