निर्णय नं. ४४४२ - लागू औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४४२ - लागू औषध भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४८/१२/१२ २९७२ निर्णय नं. ४४४२ ने.का.प. २०४८ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल २०४७ सालको फौ.पु.नं. ४१० फैसला भएको मिति: २०४८।१२।१२।४ मा पुनरावेदक/प्रतिवादी: का.न.पं. वडा नं.२३ बस्ने किरण मास्के विरुद्ध विपक्षी/वादी: जि.प्र.का. काठमाडौंको जाहेरीले श्री ५ को सरकार मुद्दा : लागू औषध (१) बिक्री वितरण गरेको भन्ने सम्बन्धमा यो यसलाई यस मितिमा यति रुपैयाँमा बिक्री वितरण गर्यो भन्ने बिक्रीको न्यूनतम तथ्यसम्म पनि खुलाई माग दावा गरेको पाइएन । प्रतिवादीको साथमा फेला परेको भन्ने तथ्य देखाई फेला परेको १९१२ ग्रा. र १० ग्राम अफिमको सम्बन्धमा प्रतिवादीले साथमा राखेको भन्ने तथ्यसम्म सान्दर्भिक देखिएकाले यस्तो साथमा राख्ने कार्य दफा ४ को (च) ले वर्जित गरेको हुँदा दफा १४ को खण्ड (घ) अन्तर्गत ६ महीना कैद र रु. ५०००।– जरिवाना हुने । (प्रकरण नं. २३) (साविक पेज नं. ८८१) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर विपक्षी वादीतर्फबाट: विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.हरगोविन्द सिंह प्रधान १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझी सर्वोच्च अदालत नियमावली बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. का.जि. चिकंमुगल ब्लुवर्ड रेष्टुरेन्टमा बस्ने किरण मास्केको कोठा तलासी लिंदा कागजमा पोको पारेको ब्राउन सुगर १९ ग्राम ५० मि.ग्रा. र अफिम १० ग्राम समेत बरामद भएको ठीक हो भन्ने समेत व्यहोराको मिति २०४२।१२।१३ को बरामदी मुचुल्का । ३. २ महीना अघि भैरहवा तिर घर हुने नाम थाह नभएको गुरुड्डसंग २ किलो ब्राउन सुगर १ लाखमा किनी प्रतिग्रामको रु. ९०।– का दरले बिक्री गरी बाँकी रहेको १९ ग्राम ५० मि. ग्राम ब्राउन सुगर र १० ग्राम अफिम रेष्टुराँमा नै थियो । उक्त लागू औषधहरु प्रहरीले बरामद गरी ल्याएको हो भन्ने समेत व्यहोराको प्र.किरण मास्केले प्रहरीमा गरेको बयान । ४. किरण मास्केको डेरा ब्लुवर्ड रेष्टुरेण्टमा तलासी गर्दा १० ग्राम अफिम र १९ ग्राम ५० मि.ग्रा. ब्राउन सुगर बरामद भएको सुनेको हो निज पहिले देखि नै लागू औषधको व्यापार गर्दछन् भन्ने सुनेको हो र उक्त लागू औषधहरु पनि बिक्री कै लागि राखिएको हुनुपर्दछ निजले बिक्री वितरण गरेको देखेको छैन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ५. प्र.किरण मास्केले ब्लुवर्ड रेष्टुरेण्टमा लागू औषध अफिम र ब्राउन सुगर समेत बिक्री गर्ने गरेको र बिक्री गर्नको लागि राखेको लागू औषधहरु बरामद समेत भएकाले निजले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) को अपराध गरेको प्रष्ट देखिँदा निजलाई सोही ऐनको दफा १४(ख) अनुसार सजायँ हुन अनुरोध छ भन्ने समेत व्यहोराको २०४२।१२।३१ को प्रहरी प्रतिवेदन। ६. प्रहरी प्रतिवेदनमा उल्लेख भए अनुसार म बाट कुनै कसूर भए गरेको छैन । मबाट कुनै लागू औषध बरामद नभएको र त्यस्तो कुनै काम समेत नगरेको हुँदा प्रहरी प्रतिवेदन अनुसारको आरोप लाग्नु पर्ने होइन । मुचुल्का सहितको सम्पूर्ण कागजातहरुमा कुटपिट गरी जबरजस्ती सही गराएको भन्ने समेत व्यहोराको किरण मास्केको अदालतमा भएको बयान । ७. किरण मास्केको रेष्टुराँ र मेरो घर नजिकै भएको हुँदा २०४२।१२।१३ गते खानतलासी भएको भए मलाई थाह हुने थियो । तसर्थ बरामद भएको छैन र किरण मास्केको कोठा तलासी गरेको र बरामद भएको थाह