निर्णय नं. १०७९४ - हक फिर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७९४ - हक फिर्ता भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/१२/१२ १४३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७७।१२।१२ ०७२-CI-१३१८ मुद्दा : हक फिर्ता पुनरावेदक / प्रतिवादी : झुपलाल पुनको छोरी जिल्ला बाँके रझेना गा.वि.स. वडा नं.७ बस्ने पवित्रा पुन (खड्का) विरूद्ध प्रत्यर्थी / वादी : तिलकबहादुर खड्काको छोरा जिल्ला रूकुम पोखरा गा.वि.स. वडा नं.४ पोखरा गाउँ बस्ने कमलाल खड्का दाइजोबाट पाउने सम्पत्तिको स्रोत र आर्जन गरेको सम्पत्तिको स्रोत एकै किसिमको नभई फरकफरक किसिमको हुन्छ । दाइजोको सम्पत्तिको स्रोत माइती, मावलीहरू हुन्छन् भने आर्जनबाट प्राप्त हुने सम्पत्तिको स्रोत आफ्नै ज्ञान, सिप, प्रयास हुन्छ । दुवै स्रोतबाट प्राप्‍त हुने सम्पत्तिको पुष्टि दाबी लिने व्यक्तिले तथ्ययुक्त प्रमाणबाट गर्नुपर्छ । आफ्ना पालामा आर्जन गरेको दाइजोबाट प्राप्‍त सम्पत्ति हो भनेर मात्र नहुने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादीले आफ्नो नाउँमा रहेको जग्गामा रहेको आफ्नो हकअधिकार तथा स्वामित्व त्याग गरी सो जग्गाबाट आफूले अंश नलिने भन्‍ने निजको फिराद जिकिर नभई, आफ्नो नाउँमा उक्त जग्गा दर्ता रहेकै कारण निजले लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुँदा आफ्नो पतिबाट अंश नलिने भनी, अंशमा दाबी नगरी सम्बन्ध विच्छेद तर्फ मात्र मागदाबी लिई फिरादपत्र दर्ता गरेबाट उक्त जग्गामा निजको स्वमित्व समाप्‍त भएको भनी अदालतले अनुमान गर्नु न्यायोचित नहुने । (प्रकरण नं.९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री राकेशकुमार शर्मा अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री अर्जुन अधिकारी बाँके जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा. न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा माननीय न्यायाधीश श्री यमुना भट्टराई पुनरावेदन अदालत नेपालगन्ज फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्‍ने निवेदन परेकोमा यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड प्रतिवादीमध्ये पवित्रा पुन खड्काले मउपर अंश नलिई सम्बन्ध विच्छेद गरिपाउँ भन्‍ने मुद्दा दिएकोमा मैले उक्त मुद्दामा प्रतिवाद गर्दा मलेसियामा काम गरी आर्जन गरेको रू.८ लाख निज विपक्षीको नाममा पठाएकोमा उक्त रकम निजको जिम्मा रहेको, निज विपक्षीको नाममा जिल्ला बाँके रझेना गा.वि.स. वडा नं. ७क कि.नं. १७३४ ज.वि. ०-१-१० जग्गा र ऐ. वडा नं. ७ अन्तर्गत पूर्वमा बाटो, पश्‍चिममा नारायणी काफ्ले, उत्तरमा टेकेन्द्र, दक्षिणमा नारायणी काफ्ले यति ४ किल्लाभित्र २ कठ्ठा जग्गा खरिद गरेको, इँटाको दिवाल टायलको छानो भएको घर बनाई विपक्षीकै भोगचलनमा रहको भनी प्रतिवाद गरेको थिएँ । उक्त सम्बन्ध विच्छेद मुद्दामा मिति २०६६।१०।२४ मा वादीले अंश नपाउने सम्बन्ध विच्छेद हुने गरी फैसला भई अन्तिम भएको छ । सो सम्पत्ति विपक्षी पवित्रा पुनको निजी आर्जनको नभई मैले खरिद गरी दिएको सगोलको सम्पत्ति हो । उक्त जग्गा मलाई फिर्ता गर्नुस् भनी विपक्षीलाई भन्दा विपक्षी पवित्रा पुन खड्काले सो जग्गासमेत मैले बिक्री गरिसकेकी छु भनी जवाफ दिएकीले सो सम्बन्धमा मालप