निर्णय नं. १०७९३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७९३ - कर्तव्य ज्यान भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/०३/२३ १३२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।३।२३ मुद्दाः- कर्तव्य ज्यान ०७४-CR-१७९६ पुनरावेदक / प्रतिवादी : गोपाल कुँवरको नाति जहरे कुँवरको छोरा डोटी जिल्ला साबिक गाँजरी वडा नं. २ पालेवन घर भई हाल कारागार कार्यालय डोटीमा थुनामा रहेको वर्ष ४२ को माहासिंह कुँवर विरूद्ध विपक्षी / वादी : चक्रबहादुर कुँवरको जाहेरीले नेपाल सरकार ०७५-CR-००३७ पुनरावेदक / वादी : चक्रबहादुर कुँवरको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : गोपाल कुँवरको नाति जहरे कुँवरको छोरा डोटी जिल्ला साबिक गाँजरी वडा नं. २ पालेवन घर भई हाल कारागार कार्यालय डोटीमा थुनामा रहेको वर्ष ४२ को माहा भन्ने माहासिंह कुँवर लासलाई फाल्ने कुरा भनेको मृत्युपछिको अवस्था हो । प्रतिवादीले मारिसकेपछि लास कहाँ राख्यो वा कसरी फाल्यो भन्ने कुराले प्रतिवादीको कर्तव्य गरी मार्नुपूर्वको मनसायलाई सामान्यतया प्रतिबिम्बित गर्दैन । प्रतिवादीको मृतकलाई मार्ने अवस्थासम्म कस्तो प्रकृतिको मनसाय थियो भनी हेर्नुपर्ने हुन्छ र सोही आधारमा प्रतिवादीउपर आपराधिक दायित्व रहने । (प्रकरण नं.६) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टेकराज भुषाल प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६६, अङ्क ६, नि.नं.८१६७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री नरनारायण पौडेल डोटी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री श्रीकान्त पौडेल माननीय न्यायाधीश श्री शेखरचन्द्र अर्याल उच्च अदालत दिपायल फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । डोटी जिल्ला गाँजरी गा.वि.स. वडा नं. २ पालेबनस्थित पूर्वमा गोरेटो बाटो, पश्चिममा प्रेमबहादुर कुँवरको खेतबारी, उत्तरमा प्रेमबहादुर कुँवरको घर र दक्षिणमा शंकर नेपालीको घर, यति चार किल्लाभित्रमा रहेको प्रेमबहादुर कुँवरको खेतबारीको बिच खेतमा पूर्व टाउको, पश्चिम खुट्टा, माथिल्लो शरीरमा कालो सेतो बुट्टा भएको चोलो लगाएको, भित्र हरियो ब्लाउजसमेत लगाएको, तल्लो शरीरमा केही पनि लुगा नभएको, डोटी जिल्ला गाँजरी गा.वि.स. वडा नं. २ बस्ने वर्ष ४३ की गंगादेवी कुँवरको मृतक लास रहेको, सो लासको कपालमा माटो र रातो पदार्थ लागेको, अनुहारमा रगत जस्तो रातो पदार्थले लतपतिएको, दायाँ आँखी भौँमा निलडाम, छातीमा निलडाम, टाउको पछाडि गोठीमा १ इन्च लम्बाइ १/२ इन्च गहिरो घाउ, टाउको बिच भागमा १ इन्च लामो घाउ, खुट्टा, तिघ्रा निलडाम भई रगत जस्तो रातो पदार्थ सुकेको अवस्थामा रहेको भन्ने घटनास्थल लासजाँच प्रकृति मुचुल्का । डोटी जिल्ला गाँजरी गा.वि.स. वडा नं. २ पालेबनस्थित पूर्वमा थाने कुँवरको घर, पश्चिममा माहासिंह कुँवरको खेतबारी, उत्तरमा माहासिंह कुँवरको खेतबारी र दक्षिणमा उदैसिंह कुँवरको घर, यति चार किल्लाभित्रमा रहेको माहासिंह कुँवरको दुई तले पत्थरले छाएको घर, सो घरको पूर्वबाट आँगनमा प्रवेश गर्दा पश्चिमतर्फ भर्याङनजिक ६० से.मि. टाढा २ इन्च गोलाइ भएको, रगत जस्तो रातो पदार्थको सुकेको टाटा रहेको, भर्याङ चढी हेर्दा भर्याङमा प्रयोग भएको ढुङ्गामा २ इन्च गोलाइ भएको रगत जस्तो रातो पदार्थको सुकेको टाटा र