निर्णय नं. १०८११ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८११ - अंश चलन भाग: ६४ साल: २०७९ महिना: बैशाख अंक: १ फैसला मिति :२०७७/१२/०१ ३१३९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७७।१२।१ ०७३-CI-०११२ मुद्दाः- अंश चलन पुनरावेदक / वादी : चन्द्रलाल श्रेष्ठको छोरा नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. ११ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३ महाराजगन्ज चक्रपथ बस्‍ने वर्ष ६२ को हरिकुमार श्रेष्ठको मुद्दा सकार गर्ने हरिकुमार श्रेष्ठको छोरा ऐ.ऐ. बस्ने वर्ष ३८ को श्रवण श्रेष्ठ विरूद्ध विपक्षी / प्रतिवादी : गोविन्दकुमार श्रेष्ठको श्रीमती नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. ११ घर भई हाल काठमाडौं जिल्ला महांकाल गा.वि.स. वडा नं. ९ सुकेधारा एकता बस्ती बस्‍ने अ. वर्ष ४७ की श्रीमती बुनु श्रेष्ठसमेत शेषपछिको बकसपत्रको लिखतको कानूनी अस्तित्व यथावत् रहेको अवस्थामा सो शेषपछिको बकसपत्रको लिखत गरिदिनेको इच्छाबमोजिम निजको अंश हकको सम्पत्तिसमेत बन्डा गरी शेषपछिको बकसपत्र प्राप्त गर्नेलाई दिने मनसायअनुसार नै बन्डा लाग्ने सम्पत्तिमा अंश लाग्ने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विपक्षी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०३२, नि.नं.९२४, पृष्ठ २१८ ने.का.प. २०५६, नि.नं.६७२९, पृष्ठ ३९२ सम्बद्ध कानून : सुरू फैसला गर्नेः मा. न्यायाधीश श्री शालिकराम कोइराला काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री किशोर सिलवाल माननीय न्यायाधीश श्री चण्डीराज ढकाल पुनरावेदन अदालत पाटन फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन¸२०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र दायर भई नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ । तथ्य खण्ड पिता चन्द्रलाल श्रेष्ठ र माता देवकुमारी श्रेष्ठको तीन छोरी र दुई छोरा म फिरादी हरिकुमार श्रेष्ठ र विपक्षी भाइ गोविन्दकुमार श्रेष्ठको जायजन्म भएकोमा दिदी बहिनीहरूको विवाह भइसकेको छ । पिता चन्द्रलालको पहिला नै र माता देवकुमारी श्रेष्ठको मिति २०६७।८।२ मा आफ्नै कालगतिले परलोक भइसक्नु भएको छ । हामी अंशियारहरू सगोलमा नै बसोबास गरी आएका छौं । हामी दाजुभाइ दुई अंशियार रहेको र अंशबन्डा भएको छैन । एकासगोलमै रहेको अवस्थामा म फिरादीको छोरा महेशकुमार श्रेष्ठले अंश पाउँ भनी मउपर का.जि.अ. मा अंश मुद्दा दायर गरेकोमा का.जि.अ. बाट नाता कायम भई अंश पाउने ठहर हुने गरी मिति २०६६।३।२९ मा फैसला भएको र सोउपर पुनरावेदन परी मुद्दा चल्दा चल्दैको अवस्थामा अंशबापत नगदै रकम दिई मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंबाट अंश छोडपत्रसमेत गराइसकेको छु । सगोलको आर्जनबाट जसका नाममा सम्पत्ति रहे पनि बन्डा गर्न मिल्ने हुँदा मउपर का.जि.अ. मा छोराको अंश मुद्दासमेत रहेकोले सगोलको आर्जनबाट आर्जित घर जग्गा विपक्षी भाइ बुहारी बुनु श्रेष्ठको नाममा समेत राखेको थियो । पैतृक एवं सगोलमा रहँदा आर्जन गरेको सम्पत्ति कानूनबमोजिम बन्डा गरौं भनी विपक्षी भाइलाई अनुरोध गर्दा अहिले बन्डा नगर्ने भनी ठाडै इन्कार गरेको र सगोलमा बस्दा बढे बढाएको सम्पत्तिबाट विपक्षी भाइले बुहारीको नाममा रहेको घर जग्गा बन्डा गर्नुपर्ला भनी अंशबन्डा गर्न इन्कार गरेकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी उक्त मित