निर्णय नं. १०८१७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८१७ - कर्तव्य ज्यान भाग: ६४ साल: २०७९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७८/०४/२५ २१८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७८।४।२५ मुद्दाः- कर्तव्य ज्यान ०७२-CR-१३८७ पुनरावेदक / प्रतिवादी : इलाम जिल्ला, दानावारी गा.वि.स. वडा नं.२ घर भई हाल कारागार कार्यालय इलाममा कैदमा बस्ने खड्‍गबहादुर लिम्बू विरूद्ध प्रत्यर्थी / वादी : प्र.ना.नि. विरेन्द्रप्रसाद यादवसमेतको जाहेरीले नेपाल सरकार ०७३-CR-०४४१ पुनरावेदक / वादी : प्र.ना.नि. विरेन्द्रप्रसाद यादवसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : इलाम जिल्ला, दानावारी गा.वि.स. वडा नं. २ घर भई हाल कारागार कार्यालय इलाममा कैदमा बस्ने खड्‍गबहादुर लिम्बूसमेत आपराधिक दायित्वको समाप्तिपश्चात् कसुरदार विरूद्धको फौजदारी मुद्दाको कारबाही प्रक्रिया जे जुन अवस्थामा छ, सोही अवस्थामा अन्त्य भएको मानिने । जसअनुसार मुद्दा अनुसन्धानको चरणमा भए निज विरूद्ध अभियोजन नै नगरिने, अभियोजन भइसकेको भए मुद्दा खारेज गरिने र अदालतबाट कसुरदार ठहरी सजाय पाएको व्यक्तिको मृत्यु भएमा निजको कार्यान्वयन हुन बाँकी कैद वा जरिवाना स्वतः मिनाहा भएको मानिने । यद्यपि फौजदारी मुद्दाको जरियाबाट सिर्जित बिगो र क्षतिपूर्ति जस्ता देवानी प्रकृतिका दायित्व भने प्रतिवादीको मृत्युसँगै समाप्‍ति हुन नसक्ने । त्यस्तो दायित्व निजको हकवालामा हस्तान्तरित हुने । (प्रकरण नं.४) वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता रेशम आचार्य प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री प्रकाश ढुङ्गाना इलाम जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री मीरा खड्का माननीय न्यायाधीश श्री रमेश पोखरेल पुनरावेदन अदालत इलाम फैसला न्या.नहकुल सुवेदी : पुनरावेदन अदालत इलामको मिति २०७२।३।२० को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः तथ्य खण्ड जिल्ला इलाम, दानावारी गा.वि.स. वडा नं.२ स्थित सानो ज्वाली भन्ने स्थानमा पूर्वमा युगबहादुर लिम्बूको एक तले काठको घर, पश्चिममा कल्पतरू सामुदायिक वन उपभोक्ता समूहको जङ्गल, उत्तरमा विष्णुबहादुर राईको एक तले काठको घर दक्षिणमा दलबहादुर लिङ्गदमको एकतले काठको घर गरी चार किल्लाभित्र जिल्ला इलाम दानावारी गा.वि.स. वडा नं.२ बस्ने खड्गबहादुर लिम्बूको भुइँतलासहितको २ तले पूर्व मोहडा भएको घरको माथिल्लो तल्लाको दक्षिणपट्टिको कोठाभित्र जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं.४ घर बताउने अन्दाजी वर्ष ३५ को अनिल श्रेष्ठ पूर्व खुट्टा पश्चिम टाउको भई उत्तानो परी अचेत अवस्थामा रहेको दक्षिण र पश्चिम कुनामा दुईवटा सखुवाको काठको खाट उक्त दुवै खाटको बिचमा तथा ढोकाछेउमा अचेत अवस्थामा रहेको देखिएको घटनास्थलको कोठामा उत्तानो अवस्थामा काठको पिर्का थान एक, मार्तोल ह्याम्मर थान एक, फेला परेको र सो कोठाको बरन्डामाथि छानाको बलोमा दापसहितको खुकुरी थान एक प्रहरी टोलीले फेला पारी बरामद गरी लगेको भन्ने मिति २०७१।७।२८ को घटनास्थल प्रकृति मुचुल्का । जिल्ला इलाम दानावारी गा.वि.स. वडा नं.२ स्थित सानो ज्वाली भन्ने स्थानमा पूर्वमा सानो ज्वाली खोला, पश्चिममा युगबहादुर लि