निर्णय नं. १०७९७ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७९७ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/१०/२६ १७२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७७।१०।२६ मुद्दा : मानव बेचबिखन तथा ओसारपसार ०७३-CR-०३२३ पुनरावेदक / प्रतिवादी : अमासुलाल राजवंशीको छोरा झापा जिल्ला साबिक अनारमनी गा.वि.स. वडा नं.१ घर भई हाल जिल्ला कारागार कार्यालय भद्रपुर झापामा थुनामा रहेको वर्ष २४ को भवानी राजवंशी विरूद्ध प्रत्यर्थी / वादी : झापा जिल्ला अनारमनी गा.वि.स. वडा नं.१० बस्ने मित्र वि.क. समेतको जाहेरीले नेपाल सरकार ०७३-CR-०३४० पुनरावेदक / प्रतिवादी : सर्लाही जिल्ला गमरिया गा.वि.स. वडा नं.१ घर भई हाल जिल्ला कारागार कार्यालय झुम्का, सुनसरीमा थुनामा रहेको वर्ष २६ को जुम्राती बैठा विरूद्ध प्रत्यर्थी / वादी : झापा जिल्ला अनारमनी गा.वि.स. वडा न.१० बस्ने मित्र वि.क. समेतको जाहेरीले नेपाल ०७३-CR-०४४२ पुनरावेदक / प्रतिवादी : जिल्ला झापा अनारमनी गा.वि.स. वडा नं.१ बस्ने रामलाल ठटालको छोरा हाल जिल्ला कारागार कार्यालय भद्रपुर झापामा थुनामा रहेको मौसम ठटाल विरूद्ध प्रत्यर्थी / वादी : झापा जिल्ला अनारमनी गा.वि.स. वडा नं.१० बस्ने मित्र वि.क.समेतको जाहेरीले नेपाल सरकार फौजदारी कानूनको प्रयोग गर्दा जुन कार्यका लागि कानूनले जे जुन सजायको व्यवस्था गरेको छ, सोहीबमोजिमको कानून प्रयोग गरिनुपर्दछ । कानूनको परिधि नाघेको कुनै एउटा तथ्यको आधारमा ठुलो कसुरजन्य कार्य गर्न लागेको कुराको अनुमान गरी शंकाकै आधारमा गम्भीर प्रकृतिको कसुर गरेको भनी ठहर गर्नु हामीले अनुशरण गरी आएको फौजदारी न्यायका मान्य सिद्धान्तविपरीत हुने । (प्रकरण नं.४) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रेशम आचार्य प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने, विद्वान् अधिवक्ताहरू श्री सीता खनाल र श्री सुरेशकुमार पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू फैसला गर्ने : माननीय न्यायाधीश श्री रमेशकुमार खत्री झापा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय मुख्य न्यायाधीश श्री मीरा खड्का माननीय न्यायाधीश श्री रमेश पोखरेल पुनरावेदन अदालत इलाम फैसला न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र यस अदालतको ठहर यसप्रकार छ: तथ्यगत बेहोरा मिति २०६९।१२।२० गते प्रतिवादीहरू जुम्राती बैठा, रामलखन यादव, मौसम ठटाल, भवानी राजवंशी र रोशन महरासमेतले हाम्रा वर्ष १५ की M-१, वर्ष १६ की M-२, वर्ष १७ की M-३, वर्ष १६ की M-४, वर्ष १८ की M-५, उपनाम गरेका छोरीहरूलाई भारत गएर होटलमा डान्स गर्दा दिनको भा.रू. १२००।- हुन्छ भनी प्रलोभनमा पारी झापा जिल्ला अनारमनी ९ मा जम्मा पारी इटहरी पुर्याई जनकपुर जानलाई तयारी भएको अवस्थामा हामीले थाहा पाएर इटहरीको बसपार्कबाट फर्काई ल्याएका हौं । आर्थिक प्रलोभनमा पारी फकाइ भारतमा लगी डान्समा लगाउने भनी झुक्याई बेचबिखन गर्ने यी प्रतिवादीहरूलाई कानूनबमोजिम गरिपाउँ भन्ने मित्र वि.क. समेतको जाहेरी दरखास्त । जिल्ला झापा अनारमनी गा.वि.स. वडा नं. ९ स्थित पूर्वमा गा.वि.स. भवन कम्पाउन्ड, पश्चिममा महेन्द्ररत्न उ.मा.वि., उत्तरमा दुर्गा भगवती मन्दिर, दक्षिणमा सैनिक मोड जाने बाटो भएको चा