निर्णय नं. १०७९५ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७९५ - उत्प्रेषण / परमादेश भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/११/२१ १४१९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७७।११।२१ ०७३-WO-१०४८ मुद्दा :- उत्प्रेषण / परमादेश निवेदक / पक्ष : नारायण सुवेदीको नाति टिकाप्रसाद सुवेदीको छोरा काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ कपन बस्‍ने वर्ष ५२ को अरूणकुमार सुवेदी विरूद्ध विपक्षी / प्रत्यर्थी : उच्च अदालत पाटन, हेटौंडा इजलाससमेत लेनदेन मुद्दाबाट बिगो भराई पाउने ठहरी फैसला भएकोमा सो ऋण लिने निवेदकले फैसला कार्यान्वयन हुँदा कानूनबमोजिम हुने दायित्‍व निर्वाह गर्नुपर्ने । फैसलाबमोजिम साहुको बिगो तिर्नुपर्ने कानूनी कर्तव्य ऋणीमा रहने । फैसला गरेर मात्र होइन फैसला कार्यान्वयन गर्नु पनि अदालतको अनिवार्य र महत्त्वपूर्ण दायित्व हुने । लामो अवधिसम्म साहुको ऋण नतिर्ने नियतबाट विभिन्‍न बहाना बनाई कानूनको छिद्र खोजी फैसला कार्यान्वयनको कार्यमा बाधा अड्चन देखाइरहनु उपयुक्त र मनासिब नहुने । (प्रकरण नं.६) निवेदक / पक्षका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामकृष्ण काफ्ले विपक्षी / प्रत्यर्थीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री अर्जुनप्रसाद कँडेल तथा विद्वान् अधिवक्ताहरू श्री ओमप्रकाश अर्याल, श्री पुन्देवी महर्जन र श्री शिवहरी तिमिल्सीना अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधान, २०७२ को धारा ४६ र धारा १३३(२) (३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्‍य र आदेश यस प्रकार छ :- तथ्य खण्ड विपक्षीमध्येको देवीध्वज कार्की वादी र म निवेदक प्रतिवादी भई मकवानपुर जिल्ला अदालतमा चलेको लेनदेन मुद्दामा मकवानपुर जिल्ला अदालतबाट मिति २०६५/११/०६ मा वादीले सावाँ ब्याज रू. १७,५५,३६९।२५ भरिपाउने ठहर भई फैसला अन्तिम भएको छ । फैसला कार्यान्वयनमा विपक्षीको निवेदन परी बिगोबापतमा आमा अम्बिका सुवेदीको नाममा रहेको झापा जिल्ला गौरीगन्ज गा.वि.स वडा नं.८ (ख) को कि.नं.९८० ज. वि. १-१०-० लाई जम्मा रू.२,४०,०००।- (दुई लाख चालिस हजार) रूपैयाँ मात्रमा लिलाम गराई लिएको र दोस्रो पटक मिति २०६८/०८/०८ मा मकवानपुर जिल्ला अदालतमा वादीले बिगोमा निवेदन दिई पत्नी शान्ता सुवेदी खतिवडाका नाममा रहेको जिल्ला मकवानपुर साबिक बसामाडी गा.वि.स. वडा नं.१ को कित्ता नं. १५३२ को ज.वि.०-५-० जग्गा लिलाम सकारी विपक्षीले दोस्रोपटकसमेत बिगो असुल गरिसकेपश्चात् लिलाम भएको २० दिनपछि पुनः तेस्रोपटक मिति २०७३/०१/०२ मा मकवानपुर जिल्ला अदालतमा नपुग बिगो हकमा कैद गराइपाउँ भनी निवेदन गरेकोमा डोर खटाई २०७३/०५/१७ मा भई आएको जायदात तायदात मुचुल्कामा सम्बन्धित वडामा मेरो कुनै चलअचल सम्पत्ति नभएको भनी मुचुल्का भई आएकोले के कति सिधा खर्च लाग्ने हो सो सम्बन्धमा कारागार कार्यालय भिमफेदी मकवानपुरमा पत्र लेखी पठाउनु, सोको विवरण कारागारबाट आएपछि सो बराबरको रकम वादी पक्षबाट दाखिल गर्न लगाई पेस गर्ने भनी मिति २०७३/११/०६ मा विपक्षी मकवानपुर जिल्ला अदालतबाट आदेश भएको थियो । उक्त बेरितको आदेश बदरका लागि उच्च अदालत पाटन, हेटौंडा इजलासमा अ.बं. १७ नं. निवेदन गरेकोमा, आदेश बेरितको नदेखिँदा परिवर्तन गरिरहन परेन, कानूनबमोजिम गर्नु भनी उच्च अदालत पाटन, हेटौंडा इजलासबाट मिति २०७३/१२/०३ मा भएको आदेश दण्ड सजायको महलको ४२ (२) को स्पष्ट कान