निर्णय नं. १०८१६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८१६ - कर्तव्य ज्यान भाग: ६४ साल: २०७९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७८/०४/२१ २१६३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरि प्रसाद फुयाल फैसला मिति : २०७८।४।२१ ०७५-CR-०५२६ मुद्दाः- कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : धादिङ जिल्ला झार्लाङ गा.वि.स. वडा नं. ३ मेयम साबिक घर भई हाल कारागार कार्यालय धादिङ कारागार थुनामा रहेको लामा तामाङको नाति बलबहादुर तामाङको छोरा वर्ष २४ को रूम भन्ने सन्तोष तामाङ विरूद्ध प्रत्यर्थी / प्रतिवादी : धादिङ जिल्ला साबिक सेर्तुङ गा.वि.स. वडा नं. ८ बस्ने बिलबहादुर तामाङको जाहेरीले नेपाल सरकार अनुसन्धानमा सङ्कलित प्रमाणहरू न्यायिक परीक्षणका क्रममा समर्थित तथा सत्य साबित हुन सक्नुपर्दछ । त्यस्तै सङ्कलित प्रमाणहरू परस्पर विरोधाभाषपूर्ण नभई एकबाट अर्को समर्थन हुन सक्ने हुनुपर्ने हुन्छ । यदि अनुसन्धानमा सङ्कलित प्रमाणहरू न्यायिक परीक्षणका क्रममा समर्थित हुन आएनन् र परस्पर विरोधाभाषपूर्ण देखिए भने त्यस्ता प्रमाणको आधारमा कसैलाई अभियोग दाबीको कसुर गरेको रहेछ भनी दोषी ठहर गर्नु न्यायोचित नहुने । वादी पक्षले प्रतिवादीले अभियोग दाबीअनुसारको कसुर गरेको कुरा अदालत सामु सर्वोत्तम प्रमाण पेस गरी पुष्ट्याईं गर्न सक्नुपर्दछ । वादीले पेस गरेका प्रमाणहरू परस्पर समर्थित, प्रत्यक्ष तथा द्विविधारहित भएमा मात्र सर्वोत्तम प्रमाण मानिन्छन र त्यस्ता प्रमाणहरूलाई मात्र अभियोग दाबी ठहर गर्न आधारका रूपमा लिन सकिने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री शोषित अकेला बानियाँ र श्री कृष्ण प्रसाद पोख्रेल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री भरत लम्साल धादिङ जिल्ला, अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री भिमकुमार ओझा माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल उच्च अदालत, हेटौंडा फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः- तथ्य खण्ड मेरो कान्छा काका पलबहादुर तामाङले धादिङ जिल्ला झार्लाङ गा.वि.स. वडा नं.३ सिन्दुङमा चिया पसल राखी बसी आउनुभएकोमा विपक्ष रूम भन्ने सन्तोष तामाङले खाजा खाएको पैसा रू.१०९५।- तिर्न बाँकी रहेको, काकी पूर्णमाया तामाङ काम विशेषले कञ्चनपुर जानु भएकोले घरमा कान्छा काका मात्र एक्लै रहेकोमा मिति २०७३/३/४ गते बेलुकी कुदिङमा रहेको सुशिला तामाङको घरमा आई काकी र छोरालाई फोन गरी घर फर्कन लागेको अवस्थामा बाटोमा सन्तोष तामाङलाई भेटेपछि पैसाको कुरा गर्दा तँ मसँग पैसा माग्ने भनी विपक्षीले एक्कासि त्यहाँ रहेको दाउराले हिर्काउन थालेपछि काका आफ्नो ज्यान बचाउन भाग्दै घस्या तामाङको घरमा पस्दासमेत विपक्षीले लखेटी लखेटी प्रहार गरी मर्यो भनेपछि मात्र छोडी गएकोमा उपचारको लागि काठमाडौं टिचिङ हस्पिटल पुर्याएको केही समयमा नै २०७३/३/५ गते राति अं.१०:३० बजे मृत्यु भएकोले कारबाही गरिपाउँ भन्ने बेहोराको बिलबहादुर तामाङको जाहेरी दरखास्त । काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३ महाराजगन्ज स्थित त्रि.वि.शिक्षण अस्पतालको फोरेन्सिक मेडिसिन विभागको लास घर रहेको मृतक लासको बायाँ हातको