निर्णय नं. १०८०६ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८०६ - उत्प्रेषण / परमादेश भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७८/०६/११ २४०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७८।६।११ ०७५-WO-१३०६ विषयः- उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ स्थित रजिस्टर्ड कार्यालय रहेको बायोमेड इन्टरनेसनल प्रा.लि.को तर्फबाट अख्तियार प्राप्त ऐ. का सञ्चालक चेतन अग्रवाल विरूद्ध विपक्षी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित सार्वजनिक खरिद पुनरावलोकन समिति, रेडक्रस मार्ग, ताहाचल, काठमाडौंसमेत पुनरावलोकन समितिलाई बोलपत्र दाता र सार्वजनिक निकायबिच बोलपत्रको सम्बन्धमा निर्णय र सम्झौता हुनुपूर्व पेस भएको बोलपत्रलाई छानबिन गरी निर्णय हुँदा बोलपत्रको छानबिनको कारबाही र निर्णयमा कुनै कानूनी त्रुटि हुन गएको भए पुनरावलोकन समितिले त्यस्तो त्रुटिहरूमा मात्र आवश्यक निर्णय गर्न सक्ने । बोलपत्रदाता र सार्वजनिक निकायबिच बोलपत्रको सम्बन्धमा सम्झौता नै भई सो सम्झौताबमोजिमको कार्य अगाडि बढिसकेपछि भइसकेको सम्झौताको सम्बन्धमा कुनै निर्णय गर्न पुनरावलोकन समितिलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५०(५) ले कुनै अख्तियारी प्रदान गरेको नदेखिने । बोलपत्र आह्वान गरी बोलपत्र दाता र सार्वजनिक निकायबिच सम्झौता भइसकेपछि प्रक्रियागत रूपमा गम्भिर त्रुटि (Gross Mistake) भएको अवस्थामा बाहेक कानूनले उक्त सम्झौतालाई परिपक्व मान्न खोजेको देखिने । (प्रकरण नं.१५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री सुशिल पन्त र श्री सतिषकृष्ण खरेल तथा विद्वान् अधिवक्ता श्री विष्णुप्रसाद न्यौपाने विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री शम्भु कार्की, विद्वान् वरिष्ठ अधिवक्ता श्री पूर्णमान शाक्य, विद्वान् अधिवक्ता श्री पूर्णिमा रिमाल गुरागाई अवलम्बित नजिर : सम्बद्ध कानून : सार्वजनिक खरिद ऐन, २०६३ आदेश न्या.तेजबहादुर के.सी.: नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) र धारा (३) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छः- तथ्य खण्ड विपक्षी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले मिति २०७४।०२।२१ गते गोरखापत्र दैनिकमा बोलपत्र नं. NMS/NCB/73/74/52 बाट Intra-operative mobile CT with High End Navigation System को Neuro surgery Equipment एक थान खरिद सूचना प्रकाशित गरेको थियो तर उक्त मितिको बोलपत्रमा उल्लिखित एक थान नभई माग भएको संख्या दुई भनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले उल्लिखित बोलपत्र आह्वानको सूचना संशोधन गरेकोमा उक्त संशोधित सूचनाको सर्तबमोजिम दुई थान मेसिनको रू.१,१०,००,०००।०० ठेक्का जमानत (Bid Bond) सहित BOQ मा प्रति इकाइ मूल्य माग गरेको महलमा प्रति इकाइ मूल्य उल्लेख गरी रीतपूर्वकको सिलबन्दी बोलपत्र दर्ता गराएकोमा प्राविधिक मूल्याङ्कन समितिले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ६२ बमोजिम मूल्याङ्कन गरी बोलपत्रहरूमध्ये हिमालयन मेडिटेकद्वारा पेस गरिएको बोलपत्रमा बुँदा नं.१.०७, १.११, १.१९, १.१९(a), १.१९(d), १.१९(f), १.१९(g), १.१६, ३.०१, ३.०२, ३.०६, ४.०.४, ४.०५, ६.०.१ मा अस्पतालबाट माग भएअनुसार तथा Pre bid meeting मा संशोधन भएअनुसार Specification सँग मेल नखाने र Biomed International द्वारा पेस गरको बोलपत्रमा बुँदा नं.१.०७, १.१६ मा बाहेक अरू बुँदामा मेल खाने, अस