निर्णय नं. १०८१४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८१४ - उत्प्रेषण भाग: ६४ साल: २०७९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७८/११/१० ८५६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्र.न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७८।११।१० ०६९-WO-००१२ मुद्दा : उत्प्रेषण निवेदक : जिल्ला महोत्तरी हात्तिलेट वडा नं. ९ घर भई तत्कालीन सशस्त्र प्रहरी बल खप्तड गुल्म अछाम दरबन्दी भई सशस्त्र प्रहरी बल उग्रतारा गणमा सि.स. ७४ ड्रिल तालिमरत आइ.डी.नं. २०२९४ को भू.पू.स.प्र. हवल्दार तारानाथ घिमिरे विरूद्ध विपक्षी : सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हल्चोक, काठमाडौंसमेत सशस्त्र प्रहरीले फौजदारी कसुरको अनुसन्धान नगर्ने भएकोले तत्काल सम्बन्धित नेपाल प्रहरीलाई अनुसन्धानको लागि सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउनु कानूनद्वारा निर्दिष्ट प्रक्रिया हो । सशस्त्र प्रहरीमा काम गरेको कारणबाट मात्र कसैले त्यस्तो प्रक्रियाबाट छुट पाउने वा आफ्नो कर्मचारी भएको कारण लागु औषध सेवन गरेको साबिती गरी कागज गर्ने व्यक्तिलाई विभागीय कारबाही मात्र गरी लागु औषधको कसुरबाट छुटकारा दिने कार्य कानूनले परिकल्पना गरेको पाइँदैन । कानूनको समान प्रयोग भन्नाले सामान्य नागरिकलाई एक व्यवहार र सशस्त्र प्रहरी वा अन्य कुनै सरकारी निकायमा काम गर्ने व्यक्तिलाई अर्को व्यवहार भन्ने बुझ्न नसकिने । (प्रकरण नं.११) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री कृष्णप्रसाद देवकोटा र विद्वान्‌ अधिवक्ता श्री प्रभाकर पोखरेल विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री छविलाल पाण्डे र विद्वान्‌ अधिवक्ता श्री युवराज अर्याल अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधानको धारा ४६ र १३३ बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार रहेको छः तथ्य खण्ड मलाई लागु औषध सेवन तथा बिक्री वितरण ओसार पसार गरेको भनी जिल्ला पर्सा वीरगन्ज इलाकामा पक्राउ गरिएको थियो । तत्कालीन मेरो दरबन्दी सशस्त्र प्रहरी बल खप्तड गुल्म अछाममा थियो । सशस्त्र प्रहरी बल उग्रतारा गण टीकापुर कैलालीमा सञ्चालित ड्रिल तालिममा तालिमरत थिएँ । दुई दिनको बिदा स्वीकृत गरी दुई नाइट आउट छाडिएको भन्ने कुरामा विवाद छैन । उक्त आउट छाडिएको बेलामा म मेरो घर महोत्तरी जाने क्रममा काम विशेषले वीरगन्ज गएको बखत जिल्ला पर्सा वीरगन्ज उममहानगरपालिका वडा नं.१३ स्थित बिर्ताको सडकछेउमा मलाई डिउटीमा रहनुभएका सशस्त्र प्रहरीले पक्राउ गरेको कुरा मिसिल संलग्न कागजपत्रहरूबाट स्पष्ट देखिएको छ । यदि मसँग लागु औषध भेटिएको भए बरामदी मुचुल्का हुनुपर्ने, के कति परिणाममा के कस्तो किसिमको लागु औषध मबाट बरामद गरिएको हो सो उल्लेख हुनुपर्ने र मलाई पनि जानकारी दिनुपर्ने । यदि मसँग लागु औषध बरामद भएको भए कहाँ कुन विधि विज्ञान प्रयोगशालामा जाँच भएको हो ? लागु औषध बरामद भएको भए सो लागु औषध के गरियो ? कहाँ बुझाइयो ? कसले लग्यो ? कहाँ के कसरी नष्ट गरियो ? उल्लेख हुनुपर्ने । यसरी प्रमाणले पुष्टि हुन नसक्ने आरोप लगाई मलाई प्रत्यर्थीकै हिरासतमा राखी स्वीकारोक्ति स्पष्टीकरण दिन लगाई प्रमाण र कानूनविपरीत सजाय गरिएको स्पष्ट छ । लागु औषध सेवन खरिद बिक्री ओसार पसारको आरोपित कसुरमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सशस्त्र प्रहरी उपरीक्षक समुन्द्रप्रसाद भण्डारीज्यूलाई कुन ऐन नियमको कुन दफा नियमले लागु औषध सेवन ओसार पसार बिक्री वितरणमा फैसला नि