निर्णय नं. १०८०३ - लिखत बदर दर्ता बदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८०३ - लिखत बदर दर्ता बदर दर्ता भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७६/११/१८ २३०२ सर्वोच्‍च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री सुष्‍मालता माथेमा फैसला मिति : २०७६।११।१८ मुद्दाः लिखत बदर दर्ता बदर दर्ता ०६९-CI-१२२३ पुनरावेदक / प्रतिवादी : जिल्ला महोत्तरी भंगहा गाउँ विकास समिति वडा नं.८ बस्ने अच्युतमप्रसाद उपाध्याय ढकाल विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला महोत्तरी भंगहा गाउँ विकास समिति वडा नं. ८ बस्ने जानकीदेवी ढकालसमेत ०६९-CI-१२३६ पुनरावेदक / प्रतिवादी : जिल्ला महोत्तरी भंगहा गाउँ विकास समिति वडा नं.८बस्ने शालिग्राम प्रसाद ढकाल विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला महोत्तरी भंगहा गाउँ विकास समिति वडा नं. ८ बस्ने जानकीदेवी ढकालसमेत घर व्यवहार चलाउने मुख्य व्यक्तिले घर व्यवहार चलाउन अप्ठेरो परेको अवस्थामा पैत्रिक अचल सम्पत्तिको आधासम्म अन्य अंशियारको मन्जुरी नलिईकन आफूखुस गर्न पाउने भन्‍ने हो । यसको मतलब पैत्रिक अचल सम्पत्ति हस्तान्तरण गर्नु पर्दा घर व्यवहार चलाउन अप्ठेरो परेको अवस्था सिर्जना हुनुपर्दछ । घर व्यवहार चलाउने मुख्य व्यक्तिले घर व्यवहार चलाउने प्रयोजनका लागि मात्र पैत्रिक तथा सगोलको अचल सम्पत्ति बिक्री गरी प्राप्‍त नगद रकम घर व्यवहारमै प्रयोग भएको हुनुपर्दछ । त्यस्तो सम्पत्ति हस्तान्तरण गर्दा नगद प्राप्‍त भएको हुनुपर्दछ । नगद प्राप्‍त नगरी हस्तान्तरण गरिएको सम्पत्तिले घर व्यवहार चलाउन कुनै भूमिका निर्वाह गरेको हुँदैन । नगद प्राप्‍त नगरी अन्य कुनै किसिमले सम्पत्ति हस्तान्तरण गरी घर व्यवहार मिलाउनुपर्ने अवस्थाको सिर्जना भएमा पनि सगोलकै हितको लागि हस्तान्तरण गरिएको हुनुपर्ने । अन्य अंशियारको अंश हकमा प्रत्यक्ष असर पर्ने गरी घर व्यवहार चलाउने मुख्य व्यक्तिले घर व्यवहार चलाउने कारण बिना सगोलको सम्पत्ति बकसपत्र गर्दछ भने सम्बन्धित अंशियारको मन्जुरी लिनु अनिवार्य हुन्छ । सगोलमा रहेका पिताले छोरालाई बकसपत्र गरी सम्पत्ति हस्तान्तरण भएमा त्यसले घर व्यवहारको अप्ठेरो फुकाउन वा खाँचो टार्न सक्दैन । घर व्यवहार चलाउने मुख्य व्यक्तिलाई त्यस किसिमबाट पैत्रिक सम्पत्ति हस्तान्तरण गर्न सक्ने सर्तरहितको स्वतन्त्रता विधायिकाले प्रदान गरेको देखिँदैन । अन्य अंशियारलाई प्रत्यक्ष असर पुर्‍याउने विधायिकी मनसाय नभएकोले विधायिकी मनसायविपरीत अदालतबाट व्याख्या गरिनु उपयुक्त र न्यायोचित नहुने । (प्रकरण नं.२) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल र श्री वसन्तराम भण्डारी तथा विद्वान् अधिवक्ताद्वय श्री भोजराज भट्ट र एकराज भण्डारी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री महादेव यादव तथा विद्वान् अधिवक्ता श्री युवराज भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री बलभद्र बास्तोला महोत्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री रमेश पोखरेल पुनरावेदन अदालत, जनकपुर फैसला न्या.सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवम् ठहर यस प्रकार रहेको छः तथ्य खण्ड यसमा मूल पुरूष भैरवप्रसाद उपाध्याय ढकालको २ पत्‍नीमा जेठी जयादेवी ढकाल कान्छी जानकी देवी ढका