निर्णय नं. १०८०० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८०० - कर्तव्य ज्यान भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/१०/१९ १०४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति स् २०७७।१०।१९ मुद्दाः( कर्तव्य ज्यान ०७०(ऋच्(१७२१ पुनरावेदक र प्रतिवादी स् शम्भुकुमार जोशीको छोरा जिल्ला मकवानपुर, हेटौंडा नगरपालिका वडा नं। १ घर भई हाल कारागार कार्यालय भिमफेदी थुनामा बस्ने संजोक श्रेष्ठ भन्ने संजोक जोशी विरूद्ध प्रत्यर्थी र वादी स् सुमन कार्कीको जाहेरीले नेपाल सरकार ०७१(ऋच्(००४६ पुनरावेदक र वादी स् सुमन कार्कीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी र प्रतिवादी स् जिल्ला मकवानपुर, मनहरी गा।वि।स। वडा नं। १ लोथर बस्ने तुलबहादुर पाठकको छोरा विजय पाठकसमेत मनसायसहित ज्यान मार्ने कार्य गरेकोमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३९३० नं। बमोजिम तथा मनसायसहित ज्यान मार्ने वचन दिएमा ऐ। १३९४० बमोजिम सजाय हुने । बन्दकर्ता र बन्द खुलाउने समूहबिच दोहोरो झडप हुँदा घटना भएको, यसै व्यक्तिले मार्ने मनसायले हानेको र यसको ढुङ्गा प्रहारको चोटबाट मृत्यु भएको हो भन्ने स्पष्ट रूपले खुल्न आएको नपाइएको । प्रतिवादीले मार्नको लागि वचन दिएको भन्ने सम्बन्धमा वादी पक्षबाट तथ्ययुक्त ठोस सबुत प्रमाण प्रस्तुत गर्न नसकेको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३९४० नं। मा उल्लेख भएको वचन दिने कार्यको अर्थ सामान्य र सतही रूपमा ग्रहण गरिनु नहुने । इच्छित आपराधिक परिणाम प्राप्तिका लागि कर्ताको रूपमा आदेश दिने कार्य भएको अवस्था देखिनुपर्ने । ९प्रकरण नं।५० वादीका तर्फबाट स् विद्वान् सहन्यायाधिवक्ता श्री ईश्वरी बञ्जाडे प्रतिवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा, तथा अधिवक्ताहरू श्री टिकाराम भट्टराई, डा। श्री दिनमणी पोखरेल र श्री मुकुन्द न्यौपाने अवलम्बित नजिर स् सम्बद्ध कानून स् सुरू तहमा फैसला गर्नेस्( माननीय न्यायाधीश श्री टेकनारायण कुँवर मकवानपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेस्( माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री सरिता शर्मा पुनरावेदन अदालत हेटौंडा फैसला न्या।हरिप्रसाद फुयाल स् तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः तथ्यगत बेहोरा जिल्ला मकवानपुर, मनहरी गा।वि।स। वडा नं। १ लोथर स्थित सडकमा मिति २०६७र१र२२ गते प्रतिवादी संजोक श्रेष्ठ भन्ने संजोक जोशीसमेतले सुदिप कार्कीलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको भन्ने स्थानमा साना ठुला रोडभरि छरपष्ट ढुङ्गा देखिएको भन्नेसमेत घटनास्थल मुचुल्का । मोटरसाइकलमा औषधी लिई लोथरतर्फ गइरहेका काकाको छोरा भाइ सुदिप कार्कीलाई संजोक श्रेष्ठ भन्ने संजोक जोशीसमेतका अभियुक्तहरूले ढुङ्गा प्रहार गरी टाउकोमा हानी गम्भीर घाइते बनाइदिएकाले उपचारको लागि मेडिकल कलेज भरतपुरमा पुर्याई जचाउँदा डाक्टरले मृत्यु भएको घोषणा गरेको हुँदा वारदातमा संलग्न दोषीहरूलाई कर्तव्य ज्यान मुद्दामा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको सुमन कार्कीको जाहेरी दर्खास्त । बायाँ कञ्चटसमेतमा निलडाम देखिएको भन्नेसमेत बेहोराको मृतक सुदिप कार्कीको लासप्रकृति मुचुल्का । टाउकोको चोटको कारण मृत्यु भएको हो भन्नेसमेत बेहोराको मृतक सुदिप कार्कीको शव परीक्षण प्रतिवेदन । मिति २०६७र१र२२ गते बेलुका अं। ५स्३० ब