निर्णय नं. १०८२० - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८२० - उत्प्रेषणयुक्त परमादेश भाग: ६४ साल: २०७९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/०९/२१ १४०४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ आदेश मिति : २०७६।९।२१ ०७५-WO-०५४२ विषयः उत्प्रेषणयुक्त परमादेश निवेदक : धनुषा जिल्ला, छिरेश्वर नगरपालिका वडा नं.१ स्थित रामजानकी हेल्थ फाउण्डेशन प्रा.लि.द्वारा सञ्चालित जानकी मेडिकल कलेजमा MBBS प्रथम वर्षमा अध्ययनरत रिया शाहसमेत विरूद्ध विपक्षी : त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौंसमेत एउटा विश्वविद्यालयका लागि नेपाल मेडिकल काउन्सिलको प्रावधान लागु हुने र अर्को विश्वविद्यालयको हकमा लागु नहुने भन्ने कुरा समानताको सिद्धान्त प्रतिकूल भई न्यायसङ्गत मान्न नमिल्ने । (प्रकरण नं.१३) नेपाल मेडिकल काउन्सिलबाट जारी भएको Accreditation Standards for the MBBS Program, 2017 को प्रावधानलाई त्रिभुवन विश्वविद्यालयले आफ्नो हकमा लागु नहुने भनी सर्वसाधारणलाई सूचित नगरेसम्म सो प्रावधान त्रिभुवन विश्वविद्यालयको लागि बाध्यकारी प्रावधानको रूपमा नै रहने । (प्रकरण नं.१२) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बद्रीबहादुर कार्की, श्री शम्भु थापा र श्री रमण श्रेष्ठ विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री टंकप्रसाद दुलाल र श्री नारायणप्रसाद खनाल अवलम्बित नजिर : ने.का.प.२०७३, अङ्क ७, नि.नं.९६४४ ने.का.प.२०७०, अङ्क ३, नि.नं.८९७८ सम्बद्ध कानून : त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ नेपाल मेडिकल काउन्सिल ऐन, २०२० आदेश न्या.हरिकृष्ण कार्की : नेपालको संविधानको धारा ४६ तथा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश बेहोरा यसप्रकार रहेको छः- तथ्य खण्ड निवेदनको बेहोरा विपक्षी जानकी हेल्थ फाउन्डेसन प्रा.लि.द्वारा सञ्चालित जानकी मेडिकल कलेज मिति २०५३/११/११ मा स्थापना भई चिकित्साशास्त्र विषयमा स्नातक तहको अध्ययन अध्यापन गराउँदै आइरहेको कलेज हो । यस कलेजले उत्पादन गरेका दक्ष जनशक्ति नेपाल तथा अन्य राष्ट्रहरूमा समेत महत्त्वपूर्ण स्थान लिन सफल भएको हुँदा यस कलेजको विश्वसनीयताकै कारण उक्त कलेजमा विदेशी विद्यार्थीहरू अध्ययन गर्न इच्छुक रहेको पाइन्छ । नेपाल सरकारले अनुशरण गरेको खुल्ला अर्थ नीति, प्राविधिक शिक्षामा नेपाल सरकारले अवलम्बन गरेको नीतिगत व्यवस्था, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा ७क., त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २६ र नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को नियम २०क. समेतको व्यवस्थाबमोजिम विपक्षी कलेज स्थापना भई पूर्णरूपमा सञ्चालनमा रहेको मेडिकल कलेज हो । शैक्षिक सत्र २०७४/०७५ का लागि विपक्षी कलेजलाई त्रिभुवन विश्वविद्यालयबाट MBBS तर्फ ८० सिट निर्धारण गरिएको र नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा ७क.., ३२ तथा ३३ समेतको अधिकार प्रयोग गरी नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकबाट निर्माण तथा स्वीकृत भएको Accreditation Standards For The MBBS Program, 2017 अन्तर्गत नेपाल सरकार स्वास्थ्य मन्त्रालयको मिति २०७४/०२/१९ को माननीय मन्त्रीस्तरीय निर्णयबमोजिम स्वीकृत भई सो प्रोग्राम लागु रहेको छ । उक्त Regulation, २०१७ को खण्ड ८.२.२ ले नेपालमा MBBS मा NEET उत्तीर्ण गरेका वा SAT मा १४४० स्कोर प्राप्त गरेका विदेशी विद्यार्थीहरू (International Students) ले भर्ना हुन पाउने स्पष्ट र किटानी व्यवस्था गर