निर्णय नं. १०८१० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८१० - कर्तव्य ज्यान भाग: ६४ साल: २०७९ महिना: बैशाख अंक: १ फैसला मिति :२०७७/०६/११ ३४१३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७७।६।११ मुद्दाः कर्तव्य ज्यान ०७३-CR-०१८१ पुनरावेदक / प्रतिवादी : गुन्जसिंह भुजेलको छोरा ओखलढुङ्गा जिल्ला भदौरे गा.वि.स. वडा नं.२ बस्ने एल. वि. भन्ने लालबहादुर भुजेल विरूद्ध प्रत्यर्थी / वादी : शकुन्तला कार्कीको जाहेरीले वादी नेपाल सरकार ०७३-CR-०४५३ पुनरावेदक / प्रतिवादी : धिर्जसिंह कार्कीको छोरा ओखलढुङ्गा जिल्ला भदौरे गा.वि.स. वडा नं.२ घर भई हाल जिल्ला कारागार कार्यालय ओखलढुङ्गामा थुनामा रहेका चन्द्रकुमार कार्की विरूद्ध प्रत्यर्थी / वादी : शकुन्तला कार्कीको जाहेरीले वादी नेपाल सरकार ०७३-CR-०४५४ पुनरावेदक / प्रतिवादी : मेखबहादुर बस्नेतको छोरा ओखलढुङ्गा जिल्ला तलुवा गा.वि.स. वडा नं.९ घर भई हाल जिल्ला कारागार कार्यालय ओखलढुङ्गामा थुनामा रहेका नवराज बस्नेत विरूद्ध प्रत्यर्थी / वादी : शकुन्तला कार्कीको जाहेरीले वादी नेपाल सरकार ०७३-CR-०४५५ पुनरावेदक / प्रतिवादी : ओखलढुङ्गा जिल्ला दियाले गा.वि.स. वडा नं.९ बस्ने मनविर भुजेलको छोरा हाल जिल्ला कारागार कार्यालय सुनसरीमा थुनामा रहेका टिका भुजेल भन्ने टिकाराम भुजेल विरूद्ध प्रत्यर्थी / वादी : शकुन्तला कार्कीको जाहेरीले वादी नेपाल सरकार ०७३-CR-०४६१ पुनरावेदक / प्रतिवादी : प्रजापति घिमिरेको छोरा ओखलढुङ्गा जिल्ला पोखरे गा.वि.स. वडा नं.५ घर भई हाल जिल्ला कारागार कार्यालय सुनसरीमा थुनामा रहेका यदुनाथ घिमिरे विरूद्ध प्रत्यर्थी / वादी : शकुन्तला कार्कीको जाहेरीले वादी नेपाल सरकार ०७३-CR-०८३८ पुनरावेदक / प्रतिवादी : पार्वतीरमण घिमिरेको छोरा ओखलढुङ्गा जिल्ला पोखरे गा.वि.स. वडा नं.३ घर भई हाल जिल्ला कारागार कार्यालय ‌ओखलढुङ्गामा थुनामा रहेका अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरे विरूद्ध प्रत्यर्थी / वादी : शकुन्तला कार्कीको जाहेरीले वादी नेपाल सरकार ०७५-CR-०४२८ पुनरावेदक / वादी : शकुन्तला कार्कीको जाहेरीले वादी नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : धिर्जसिंह कार्कीको छोरा ओखलढुङ्गा जिल्ला भदौरे गा.वि.स. वडा नं.२ बस्ने चन्द्रकुमार कार्कीसमेत मृत्युकालीन घोषणा मानिसले आफू मर्नुअघि होस छँदै व्यक्त गरेको कथन (statement) हो । यस्तो कथन (statement) लिपिबद्ध हुन पनि सक्छ र नहुन पनि सक्छ तर निजले भनेको बेहोरा सुन्ने व्यक्तिले अदालतमा साक्षीका रूपमा उपस्थित भएमा प्रमाणका रूपमा लिन मिल्ने हुन्छ । यो hearsay is not an evidence भन्ने प्रमाण कानूनको अपवादको रूपमा महत्त्वपूर्ण प्रमाणमा ग्रहण गर्नुपर्ने आधार भनेको roman maxim “Nemo moriturus praesumitur mentire” हो जसको अर्थ a man will not meet his maker with a lie in his mouth हो, यसै कारणले नै मृत्युकालीन घोषणालाई प्रमाणका रूपमा लिइनुपर्छ भन्ने विधायिकाको मनसाय देखिने । कुनै पनि घटनाको प्रत्यक्षदर्शी भनेको नै पीडित व्यक्ति स्वयम् हुने हुनाले निजले व्यक्त गरेको कुरालाई सुन्ने, लेख्‍ने व्यक्तिले अदालतसमक्ष आई बकपत्र गरेमा र उक्त मृत्युकालीन घोषणा अरू प्रमाणहरूले समर्थन (corroborate) गरेमा उक्त कथन (statement) लाई निर्णायक प्रमाणका रूपमा लिइनुपर्ने । (प्रकरण नं.११) Inciter to be liable as perpetrator को व्यवस्था हाम्रो कानूनी व्यवस्थासमेतले अङ्गीकार गरेको