निर्णय नं. १०७९९ - फैसला, दोहोरो दर्ता, हालैको बकसपत्र बदरसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७९९ - फैसला, दोहोरो दर्ता, हालैको बकसपत्र बदरसमेत भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७८/०९/२८ ४१५७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७८।९।२८ ०७२-CI-०९५९ मुद्दाः- फैसला, दोहोरो दर्ता, हालैको बकसपत्र बदरसमेत पुनरावेदक / वादी : वरनको नाति रामलखनको छोरा जिल्ला रूपन्देही, साबिक खुदाबागर गा.वि.स. को हाल धमौली गा.वि.स. वडा नं. ६, अहिरौली बस्ने तप्पानाथ पाण्डे विरूद्ध प्रत्यर्थी / प्रतिवादी : निरहको नाति रामलोचनको छोरा जिल्ला रूपन्देही, साबिक खुदाबागर गा.वि.स.को हाल धमौली गा.वि.स. वडा नं. ९ बस्ने रामजस अहिरसमेत जग्गा दर्तासम्बन्धी निर्णय वा पारित लिखत दुईवटा भएमा पहिलो दर्ता वा लिखतले मात्र मान्यता पाउने हुन्छ । तर विधायिका निर्मित कानूनी व्यवस्था दुईवटा भए पछिल्लो कानूनले मान्यता पाउने हुन्छ । त्यस्तै, अदालतको फैसलाको हकमा पनि पछिल्लो मितिमा भएको फैसलाले मान्यता पाउने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भोजराज भट्ट प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री प्रदीपकुमार यादव अवलम्बित नजिर : ने.का.प.२०४१, अङ्क ९, नि.नं.२१२८ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री ॐकार उपाध्याय रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट माननीय न्यायाधीश श्री वीरेन्द्रकुमार कर्ण पुनरावेदन अदालत बुटवल फैसला न्या.कुमार रेग्मी : पुनरावेदन अदालत बुटवलको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्‍याई हेरिपाउँ भनी वादीबाट यस अदालतमा परेको निवेदनपत्रमा यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्नका लागि प्रदान गरिएको निस्साबमोजिम पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः तथ्य खण्ड मलाई जग्गा दिने दाता हरिहर मिश्रले जिमीदार सिती तिवाराइनको जिमीदारी फाँटको जग्गा उखडामा कमाई उखडा विशेष अदालतबाट मिति २०३५।२।३१ मा जिल्ला रूपन्देही, खुदाबागर गा.वि.स. वडा नं. ३(ग) कि.नं. ५२ को ज.वि. ०-३-८, ऐ.ऐ. कि.नं. ५४ को ज.वि. ०-०-७, ऐ.ऐ. कि.नं. ६३ को ज.वि. ०-१५-३ र ऐ.ऐ. कि.नं. ८२ को ज.वि. ०-१-१ समेत जम्मा क्षेत्रफल वि. ०-१९-१९ जग्गामा आफ्नो हक हुने गरी फैसला गराई सो फैसलाको आधारमा मालपोत कार्यालय, रूपन्देहीबाट मिति २०४०।११।१८ मा दर्ता स्रेस्ता कायम गरी हकभोग गरिरहेको जग्गा निजबाट मैले मिति २०६४।६।२३ मा र.नं. ६३३(ख) बाट थैली रू.२,५०,०००।- बुझाई राजीनामाको लिखत पारित गराई मेरो जोतभोगमा रहेको जग्गा हो । हरेक वर्षझैँ यस वर्ष पनि मिति २०६७।९।१० का दिन मैले उक्त जग्गामध्ये कि.नं. ६३ को जग्गा जोतभोग गर्न जाँदा प्रतिवादी राम जसले मलाई यो जग्गा जोत्‍न पाउँदैनौ, मैले उखडामा कमाई मेरो मन्जुरीले मेरी पत्‍नी स्व. लक्ष्मी अहिरनीको नाउँमा उखडा विशेष अदालतबाट फैसला भई मेरो नाउँमा दर्ता कायम भइसकेको छ भनी भनेकोले उक्त फैसलाको नक्‍कल लिई हेर्दा उक्त कि.नं. ६३ को जग्गामध्ये आधी जग्गा रामजसको मन्जुरीले लक्ष्मी अहिरनीको नाउँमा दर्ता गरिदिने भनी उखडा विशेष अदालतबाट मिति २०४०।११।२ मा फैसला भएको रहेछ । विपक्षीकी पत्‍नी लक्ष्मी अहिरनीले उक्त कि.नं. ६३ को ज.वि. ०-१५-३ जग्गा कित्ताफोड गराई कि.नं. २५३ को ज.वि. ०-७-१११/२ निज लक्ष्मी अह