निर्णय नं. ४४४१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४४१ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४८/१०/०५ २३६७ निर्णय नं. ४४४१ ने.का.प. २०४८ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४५ सालको रिट नं. १२३७ आदेश भएको मिति: २०४८।१०।५।१ मा निवेदक : जि.कपिलवस्तु कुसहवा गा.पं.वा.नं. ९ बस्ने अकिलखां पठानसमेत विरुद्ध विपक्षी : जिल्ला कपिलवस्तु गा.पं. वा.नं. ९ बस्ने मुस्तफा मुसलमानसमेत विषय : उत्प्रेषण (१) संस्थानलाई चाहिएको बेला जग्गा छोड्ने शर्तमा मोहियानीमा जग्गा कमाउने चलन पुर्जी दिई जग्गा बन्दोवस्त गरिदिए बमोजिम निवेदकहरुले लगातार तिरो तिरी रसिद प्राप्त गरी रहेको देखिएको हुँदा निवेदकहरुलाई नबुझी पञ्चायतको सिफारिशलाई एकमात्र आधार बनाई विपक्षीहरुको नाउँमा रैतानी गर्ने गरेको गुठी तहसिल कार्यालयको निर्णय र सो बमोजिम मालपोत कार्यालयले जग्गा धनी प्रमाणपुर्जा दिने गरेको निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस विपक्षीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य यसप्रकार छ । २. जिल्ला कपिलवस्तु कुसहवा गा.पं. अन्तर्गत रहेको लङडापास गुठीको जग्गा मध्ये हाल कायम भएको कुसहवा गा.पं. वा.नं. ९ख. को कि.नं. ४०८ र ४२३ मध्ये साविक मोही गौरीपासीले कमाई आएको निज परलोक भएपछि २०३१ सालमा जग्गाको चारकिल्ला उल्लेख गरी हामी तिनैजनालाई ०–१–१३ एक कट्टा साँढे ते¥ह धुरको दरले कबूलियत गराई मोहियानीमा विपक्षी भैरहवा गुठी तहसिल तथा खर्च कार्यालयबाट बन्दोवस्त गरिदिए बमोजिम हामी तीनै जनाले साल बसाल कमाउँदै कूत बापतको नगदी बुझाई साल सालैको रसिद लिँदै आएका छौं । यसरी हाम्रो कबूलियत चलन पुर्जी बमोजिम उपरोक्त कित्ताहरुमध्ये कित्ता नं. ४०८ को जग्गा मध्ये पूर्वतर्फबाट म रहमतुल्ला खांको ०–०–६ धुर दक्षिणतर्फबाट अकिलखाँको ०–०–६ धुर तथा कि.नं. ४२३ मध्ये पूर्वतर्फबाट ०–१–६ म अकिलको त्यस देखि पश्चिम ०–१–६ म करम हुसेनको र त्यस देखि पश्चिम म रहम तुल्लाको ०–१–६ जग्गामा मोहियानी हक प्राप्त मोही छौं । हाम्रो चलनपुर्जी कूत (साविक पेज नं. ८७८) तिरेको रसिद समेतको जग्गा उपरोक्त जग्गा नभई अन्यत्र रहेको अथवा मोहियानी नै समाप्त भइसकेको कुरा विपक्षी गुठी तहसिल तथा खर्च कार्यालयबाट पनि अन्यथा भन्न सक्ने अवस्था छैन । उपरोक्त बमोजिम हाम्रो मोहियानी हक भोगको जग्गासमेत साविक गौरी पासीको मृत्युपछि निजले हामीलाई दिई जोतभोग गर्दै आएकोले नियमानुसार सलामी बुझी दर्ता गरिपाउँ भनी गा.पं.का. को सिफारिशको भरमा विपक्षी दोष महमद र मुस्तफा मुसलमानले निवेदन दिएको र त्यसैको आधारमा कुनै रेकर्ड कागजात नहेरी मोही रहे नरहेको कुनै सबूद प्रमाण नखोजी विपक्षी गुठी कार्यालयले सलामी बुझी लिई निजहरुका नाउँमा कि.नं. ४०८ को ०–२–० र कि.नं. ४२३ मध्ये ०–३–० पश्चिमतर्फबाट मुस्तफा मुसलमानका नाउँमा र कि.नं. ४२३ मध्ये बाँकी ०–५–१८ पूर्वतर्फबाट दोष महमदका नाउँमा गुठी रैतानी नम्बरी जनाई ज.ध.प्र.पुर्जा बनाइदिन ०४५।६।१२ मा लेखी पठाएको पत्रको आधारमा विपक्षी मालपोत कार्यालयबाट ०४५।६।१४ मा उपरोक्त जग्गाको गुठी रैतान नम्बरी श्रेस्ता बनाई दाखिल खारेज गर्ने निर्णय गरी ज.ध.द.प्र.पुर्जा वितरण गरिएको कुरा मौकामा हामीलाई कुनै