निर्णय नं. १०८१५ - आयकर (०६७/६८)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८१५ - आयकर (०६७/६८) भाग: ६४ साल: २०७९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७८/०४/१८ ४६७२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७८।४।१८ ०७४-RB-०३६६ मुद्दाः- आयकर (०६७/६८) निवेदक / पुनरावेदक : ठुला करदाता कार्यालय हरिहरभवन, ललितपुरसमेतको तर्फबाट ऐ. कार्यालयका प्रमुख कर प्रशासक शोभाकान्त पौडेल विरूद्ध विपक्षी / प्रत्यर्थी : जिल्ला सर्लाही, हरिऔन स्थित इन्दुशंकर चिनी उद्योग लिमिटेडको (स्थायी लेखा नं. ३००००८०६१) तर्फबाट ऐ. कम्पनीको अधिकारप्राप्त सञ्चालक समितिका अध्यक्ष विश्वनाथ केडिया कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले कर दाखिला गर्नुपर्ने किस्तामा कम कर दाखिला गरेकोमा सो कम भएजतिमा ब्याज लाग्ने व्यवस्था आयकर ऐन, २०५८ दफा ११८ को व्यवस्था हो । सोबाहेक कुनै पनि प्रकारको आयमा लाग्ने करलाई तोकिएको समयमा दाखिला नगरेको अवस्थामा दफा ११९ को व्यवस्थाअनुसार ब्याज लाग्ने हुन्छ । कुनै व्यवसाय वा लगानीबाट भएको वा हुने आयमा लाग्ने कर किस्तामा कम बुझाएको भनी सामाजिक सुरक्षा करलाई समेत समावेश गरी दफा ११८ अनुसार ब्याज लाग्ने गरी निर्धारण गरिसकेपछि पुनः सोही सामाजिक सुरक्षा करको रकममा सोही करदातालाई समयमा नबुझाएको भनी दफा ११९ बमोजिम ब्याज लगाउन न्यायोचित नदेखिने । यी दुवै व्यवस्था एकै पटक एउटै विषयका लागि आकर्षित हुने व्यवस्था होइनन् । दफा ११८ को व्यवस्थाअनुसार तिर्नुपर्ने कर समयमा नतिरेको कारण ब्याज लगाउने भन्ने कानूनी व्यवस्थाअनुसार सामाजिक सुरक्षा कर पनि समावेश गरी ब्याज लगाइसकेपछि पुनः सोही विषयमा ऐ. ऐनको दफा ११९ अनुसार समेत ब्याज लगाउनु न्यायोचित भन्न नसकिने । (प्रकरण नं.२) निवेदक / पुनरावेदकका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली विपक्षी / प्रत्यर्थीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : आयकर ऐन, २०५८ पुनरावेदन तहमा फैसला गर्नेः- माननीय अध्यक्ष श्री सुष्मालता माथेमा राजस्व सदस्य श्री गोपाल कोइराला राजस्व न्यायाधिकरण काठमाडौं फैसला न्या.दीपककुमार कार्की : राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड करदाता इन्दुशंकर चिनी उद्योग लिमिटेडको आ.व.२०६७/०६८ को आय विवरण आयकर ऐन, २०५८ को दफा ९९ बमोजिम कर निर्धारण गरी सोही ऐनको दफा ९६ अनुसार करयोग्य आय रू.४,४१,९९,११४।- कायम गरी ठुला करदाता कार्यालय, हरिहरभवन ललितपुरमा मिति २०६८।०९।२६ मा आय विवरण पेस गरेका रहेछन् । प्रस्तुत करदाता आ.व. २०६७।०६८ को कर परीक्षणको लागि छनौट हुन गएको हुँदा प्राप्त कागजातको अध्ययन, छानबिन तथा हिसाब किताबको परीक्षण गर्दा, आयकर ऐन, २०५८ बमोजिम कट्टी गर्न नपाउने खर्चहरू दाबी भएको र व्यवसायको मुनाफा र लाभतर्फ गणना गर्नुपर्ने रकम समावेश भएको नदेखिएकोले ऐ. ऐनको दफा १०१ बमोजिम संशोधित आय कायम गर्नुपर्ने भएकोले सोबमोजिम गर्नु नपर्ने कुनै ठोस सबुद प्रमाण भए पत्र प्राप्त भएका मितिले १५ दिनभित्र पेस गर्न आयकर ऐन, २०५८ को दफा १०१(६) बमोजिम करदातालाई मिति २०६९।०७।०३ मा लिखित सूचना जारी गरिएकोमा उक्त सूचना करदाताले मिति २०६९।०७।२० मा बुझी लिएका रहेछन् । आयकर ऐन, २०५८ को दफा १६(१) बमोजिम कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीको आय गणना गर्दा सो व्यवसाय र लगा