निर्णय नं. १०८०५ - आयकर (२०६२/०६३)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८०५ - आयकर (२०६२/०६३) भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७६/१०/२० १३८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७६।१०।२० ०७३-RB-०१३१ मुद्दा: आयकर (२०६२/०६३) पुनरावेदक / प्रतिवादी : भाइराजाको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३० घर भई ऐ. ऐ. वडा नं.३ बालुवाटारस्थित मण्डला हाउसको घरधनी सोनाम राप्‍तेन तुलाधर विरूद्ध विपक्षी / वादी : आन्तरिक राजस्‍व विभाग, लाजिम्पाट, काठमाडौंसमेत घर बहालको कारोबारमा मूल्य अभिवृद्धि कर लगाउने हो भने त्यस्तो बहालको प्रयोजन व्यावसायिक निकायले सेवा व्यापारका लागि भएको पुष्टि हुने आधारहरू विद्यमान रहेको हुनुपर्ने l अन्यथा, गैरव्यावसायिक प्रयोजनको लागि घर बहालमा लगाएकोमा करदातालाई मूल्य अभिवृद्धि कर लाग्छ भन्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री लोकभक्त राणा विपक्षी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : मूल्य अभिवृद्धि कर ऐन, २०५२ सुरू तहमा फैसला गर्ने:- माननीय अध्यक्ष श्री दीपककुमार कार्की लेखा सदस्य श्री हरि पोखरेल राजस्‍व सदस्य श्री मणी देव भट्टराई राजस्व न्यायाधिकरण, काठमाडौं फैसला न्या.डा.मनोजकुमार शर्मा : राजस्‍व न्याधिकारण ऐन, २०३१ को दफा ८(घ) बमोजिम यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्‍त भई दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छ:- तथ्य खण्ड करदाताको यस आ.व २०६२।०६३ को खरिद कारोबारको अनुसन्धान / EDP AUDIT को सिलसिलामा उपलब्ध भएको कागजात, प्रमाण, बयान, छानबिन तथा परीक्षण गर्दा आयकर ऐन, २०५८ बमोजिम समावेश गर्नुपर्ने रकम समावेश नभएको देखिएकोले सोही ऐनको दफा १०१ बमोजिम १५,२०,९९२।५१ संशोधित कर योग्य आय कायम गरी कर निर्धारण गर्नुपर्ने भएकोले सोबमोजिम गर्नु नपर्ने कुनै ठोस सबुत प्रमाण भए पत्र प्राप्त भएको मितिले १५ दिनभित्र पेस गर्न आयकर ऐन, २०५८ केा दफा १०१ (६) बमोजिम करदातालाई मिति २०६७।९।२६ मा विस्तृत बेहोरा खुलाई लिखित सूचना जारी गरिएको । उक्त कर निर्धारण आदेश करदाताले मिति २०६७।९।२९ मा बुझी लिएको । मिति २०६९।९।२६ को पत्रको सम्बन्धमा मेरो घर बहालमा लगाएबापत मैले बहाल करसमेत तिरी आएको छु । आयकर ऐनको दफा ७ मा बहालको आम्दानीलाई करयोग्य आयमा समावेश गर्नुपर्ने सम्बन्धमा व्यवस्था गरेको छैन । यसरी बहालकर बुझाई आएकोमा आयकर ऐनविपरीत एउटै आम्दानीलाई दोहोरो आम्दानी मानी आयमा समावेश गर्नु अन्यायपूर्ण छ भनी मण्डला हाउसका घरधनीको तर्फबाट प्रत्यर्थी कार्यालयमा मिति २०६७।१०।१३ मा जवाफ दर्ता भएको । करदाताको आ.व.२०६२।०६३ को लागि आयकर ऐन, २०५८ को दफा १०१ बमोजिम करयोग्य आय रू.१५,२०,९९२।५१ कायम गरी संशोधित कर निर्धारण गर्ने भन्‍ने आन्तरिक राजस्व कार्यालय क्षेत्र नं.३ बाट भएको मिति २०६७।१०।२३ को निर्णय, सोबमोजिम करदाताको नाममा आन्तरिक राजस्व कार्यालय क्षेत्र नं.३ बाट मिति २०६७।१०।२३ मा नै जारी भएको संशोधित कर निर्धारणको सूचना । संशोधित कर निर्धारण गर्दा हुँदै नभएको व्यवसायको अनुमान गरी तथा आयमा समावेश गर्नु नपर्ने आयलाई पनि समावेश गरी गरिएको आन्तरिक राजस्व कार्यालय क्षेत्र नं.३ को मिति २०६७।१०।२३ को निर्णय र संशोधित कर निर्धारणको, सूचनासमेत बदर गरिपाउँ भनी करदाताले आन्तरिक राजस्व विभागमा प्र