निर्णय नं. १०८१९ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८१९ - जबरजस्ती करणी भाग: ६४ साल: २०७९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७८/१०/२० १५२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।१०।२० मुद्दा: जबरजस्ती करणी ०७५-CR-०३४२ पुनरावेदक / प्रतिवादी : गण्डकी अञ्चल, तनहुँ जिल्ला, भिमाद नगरपालिका वडा नं. ८ घर भई हाल कारागार शाखा दमौली, तनहुँमा थुनामा रहेको मंगले भन्ने थानबहादुर मल्ल विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम जिल्ला ३९ अन्तर्गत बस्ने BG को जाहेरीले नेपाल सरकार ०७५-CR-०४०५ पुनरावेदक / वादी : परिवर्तित नाम जिल्ला ३९ अन्तर्गत बस्ने BG को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : तनहुँ जिल्ला, भिमाद नगरपालिका वडा नं. ८, गणेशपुर घर भई हाल कारागार कार्यालय, तनहुँमा थुनामा रहेको मंगले भन्ने थानबहादुर मल्ल पीडितले बकपत्र गर्दा निजलाई सोधिएका प्रश्नको सामान्य रूपमा नै जवाफ दिएको पाइएको र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले चिकित्साशास्त्रका सर्वमान्य सिद्धान्त र नेपालको परिप्रेक्ष्यमा निश्चित गरिएको मापदण्डको आधारमा यकिन राय नदिई पीडितको अभिभावकले मौखिक रूपमा पीडित मानसिक रूपमा केही सुस्त रहेको भनेका भरमा मात्र र निजको भनाइलाई स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेखसम्म गरेको आधारमा मात्र पीडित सुस्त मनस्थितिकी अपाङ्ग हुन् भनी प्रतिवादीलाई साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क नम्बरबमोजिम थप सजाय गर्नु न्यायोचित नदेखिने । (प्रकरण नं.७) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठ प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री सुधा धिताल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री राजेन्द्रकुमार आचार्य तनहुँ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय मुख्य न्यायाधीश श्री कुमार चुडाल माननीय न्यायाधीश श्री वीरबहादुर डाँगी उच्च अदालत पोखरा फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड जाहेरी दरखास्त मिति २०७४।०१।०२ गते बिहान खाना खाई आमा र म भई घर नजिकै बारीमा अदुवा लगाई स्याउला हाली रहेका थियौं । नाबालिका छोरी नाम, थर, वतन परिवर्तित BM सदाझैँ छिमेकमा खेल्न गएकी थिइन् । दिउँसो अचानक छोरीले हातमा उखु लिई रूँदै घरतर्फ आएको देखी निजसँग सोधपुछ गर्दा प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लले दिएको भनी बताइन् । कहिले उखु नदिने मान्छेले आज कसरी दियो ? छोरीलाई केही त गरेन ? भनी शङ्का लागी नानीले लगाएको कपडा खोली हेर्दा फोहोर देखी छोरीसँग सोध्दा मंगले भन्ने थानबहादुर मल्लले मलाई उखु दिन्छु भनी घरमा बोलाई आफ्नो कोठाभित्र लगी बिस्तारामा सुताई मेरो सुरूवाल र पेन्टीसमेत खोली निजले आफ्नोसमेत कपडा खोली मेरो योनिमा आफ्नो लिङ्ग छिराई करणी गरेको भनी छोरीले बताएपश्चात् थाहा पाएकी हुँ । प्रतिवादीलाई हदैसम्मको सजाय गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम जिल्ला ३९ अन्तर्गत बस्ने BG ले मिति २०७४।०१।०३ मा दिएको जाहेरी दरखास्त । पीडित परिवर्तित नाम BM को कागज मिति २०७४।०१।०२ गते बिहान म आफ्नो घरमा खाना खाई गाउँमा साथीहरूसँग खेल्न भनी गएकी थिएँ । खेल्दै जाने क्रममा म प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लको घरतर्फ जाँदै गर्दा निज