निर्णय नं. १०८१२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८१२ - कर्तव्य ज्यान भाग: ६४ साल: २०७९ महिना: बैशाख अंक: १ फैसला मिति :२०७८/०४/२८ ४७५६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७८।४।२८ ०७४-CR-०३२१ मुद्दाः कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : देवी धामीको नाति गोरखे धामीको छोरा हुम्ला जिल्ला जैर गा.वि.स.४ घर भई केन्द्रीय कारागारमा थुनामा रहेको वर्ष २७ को सपुर धामी विरूद्ध प्रत्यर्थी / वादी : खड्क शाहीको जाहेरीले नेपाल सरकार पोलिग्राफ परीक्षण प्रतिवेदन कुनै भरपर्दो प्रमाण होइन; पोलिग्राफ परीक्षण पद्धतिलाई वैज्ञानिक रूपमा भरपर्दो र विश्वसनीय तुल्याउने कानूनी आधारहरू तयार भएको अवस्था पनि देखिँदैन; यस प्रकारको परीक्षणलाई न्यायिक मान्यता प्रदान गर्दा व्यक्तिका केही मौलिक हक अधिकारमा आघात पर्न सक्ने सम्भावनासमेत रहेको देखिन्छ; यस प्रकारको परीक्षणले अभियोग प्रमाणित वा खण्डित गर्न कुनै खास तार्किक आधारसमेत प्रदान गर्ने देखिँदैन; पोलिग्राफ परीक्षणबाट अनुसन्धानकर्ताको कार्यमा केही सहजीकरण प्राप्त हुन सक्ने भए पनि यसले मुद्दाको सिलसिलामा आरोपित कसुर ठहर गर्न उपयोगी हुने सम्बद्ध प्रमाणको स्थान ग्रहण गर्न नसक्ने । तसर्थ पोलिग्राफ परीक्षण प्रतिवेदनलाई कुनै कसुरको अभियोग दाबी ठहर गर्ने प्रयोजनका लागि प्रमाणमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.२०) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय श्री सतिशकृष्ण खरेल र श्री एकराज भण्डारी तथा विद्वान्‌ अधिवक्ताहरू श्री कपिलचन्द्र पोखरेल, श्री चुडाबहादुर निरौला, श्री टिकाराम भट्टराई, श्री कान्तिराम ढुंगाना र श्री कविता बस्नेत प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री विदुरकुमार कार्की अवलम्बित नजिर : ने.का.प.२०४८, नि.नं.४२८७ ने.का.प.२०७१, अङ्क ९, नि.नं.९२४३ ने.का.प.२०७३, अङ्क ४, नि.नं.९५८६ ने.का.प.२०७५, नि.नं.९९८० सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री खिलनाथ रेग्मी हुम्ला जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी मा. न्यायाधीश श्री रमेशप्रसाद राजभण्डारी उच्च अदालत सुर्खेत, जुम्ला इजलास फैसला न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन,२०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र यस अदालतको ठहर यस प्रकार छः तथ्यगत बेहोरा : मिति २०७१।१२।४ गते दिउँसो अं. १४:०० बजेको समयमा जिल्ला हुम्ला, खार्पुनाथ गा.वि.स. वडा नं. ६ स्थित पूर्वमा रत्नबहादुर शाहीको गहुँ खेती, पश्चिममा छिप्रा गा.वि.स.को पुनौति भन्ने ठाउँ, उत्तरमा तिलकबहादुर शाहीको गहुँ खेत, दक्षिणमा छिप्रा गा.वि.स.को खाली जग्गा यति चार किल्लाभित्र पश्चिमबाट पूर्वतिर बगेको कर्णाली नदीको बिच टापुमा दक्षिण टाउको, उत्तर खुट्टा भई दुवै हात दायाँ बायाँ आकाशतिर फर्केको उत्तानो अवस्थामा जिल्ला हुम्ला, कालिका गा.वि.स. वडा नं. २ बस्ने वर्ष १९ की सरिता शाहीको मृतक लास रहेको । लासको आँखामा प्याजी र सेतो रंगको दोपट्टाले बाँधिएको, लासको शरीरमा रातो रंगको ज्याकेट लगाएको, निलो सुरूवाल, कालो स्वीटर बायाँ खुट्टामा PLBBG लेखिएको जुत्ता लगाएकी, दुवै खुट्टामा सेतो मोजा लगाएकी, मृतक लासलाई सुरक्षित रूपमा पानीबाट निकाली ओल्टाई पल्टाई हेर्दा निधारमा २ वटा घाउहरू रहेको, घाँटीमा सेतो पोते लगाएको, बुट्टेद