निर्णय नं. ४४४३ - उत्प्रेषण, परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४४३ - उत्प्रेषण, परमादेश भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४८/११/११ २५१६ निर्णय नं. ४४४३ ने.का.प. २०४८ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४६ सालको रि.नं. १५०९ आदेश भएको मिति: २०४८।११।११।१ मा निवेदक : का.न.पं. वडा नं. २९ बस्ने मदनगोपाल खेम्का विरुद्ध विपक्षी : श्री ५ को सरकार, राजश्व अनुसन्धान महाशाखा कमलपोखरीसमेत विषय : उत्प्रेषण, परमादेश (१) डकुमेन्ट हात लागिसकेपछि पनि चुप लागी बसेकोमा निवेदक डिमरेज तिर्ने दायित्वबाट मुक्ति पाउन नसक्ने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री भरतराज उप्रेती विपक्षीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.हरगोविन्द सिंह प्रधान १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदकले मदनगोपाल खेम्का एण्ड पार्टीको नामबाट साइकल तथा पंखामा प्रयोग हुने चाईनिज मुलका विभिन्न साइजका बेरिङहरु हड्डकड्डबाट एयर कार्गो गरी २०४५ सालको जेठ महीनामा आयात गरेको थिएँ । यस मध्ये ५१०० पिस (गोटा) सानु बेरिङ २०४५।३।१९ मा त्रि.वि.स्थल भन्सार कार्यालयबाट नियम बमोजिम लाग्ने भन्सार तथा अन्य दस्तूर समेत बुझाई छुटाई ल्याएको थिएँ । उक्त सामानहरुको मूल्य प्रति गोटा रु. ५।– पाँच, निर्धारण गरी सो को मूल्य रु. २५,५००।– मा १५०% का दरले हुने भन्सार महसूल रु. ३८,२५०।– र बिलम्व शुल्क (डिमरेज) रु. १३२०।– लगाइएको थियो । त्यसरी आयात गरिएको (साविक पेज नं. ८८५) जम्मा १७५६ के.जी. तौलका ३०३७६ थान (पिस) चाईनिज मुलका सानो बेरिङ अलग अलग दुई थान एयरवे बिल अन्तर्गत आयात गरिएका चाइनिज मूलका १३०४ नं. को बेरिङ ९७५ पिस, ६३०० जि.एल.एस. बेरिङ ३८० गोटा र सानो बेरिङ ५६३९० गोटा समेत जम्मा २६७० के.जी. तौलका बेरिङ र दुई अलग अलग एयरवे बिल अन्तर्गत ३९५४१ गोटा (पिस चाईनिज सानो बेरिङ् आयात गरेको थिएं । यस मध्ये १३०४ नं. का ९७५ गोटा, ६३०० जि.एल.एस. को बेरिङ ३८० गोटा र सानो बेरिङ ५६३९० गोटा (पिस) बेरिङको कार्गो डेलिभरी अर्डर शाही नेपाल वायुसेवा निगमको कार्यालयबाट मिति ०४५।२।४ तदनुसार १७ मई १९८८ र मिति ०४५।२।१४ तदनुसार २७ मई १९८८ मा प्राप्त भएको थियो । बाँकी सामानहरु मध्ये ४०८ के.जी. सानो बेरिङको कार्गो डेलिभरी अर्डर २०४५।३।११ तदनुसार २५ जुन १९८८ मा प्राप्त भएको थियो । तर २१९० के.जी. सानो बेरिङको २०४५।५।१४ तदनुसार ३० अगस्त १९८८ मा भन्सार गोदाममा दाखिल भएको थियो । त्यसपछि म निवेदकले उक्त सामान छुटाउन भनी त्रि.वि. स्थल भन्सार कार्यालयमा सम्पर्क राख्न मिति ०४५।३।१९ मा ५१०० गोटा (पिस) सानु बेरिङहरु मात्र छुटाउन दिइयो अरु सामानहरुको हकमा आज भ्याइएन भोलि आउनु भनेको हुनाले सो दिन उल्लेखित सामान मात्र भन्सार छुटाएर ल्याएको थिएँ । उक्त सामानहरु म निवेदकको घरमा ल्याई राखे पश्चात सोही दिन अर्थात् मिति ०४५।३।१९ गते नै रातको समयमा राजश्व अनुसन्धान महाशाखा काठमाडौं कार्यालयबाट खटिई आएका कर्मचारीहरुले मेरो घरमा खानतलासी गरी म निवेदकलाई समेत पक्राउ गरी साथै लगे । म निवेदकले हङकङबाट आयात गरेको सामानहरुको मूल्यांकन सम्बन्धमा विवाद उठाई उक्त राजश्व अनुसन्धान महाशाखा तथा भन्सार विभाग काठमाडौंले म निवेदकलाई अन्यायपूर्ण ढंगले कारवाहीको सिलसिलामा भनी तारेखमा राखियो निर्यात गरिएको सामानहरुको