निर्णय नं. १०८०४ - लिखत बदर दर्तासमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८०४ - लिखत बदर दर्तासमेत भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/०८/१६ २४६९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।८।१६ मुद्दाः- लिखत बदर दर्तासमेत ०६८-CI-११२८ पुनरावेदक / प्रतिवादी : कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाहपथ, काठमाडौंसमेत विरूद्ध प्रत्यर्थी / वादी : स्व. भवानीप्रसादको नाति बुद्धिसागर लामिछानेको छोरा कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. १२ बस्ने प्रकाश लामिछाने ०६८-CI-१२५२ पुनरावेदक / वादी : स्व. भवानीप्रासदको नाति, बुद्धिसागर लामिछानेको छोरा कस्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. १२ बस्ने प्रकाश लामिछाने विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौंमहानगरपालिका वडा नं. ३१, रामशाहपथस्थित कृषि विकास बैंक केन्द्रीय कार्यालयसमेत ०६८-CI-१२६५ पुनरावेदक / प्रतिवादी : जयप्रकाश सुहाङ्गको छोरा पाँचथर जिल्ला, सुभाङ्ग गाउँ विकास समिति वडा नं. ९ बस्ने सुरेन्द्र प्रकाश सुहाङ्ग विरूद्ध प्रत्यर्थी / वादी : स्व. भवानीप्रसादको नाति, बुद्धिसागर लामिछानेको छोरा कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. १२ बस्ने प्रकाश लामिछाने सरकारी कार्यालयको अभिलेखमा रहेको कागजात किर्ते भएको सम्बन्धमा आधिकारिक निकायबाट अनुसन्धान कारबाही नभएको भन्ने आधारमा मात्र कसैको व्यक्तिगत सम्पत्ति गैरकानूनी रूपमा हरण हुन नसक्ने । कानूनी रूपमा मन्जुरी गरी लिखत गरी नदिएको अवस्थामा निजको सम्पत्तिमा असर पर्न नसक्ने । (प्रकरण नं.५) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री कोमलप्रकाश घिमिरे तथा विद्वान् अधिवक्ताहरू श्री निर्मलराज कोइराला, श्री रूद्रप्रसाद नेपाल, श्री सानुराज पोखरेल, श्री कृष्णकुमार आङदेम्बे र श्री जितेन्द्रबहादुर मडै वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री इन्द्र खरेल तथा विद्वान् अधिवक्ताद्वय श्री रमेश बडाल र श्री श्रीकान्त बराल अवलम्बित नजिर : ने.का.प.२०६६, अङ्क ७, नि.नं.८१९० ने.का.प.२०६९, अङ्क ९, नि.नं.८८८५ सम्बद्ध कानून : बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ सुरूतहमा फैसला गर्नेः- माननीय जिल्ला न्यायाधीश श्री प्रभा बस्नेत काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री एकराज आचार्य माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल पुनरावेदन अदालत पाटन फैसला न्या.सुष्मालता माथेमा : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा प्रतिवादीहरूको र वादीको तर्फबाट समेत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः- म वादी नाबालक रहेको अवस्थामा मेरो बाबु बुद्धिसागर लामिछानेले मेरो नाउँमा मिति२०३६।३।१७ गते राजीनामाबाट खरिद गरी लिएको साबिक कि.नं.२१० को जग्गा नयाँ नापीमा काठमाडौं जिल्ला, काठमाडौं नगरपालिका वडा नं.९ सि.नं.११०७-११ कि.नं.२९ को क्षे.फ.०८-३-२ को जग्गा मिति २०५०।११।१५ गतेका दिन मालपोत कार्यालय, काठमाडौंबाट नयाँ नापीबमोजिम दर्ता भई जग्गा धनी प्रमाणपुर्जा एवम् स्रेस्ता कायम भएको थियो । उनाउ व्यक्तिले मेरो नाउँको किर्ते नागरिकता बनाई २०५३।११।१५ गते स्रेस्तामा उनाउ व्यक्तिको फोटो टाँस्ने काम भएको रहेछ । मेरो जग्गा उक्त उनाउ व्यक्तिले हिल्स क्विन ट्राभल्स एण्ड टुर्स (प्रा.) लि. का नाउँमा धितो राख्न मन्जुर दिइएको बेहोरा लेखी मिति २०५३